+
+

नेपालमा संसद भंगबारे भारतको धारणा कूटनीतिक रुपमा सही : पूर्वराजदूत पुरी

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १६ गते १७:१४

१६ जेठ, काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदूत मन्जीव सिंह पुरीले भारतीय विदेश मन्त्रालयले नेपालमा संसद विघटनको घट्नालाई आन्तरिक मामिला भनी गरेको धारणा कूटनीति रुपमा सही भएको बताएका छन्। भारतीय अखबार दि ट्रिब्युनमा एक लेख लेख्दै सो धारण व्यक्त गरेका हुन् ।

‘भारतीय विदेश मन्त्रालयले नेपलामा भईरहेको घट्नाक्रमलाई घरेलु फ्रेमवर्क र प्रजातान्त्रिक प्रक्रियाद्वारा नेपालले नै समाधान गर्ने आन्तरिक मामिला भनी दृष्टिकोण सार्वजनिक गरेको छ’,उनले भनेका छन्,‘यो कूटनीतिक रुपमा सही छ तर भारतको नेपालसँगको इनगेजमेन्ट चाहि बढाउनुपर्छ ।’

उनले नेपालमा भारतको सुरक्षा चासो, ब्यापार, सभ्यता र जनता–जनताबीचको सम्बन्धमा कारण इनगेजमेन्ट बढाउनुपर्ने बताएका छन्। उनले कोभिड नियन्त्रण, जलवायु परिवर्तन लगायतका क्षेत्रमा सहकार्य गर्नुपर्ने लेखमा बताएका छन्।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको भारतमैत्री सांसदहरुप्रतिको निर्भरता र नागरिकता सम्बन्धी अध्यादेशका कारण नेपालको पछिल्लो राजनीतिक घट्नाक्रम भारतका लागि अनुकुल हुन्छ कि हुँदैन भनी जान्ने चासो रहेको समेत उनले उल्लेख गरेका छन्। उनले अर्कोतर्फ नेपाली कांग्रेसको भारतसँग परम्परागत सम्बन्ध रहेको बताएका छन् । उनले सन् २०२० यता नेपालमा चिनियाँ प्रभाव बढेको समेत उल्लेख गरेका छन्।

नेपालको घट्नाक्रम कसरी अगाडी जान्छ भनी समयले र सर्वोच्च अदालतको फैसलाले मात्र बताउन सक्ने उनको भनाइ छ ।

नेपालमा दोस्रोपटक संसद भंग भएपछि शान्ति प्रक्रिया शुरु भएयताका सबै पूर्व भारतीय राजदूतले भारतका विभिन्‍न अखबारमा लेख प्रकाशित गर्न थालेका छन् । अहिलेसम्म पूर्व भारतीय राजदूत जयन्त प्रसाद मात्रै मौन छन्। उनी यस अगाडी पनि प्रतिनिधि सभा भंगको बारेमा कुनै प्रतिक्रिया दिएनन् ।

पूर्वराजदुतहरु राकेश सुद, रन्जित रे र श्यामशरणले भारत सरकारले ओलीको कदमलाई समर्थन गरेको आशय व्यक्त गरेपनि पुरीले भने भारत सरकारको धारणालाई नै बल पुग्नेगरी लेखमा आफ्नो धारणा व्‍यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?