+
+

तम्घासमा बजार अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २२ गते १२:४८

२२ जेठ, गुल्मी । निषेधाज्ञा जारी भएका बेला दैनिक उपभोग्यवस्तुको कालोबजारी तथा कृत्रिम अभाव हुन सक्ने भन्दै गुल्मी सदरमुकाम तम्घासमा बजार अनुगमन गरिएको छ ।

निषेधाज्ञाका बेला खाद्यवस्तुको कालोबजारी गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा घरेलु तथा साना उद्योग कार्यालय लगायत अन्य सरोकारवालाहरुको सक्रियतामा तम्घासमा बजार अनुगमन गरिएको हो ।

तम्घास बजारका विभिन्न स्थानमा रहेका करिब ५० वटा पसल अनुगमन गर्दा म्याद नाघेका र अखाद्य चाउचाउ, बिस्कुट, चिजबल्स, मिटमसला, सुजी, आटा, धुलो दूध, दन्तमञ्जन लगायतका करिब १२ हजार रुपैयाँ मूल्य बराबरको खाद्य तथा अन्य सामग्री जफत गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

अनुगमन गरिएका अधिकांश पसलमा मूल्य सूची नराखेको, खरिद तथा बिक्री विल प्रयोग नगरेको, मूल्य अभिवृद्धि करमा दर्ता तथा स्थायी लेखा नम्बर नलिएको, पसलको कारोबार गर्ने उद्देश्य फरक परेको अनुगमनकर्ताले फेला पारेका थिए । उद्योग तथा स्थानीय तहहरुमा दर्ता नगरेको, मदिराको छुट्टै स्टल नराखेको र म्याद नाघेका खाद्यवस्तु तथा अन्य सामग्रीहरु छुट्टाएर नराखेको पाइएकोले यी पक्षमा सुधार गर्न सुझाव दिइएको शर्माले बताइन् ।

उपभोक्ता हित संरक्षण गर्न, कालोबजारी, कृत्रिम अभाव र जम्माखोरी हुन नदिन जिल्ला प्रशासन कार्यालयले प्रचलित कानून बमोजिम जिल्लाभर अनुगमन गरिने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?