+
+

एमाले माधव नेपाल पक्षका गणेश पहाडी पनि बन्ने भए मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २७ गते १२:४५

२७ जेठ, काठमाडौं । नेकपा एमालेमा माधवकुमार नेपाल पक्षमा रहँदै आएका गणेश पहाडी मन्त्री बन्ने भएका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार फोन गरेर मन्त्री बन्न प्रस्ताव गरेका थिए । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

पार्टी २ जेठ २०७५ मा फर्किनुपर्छ भन्ने मत राख्दै आएको र अध्यक्ष ओलीको पछिल्लो वक्तव्यमा त्यसलाई स्वीकार गरेकाले मन्त्री बन्न तयार भएको पहाडीले बताए । उनले भने, ‘जेठ २ मा फर्किने भएपछि मैले पार्टीले दिएको जिम्मेवारी लिन लागेको हुँ ।’

सिन्धुलीबाट निर्वाचित पहाडी माधव नेपाल समूहभित्र पनि योगेश भट्टराई निकट मानिन्छन् । प्रतिनिधिसभा विघटन खारेज गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा पनि पहाडीले हस्ताक्षर गरेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?