+
+

भतिजाले लगाए काकाको टेम्पोमा आगो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २७ गते १२:४१

२६ जेठ, जनकपुरधाम । सर्लाहीमा रकम लेनदेनको विषयलाई लिएर भतिजाले आफ्नै काकाको टेम्पोमा आगो लगाएर जलाइदिएका छन् । गोडैता नगरपालिका-७ बस्ने सन्तोष झाको टेम्पोमा उनकै भतिजा भगवान झाले आगो लगाएको प्रहरीले जनाएको छ ।

सन्तोषले आफ्नै घर अगाडि पार्किङ गरी राखेको ना २ ह ४४९५ नम्बरको टेम्पोमा भगवानले बुधबार साँझ ६:३० बजे आगो लगाएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
‘रकम लेनदेनको विषयलाई लिएर टेम्पोमा आगजनी गरेको रहेछ,’ कुँवरले भने, ‘आगो लगाउनेलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?