+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रधानमन्त्रीको प्रश्न : धादिङमा अघिल्लो दिन नै कसरी स्याल करायो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ११ गते १९:३७

११ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चलेको टिप्पणी गरेका छन् । रिसाएको बिरालोले खाँबो चिथोर्छ भनेझैं राष्ट्रपतिलाई जसले गाली गर्न सक्छ, त्यो ठूलो हुने प्रतियोगिता नै चलेको उनले बताए ।

शुक्रबार बालुवाटारमा आयोजित पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हिजो पनि केही भुतपूर्वहरुको लस्करले मिट द प्रेस गरेको देखेको थिएँ, त्यसमा पनि राष्ट्रपतिमाथि … ।’

एमाले अध्यक्ष समेत रहेका ओलीले अघि भने, ‘राष्ट्रपति भन्दा राजै राम्रो भन्नेसम्म उहाँहरु पुग्नुभयो ।’

बिहीबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानको संरक्षक अभिभावक मानेको राष्ट्रपतिले समेत आफ्नो गरिमा राख्न नसकेको बताएका थिए । उनले भनेका थिए, ‘अहिले त राष्ट्रपति भनेको संस्था त … राजाहरु हुँदा एउटा शान थियो । अहिले त शान पनि छैन, मान पनि छैन, कस्तो भयो हामीले बनाएको संस्था ?’

प्रधानमन्त्री ओलीले भने राष्ट्रपति आफूले पाएको अधिकारमा सीमित रहेको भन्दै बचाउ गरे । उनले अघि भने, ‘उहाँहरु (विपक्षी गठबन्धन)को सम्बन्धमा मलाई धेरै केही भन्नु छैन । आ–आफ्नो कल्चरल लेभलको कुरा होला, गणतन्त्रप्रति वैरभाव पनि होला ।’

विपक्षी गठबन्धनले असभ्य समाज बनाउन चाहेको उनको आरोप छ ।

धादिङमा अघिल्लो दिन नै स्याल करायो

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले सेटिङमा फैसला गरेको त होइन भन्ने प्रश्न उठाएका छन् ।

सर्वोच्च अदालतले पछिल्लो पटक थपिएका मन्त्रीहरुलाई काम गर्न रोक लगाउनु अघिल्लो दिन नै प्रचण्डले धादिङमा बोलेको भन्दै उनले यो प्रश्न उठाएका हुन् । प्रचण्डको नाम नलिई उनले भने, ‘धादिङमा अघिल्लो दिन नै भने, पछि नियुक्त गरिएका मन्त्रीहरु भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु ।’

उनले अघि भने, ‘अथवा न्याय निष्पक्ष भयो कि अरु नै हिसाबले एउटा हल्ला छ नि सेटिङ .. ।’

‘भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लो दिन नै धादिङमा स्याल करायो । कसरी त्यो भयो ? गम्भीर प्रश्न छ,’ एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?