
१३ असार, काठमाडौं । भारतको जम्मु एयर फोर्स स्टेसनमा आइतबार दुईपटक विष्फोट गराइएको छ । जम्मु कश्मीरका डीजीपी दिलबाग सिंहले उक्त विष्फोट आतंकवादी आक्रमण भएको बताएका छन् । सिंहका अनुसार प्रहरी, वायु सेना र अन्य एजेन्सीहरुले यस विषयमा अनुसन्धान गरिरहेका छन् ।
यसअघि भारतीय वायु सेनाले जम्मुको एयर फोर्स स्टेसनको टेक्निकल एरियामा दुईपटक विष्फोट गराइएको बताएको थियो । सामाजिक सञ्जाल ट्वीटरमा भारतीय वायु सेनाले भनेको थियो, ‘आइतबार बिहान जम्मु एयर फोर्स स्टेसनको टेक्निकल एरियामा कम तीव्रताका दुई विष्फोट भएका छन् । विष्फोटको कारण एउटा भवनको छतमा नोक्सानी पुगेको छ भने दोस्रो विष्फोट खुला स्थानमा भएको थियो ।’
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार विष्फोटमा परी चार जना सैनिक घाइते भएका छन् । यी दुई विष्फोट ६ मिनेटको अन्तरालमा गराइएको थियो । भारतीय वायु सेनाले यी दुई विष्फोटमा अन्य कुनै सामग्रीको क्षति नभएको बताएको छ ।
जम्मु–कश्मीरका डीजीपी सिंहले सम्भावित ठूलो आतंकवादी आक्रमण असफल भएको दाबी गरेका छन् । उनका अनुसार प्रहरीले ५–६ किलो तौल भएको एक आईईडीसहित एक व्यक्ति पक्राउ परेका छन् । यस मामिलामा अन्य मानिसहरु पनि पक्राउ पर्ने उनको भनाइ छ ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4