
टिकटकमा राम्रो क्रेज बनाएपछि गीता ढुंगानाले ‘ओई काजल’ बोलको गीतको भिडियोमा अभिनय गरिन् । यो गीत सुपरहिट भएपछि गीताको पनि करिअर बदलियो । टिकटकमा राम्रो फलोअर्स कमाएकी गीता मोडलिङमा जमेको प्रमाण उनले अभिनय गरेका भिडियोको संख्या गन्दा प्रष्ट हुन्छ ।
उनले, १ बर्षमा ८१ वटा म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् । यसले पनि गीता भिडियो निर्माताको रोजाइमा कती छिन् भन्ने प्रष्ट हुन्छ । गीताले यो बर्ष छायांकन भैरहेका केही तीजका गीतमा पनि अभिनय गरिरहेकी छिन् ।
उसो त भिडियोमा गज्जबको मोडलिङ गर्ने गीतालाई अझै पनि बोल्न भने सकस लाग्छ । अनलाइनखबरसँग कुराकानी गर्ने क्रममा गीताले, आफूलाई त बोल्न नआउने प्रतिक्रिया दिइन् ।
गीताको काम गर्ने शैली, मिहिनेती स्वभावका कारण पनि मेकरले उनलाई रुचाएका छन् । म्युजिक भिडियोमा राम्रो पारिश्रमिक लिएर काम गर्ने गीता दर्शकले छोटो समयमा नै आफूलाई माया दिएको भन्दै खुशी छिन् ।
चलचित्रमा काम गर्ने रहर छ कि छैन भन्ने प्रश्नमा उनले भनिन्–‘अहिले नै दुइतिर खुट्टा राख्नु हुँदैन भन्ने लाग्छ । म चलचित्रका लागि तयार छैन । अझै पनि धेरै कुराहरु सिक्नु छ ।’
पहिलो चरणको लकडाउनपछि टिकटकबाट धेरै मोडलहरु उदाए । तर, निकै कमले मात्र सफलता पाएका छन् । अधिकांश मोडलहरुले केही भिडियो खेले र हराए । गीता भने निरन्तर अगाडि बढिरहेकी छिन् ।
तस्वीरः शंकर गिरी
प्रतिक्रिया 4