+
+

जेठसम्म एक खर्ब ४८ अर्ब पुनर्कर्जा स्वीकृत

अधिकतम् लगानी कृषि तथा पशुपन्छी व्यवसायमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३१ गते १५:३१

३१ असार, काठमाडौं । जेठ मसान्तसम्म  कोभिड प्रभावित व्यवसाय पुनरुत्थानका लागि राष्ट्र बैंकले प्रदान गर्दै आएको पुर्नकर्जा एक खर्ब ४८ अर्ब रुपैयाँ स्वीकृत भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको ११ महिनाको वित्तीय विवरणअनुसार स्वीकृतमध्ये एक खर्ब २७ अर्ब ९ करोड रुपैयाँ भने लगानी भइसकेको छ ।

यस्तै व्यवसाय पुर्नउत्थानका लागि सरकारले प्रदान गरेको सहुलियतपूर्ण ऋण लगानी कृषि तथा पशुपन्छी क्षेत्रमा अत्यधिक रहेको पाइएको छ ।

जेठ मसान्तसम्म एक खर्ब ५० अर्ब ९६ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा प्रवाह भएकोमा एक खर्ब दुई अर्ब ८३ करोड रुपैयाँ कृषि र पशुपन्छी क्षेत्रमा लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।

कृषि तथा पशुपन्छी क्षेत्रमा यस्तो कर्जा लिनेको ऋणी ४४ हजार ७ जना छन् । यस्तै महिला उद्यमशील कर्जा शीर्षकमा ५० हजार ५१३ उद्यमीले ४४ अर्ब ६६ करोड ऋण लिएका छन् । अन्य शीर्षकमा २ हजार ५३३ ऋणीले तीन अर्ब ४७ करोड कर्जा लिएका छन् ।

‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड-१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्‍याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ जेठ मसान्तसम्ममा ८२ करोड २४ लाख स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?