१ साउन, काठमाडौं । केपी ओली नेतृत्वको गत जेठ १६ गते सरकारले ल्याएको बजेट अध्यादेश प्रतिनिधिसभामा टेबुल हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका छन् ।
बजेट अध्यादेश अब संसदको बिजनेस भएको भन्दै अर्थमन्त्रीले उक्त अध्यादेश अब संसदको बिजनेस हुने बताए । संसद बैठक ३ साउनमा बोलाइएको छ ।
संसदले जसरी चाहान्छ, त्यहीअनुसार बजेट अगाडि बढ्ने उनको भनाइ छ । प्रतिस्थापन गर्ने वा नयाँ बजेटको प्रक्रियामा जाने भन्ने विषय समेत संसदले तय गर्ने उनले जानकारी दिए ।
अर्थमन्त्रालयमा शुक्रबार आयोजित परिचयात्मक कार्यक्रममा उनले त्यस्तो जानकारी गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4