+
+

त्रिविले मानवशास्त्रको स्नातकोत्तर तहमा भर्ना खुलायो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते १९:४९

३ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मानवशास्त्र विषयको स्नातकोत्तर तहमा भर्ना आह्वान गरेको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयले आइतबार सूचना जारी गर्दै भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।

मानवशास्त्र विभागका विभागीय प्रमुख डा. डम्बर चेम्जोङले इच्छुक विद्यार्थीले साउन १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर २५ गतेसम्म भर्नाका आवेदन दिन सक्ने जनाएका छन् ।

आवेदन दिएका विद्यार्थीका लागि प्रवेश परीक्षा साउन ३० गते हुने र नतिजा भदौ ५ गते गर्ने विभागले उल्लेख गरेको छ । प्रवेश परीक्षामा उत्तीर्ण हुने विद्यार्थीले भदौ १५ गतेभित्र भर्ना हुनुपर्नेछ । भदौ १६ गतेदेखि कक्षा शुरु हुने समेत सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?