+

महिला फुटबल टिमको बन्द प्रशिक्षण शुरु

२०७८ साउन  ४ गते १६:०१ २०७८ साउन ४ गते १६:०१
महिला फुटबल टिमको बन्द प्रशिक्षण शुरु

४ साउन, काठमाडौं । एएफसी महिला एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षण सोमबार शुरु भएको छ ।

एएफसी महिला एसियन कप २०२२ को छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई बोलाएका अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । गत फागुनमा भएको राष्ट्रिय लिगमा गरेको प्रदर्शनका आधारमा बन्द प्रशिक्षणका खेलाडी छनोट गरिएको हो ।

फिलिप्सले बोलाएको ४५ जनाको सूचीमा नेपालको सर्वाधिक गोलकर्ता तथा मुख्य फरवार्ड सावित्रा भण्डारी छैनन् । चोटका कारण हाल उनी उपचारको क्रममा कतारमा छिन् । सावित्राले यसअघि नै प्रतियोगिता गुमाउने पक्का भइसकेको छ । सूचीमा तीन विभागीय टोलीका खेलाडीको बाहुल्य छ । तीन विभागबाट कुल ३५ खेलाडी छन् ।

अर्को वर्ष भारतमा हुने महिला एसियन कपको छनोट अन्तर्गत नेपालले आफ्नो समूहको खेल आगामी सेप्टेम्बरमा घरेलु मैदानमा खेल्ने तय छ ।

छनोटमा नेपाल समूह एफ मा रहेको छ । नेपाल रहेको समूह एफमा हङकङ र फिलिपिन्स छन् । एएफसीले छनोट चरणको खेलहरु १३ देखि २५ सेप्टेम्बर (भदौ २८ देखि असोज ९) सम्म हुने जनाएको छ । यस समूहको शीर्ष स्थानमा रहने टोली एसियन कपमा छनोट हुनेछ ।

बन्द प्रशिक्षणमा परेका खेलाडी

अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, सावित्री किसन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, अनिता केसी, गीता राना, अन्जली योन्जन, प्रिती राई, निशा थोकर, सिर्जना चेम्जोङ, हिरा भुजेल, रबिना गोले, सुष्मा तामाङ, पुनम जर्घा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला बिक, दीपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा, इन्द्र राई, विमला चौधरी, अमृता जैसी, घिम कुमारी गुरुङ, सिर्जना खड्का, निर्मला बिक, मनिषा राउत, पूजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दीपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सविता राणा, रजनी थोकर, सलोनी राना मगर र चुम्लुङमा राई ।

 

खेलकुद फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय