Comments Add Comment

२० वर्षपछि नेपालमा सिंगापुर एयरलाइन्सको नियमित उडान

४ साउन, काठमाडौं । सिंगापुर एयर र सिल्क एयर एक आपसमा गाभिएसँगै अब सिंगापुर एयरलाइन्सले सिल्क एयरका गन्तब्यमा समेत सेवा विस्तार गर्ने भएको छ ।

सोही सिलसिलामा आइतबार नेपालमा करिब २० वर्षपछि सिंगापुर एयरलाइन्सको जहाज अवतरण गर्‍यो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार सिंगापुरको राष्ट्रिय ध्वजाबाहक सिंगापुर एयरलाइन्सले सिल्क एयरलाई आफुसँगै गाभेको छ ।

यससँगै अब सिंगापुर एयरलाइन्सले नेपालमा उडान थालेको हो । विगतमा सिंगापुर एयरलाइन्स काठमाडौं आउने गरेको थियो । पछि बजेट एयरलाइन्सका रुपमा सिल्क भित्रिएपछि सिंगापुरले उडान रोकेको थियो ।

प्राधिकरणका अनुसार सिंगापुरले हरेक साता आइतबार एक उडान गर्ने गरी उडान अनुमति पाएको छ । आइतबार एक सय ९ यात्रुसहित काठमाडौं आएको जहाजलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको थियो ।

यो जहाजले नेपालबाट ४ जना यात्रु लिएर फर्किएको छ । अहिले सिंगापुरले नेपाली तथा विदेशी यात्रुलाई नेपालबाट सो मुलुक जान रोक लगाएको छ ।

तर, सिंगापुरबाट भने यात्रु नेपाल आउन पाउँछन् । यी चार जना समेत सिंगापुरबाट अनुमति प्राप्त डिप्लोम्याट मात्र थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment