+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

देउवालाई नेम्वाङको कटाक्ष : कांग्रेसका कोही मित्रसँग छुट्टै गठबन्धन बनाउँदैनौं

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते १३:५८

८ साउन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफ्नो पार्टीको एउटा समूहसँग गठबन्धन गरेको भन्दै प्रधानमन्त्रीमाथि कटाक्ष गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा नेम्वाङले कांग्रेससँग प्रधानमन्त्रीमार्फत नै सम्बन्ध विस्तार गर्ने बताए । उनले अघि भने, ‘तपाईंको पार्टीभित्रका कोही मित्रसँग छुट्टै गठबन्धन बनाउँदैनौं ।’

एउटा पार्टीको केही व्यक्तिसँग गठबन्धन गर्नु असंसदीय, अलोकतान्त्रिक र संविधान विपरीत हो भन्ने जान्दाजान्दै कांग्रेसले विगतमा ‘कम्युनिस्टहरु लोकतान्त्रिक मूल्य मान्यता जान्दैनन्’ भनेर सम्झाउने गरेको भन्दै उनले भने, ‘त्यसभित्र यो पर्छ । त्यसउपर प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

संविधानको धारा ७६(५) अनुसार देउवाले प्रधानमन्त्रीमा दाबी गर्दा एमालेका २६ सांसदले समर्थन गरेका थिए भने ३ साउनमा प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत दिंदा माधवकुमार नेपालसहित एमालेका २२ सांसदको मत दिए ।

२८ असारमा प्रतिनिधिसभा पुनर्स्थापना गर्नुका साथै १४९ सांसदको ममर्थन जुटाएका देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिंदा सर्वोच्चले ७६(५) अनुसार सांसदले विवेकको मत दिंदा कारबाही गर्न नपाउने बताएको छ । एमालेले यसलाई जस्केलाबाट निर्दलीय व्यवस्था ल्याउन खोजेको बताएको छ ।

देउवालाई विश्वासको मत लिने दिन कांग्रेस र माओवादी केन्द्रले मत दिन ह्वीप लगाएको स्मरण गर्दै संसदीय दलका उपनेता नेम्वाङले भने, ‘आफ्नोभित्र अनुशासन चाहिने, आफ्नो पार्टीबाहिर अनुशासन नचाहिने तपाईंहरुको मान्यता हो ?’

आफ्नो दलले जिम्मेवार प्रतिपक्षको भूमिका खेलेर सरकारलाई सहयोग गर्ने नेम्वाङले बताए । ‘हामी प्रत्येक मन्त्रालयको अनुगमन गर्छौं, सरकार कहिले के कसो गरिरहेको हेर्छौं,’ उनले अघि भने, ‘गलत ठाउँमा गलत भन्दै टिप्पणी गर्दै सहयोग पुर्‍याउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?