+
+

हेड काउन्ट रोक्न माग गर्दै सर्वोच्च गए ठाकुर

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ८ गते १८:१७
फाइल तस्वीर

८ साउन, काठमाडौं । निर्वाचन आयोगमा सोमबार हुने सनाखत (हेड काउन्ट) रोक्न माग गर्दै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत गएको छ ।

आधिकारिता विवाद टुंगो लगाउन इजलास गठन गरेर सुनुवाइ गरेको आयोगले बिहीबार मात्र १२ असार २०७७ मा दर्ता भएको कार्यकारिणी समितिका सदस्यहरुलाई सनाखतका ११ साउनमा बोलाउने निर्णय गरेको थियो । नेताहरुका अनुसार ११ साउनमा हेडकाउन्ट गर्दा जसपामा कायम समीकरणमा कुनै हेरफेर भएन भने उपेन्द्र यादव पक्षले आधिकारिता पाउनेछ ।

अल्पमतमा रहेको ठाकुरको तर्फबाट प्रदीप पाठकले दायर गरेको रिटमा हेड काउन्ट रोक्न माग गरिएको छ । कार्यकारिणी समितिमा गरेको हेरफेरलाई अद्यावधिक नगरी विवाद निपरुण प्रक्रिया अघि बढाउँदा पार्टी केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुने रिटमा दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?