+

पंकजको स्पष्टीकरण : म दोषी देखिए राजीनामा दिन तयार छु

२०७८ साउन  १० गते १४:२९ २०७८ साउन १० गते १४:२९
पंकजको स्पष्टीकरण : म दोषी देखिए राजीनामा दिन तयार छु

१० साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफ्ना कारण राजीनामा दिने निर्णयमा पुगेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको घोषणाप्रति आश्चर्य व्यक्त गरेका छन् ।

मुख्य प्रशिक्षक अल्मुताइरीले आइतबार फेसबुकमार्फत नेम्वाङका कारण प्रशिक्षकबाट राजीनामा दिने निर्णयमा पुगेको घोषणा गरेका थिए । तर नेम्वाङले भने यसप्रति आश्चर्य व्यक्त गरेका छन् ।

पछिल्लो समय प्रशिक्षकसँग आफ्नो सम्वाद नै नभएको उनले बताएका छन् । यद्यपि ८–१० दिन अघि ‘खेलाडी मात्र होइन, खेलसँग सम्बन्धित पदाधिकारीहरुको मानसिकता परिवर्तन हुनुपर्छ’ भन्ने प्रशिक्षकको अभिव्यक्तिलाई लिएर आफूले स्पष्टीकरण सोध्नुपर्छ भनेर महासचिवलाई भनेको उनले स्वीकार गरे ।

‘एक दिनपछि सोध्दा महासचिवले अबदेखि त्यस्तो हुँदैन भनेर भन्नुभयो । मैले त्यही विश्वास गरेँ’ उनले भने, ‘योबाहेक केही भएको छैन ।’

प्रशिक्षकको राजीनामा प्रकरणबारे एन्फाले समिति बनाएर छानविन गर्नुपर्ने उनले बताए । ‘म दोषी देखिएँ भने फुटबल संघबाट राजीनामा दिन तयार छु’ उनले भने, ‘अरु दोषी देािखए भागिदार हुनुपर्छ ।’

अब्दुल्लाह अलमुताइरी खेलकुद पंकजविक्रम नेम्वाङ फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय