+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पहिरोले उत्तरी गोरखाको लोक्पास्थित झोलुङ्गे पुल चुडियो, आवतजावत ठप्प

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २० गते १३:५६

२० साउन, गोरखा । पहिरोका कारण चुमनुव्री गाउँपालिका-६ चुम्चेतको लोक्पा स्थित डुयु खोलामाथिको झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

मंगलवार राती माथिबाट खसेको पहिरोले पुल चुडिएको वडाध्यक्ष लोप्साङ लामाले बताए । पुल चुडिएसँगै आउजाउ ठप्प छ ।‘खाद्यान्न बोकेर गएका खच्चडहरु सबै पुल वारी रोकिएका छन्,’ वडाध्यक्ष लामाले भने, ‘मान्छे पनि आउजाउ गर्न सकेका छैनन् ।’

खच्चड र मानिस आउजाउ गर्न मिल्ने गरी अस्थायी बाटो निर्माणको तयारी भइरहेको उनले जानकारी दिए । पुल भत्किएसँगै चुम्चेत छेकम्पार आउजाउमा समस्या भएको उनले बताए । कादुरी नामक संस्थाले नौ बर्ष अघि करिव ४० लाख खर्चेर उक्त झोलुङ्गे पुल निर्माण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?