+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बल्ल दोस्रो डोज पाइयो !

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ साउन २५ गते १९:५९

२५ साउन, काठमाडौं । कोरोना भाइरसविरुद्ध कोभिशिल्ड खोपको पहिलो डोज लगाएका जेष्ठ नागरिकले सोमबार दोस्रो डोज खोप पाएका छन् ।

गत फागुन तेस्रो साता कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई सोमबारदेखि दोस्रो डोज खोप दिन शुरु गरिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

जापान र भुटानबाट एस्ट्राजेनेकाको खोप प्राप्त भएपछि सरकारले जेष्ठ नागरिकलाई खोप दिने व्यवस्था मिलाएको हो ।

डब्ल्यूएचओका अनुसार पहिलो डोज लगाएको १२ हप्तापछि दोस्रो डोज लगाउनुपर्ने भएपनि भारतले खरिद सम्झौता भएको कोभिशिल्डको १० लाख डोज खोप उपलब्ध नगराउँदा पाँच महिनादेखि जेष्ठ नागरिकहरु दोस्रो डोजको पर्खाइमा थिए ।

स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंका १४४ खोप केन्द्रबाट जेष्ठ नागरिकलाई सोमबारबाट दोस्रो डोज लगाउने व्यवस्था मिलाएको छ ।

सोमबार काठमाडौंको सिभिल अस्पतालमा आफन्तका साथमा जेष्ठ नागरिकहरुको खोप लगाउन आएका थिए । खोपको दोस्रो मात्रा लगाउन नपाउँदा निरास बनेका जेष्ठ नागरिकले ढिलै भएपनि दोस्रो डो खोप पाएका छन् । खोप लगाउन पाएपछि उनीहरुको अनुहारमा खुसी देखिन्थ्यो ।

गत फागुन तेस्रो साता सञ्चालित खोप अभिायनमा ६५ वर्षमाथिका १३ लाख ३८ हजारभन्दा बढी जेष्ठ नागरिकले कोभिशिल्डको पहिलो डोज लगाएका थिए ।

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?