+
+

लिक्विड कुल्ड इन्जिन भएको थ्री व्हिलर ‘टिभिएस किङ्ग ड्युरोम्याक्स प्लस’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २६ गते १२:२६

नेपालको लागि टिभिएस थ्री व्हिलरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले सबैभन्दा दमदार पावर रहेको टिभिएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ । काठमाडौंस्थित एभरेस्ट होटलमा आफ्नो डीलर पार्टनरहरु माझ वाषिर्क डिलर मिट कार्यक्रम समारोहका साथ सार्वजनिक गरेको छ ।

सार्वजनिक सवारी साधनको रुपमा सञ्चालन गर्न योग्य यो थ्री व्हिलर सवारी साधन नेपालको लागि अत्यन्त उपयुक्त रहेको कम्पनीले जनाएको छ । टिभिएस ड्युराम्याक्स प्लस थ्री व्हिलर्सको इन्जिन ४ स्ट्रोक र लिक्विड कूल्ड प्रविधिको छ । सर्वाधिक शक्तिशाली २२५ सिसिको दमदार इन्जिन जडित यो थ्री व्हिलर्स इलेक्ट्रिक तथा हातको मद्दत दुवै प्रकारले स्टार्ट गर्न सकिन्छ ।

४७५० आरपिएममा ७.५ किवाको अत्याधिक शक्ति प्रदान गर्ने र २२७५ आरपीएममा १८ एनएमको सबैभन्दा धेरै टर्क दिने क्षमता भएको हुँदा चलाउनलाई सजिलो हुनाको साथै सवार यात्रुहरुले समेत आराम दायक अनुभव गर्न सक्नेछन् ।

टिभिएस ड्युराम्याक्समा नौ ओटा प्लस फिचर्स रहेको हुनाले ग्राहकको नं १ रोजाइमा पर्ने कम्पनीको दावी छ । आगामी वर्ष २०२१-२०२२ सालमा नेपालको मार्केट सेयरको उच्च हिस्सा यसले ओगट्ने कम्पनीको दावी छ ।

टिभिएस ड्युराम्याक्स प्लस थ्री व्हिलर्सकोे प्रति लिटर ३० प्लस २ किमि माइलेज प्रदान गर्ने कम्पनिको दावी छ ।

‘कडा मेहनतका साथ स्वदेशमै जीवनयापन गर्न चाहने नेपालीहरुले गर्नु हुने परिश्रमको प्रतिफल अधिक मिलोस् भन्ने लक्ष्यका साथ हामीले यो सबै भन्दा पावरफूल २२५ सिसिको टिभिएस ड्युराम्याक्स प्लस थ्री व्हिलर्स नेपालमा उपलब्ध गराएका छौँ । प्रविधि, सुरक्षा, लागत तथा मर्मत सम्भार हरदृष्टिबाट अत्यन्त अनुकूल यो सवारी साधनका धनीहरुले आˆनो लगानीको उचित फाइदा पाउनु हुनेमा हामी विश्वस्त छौैं,’ जगदम्बा मोटर्सका डाइरेक्टर दीपक कुमार अग्रवाल भन्छन् ।

बिक्री पश्चात नेपालमै सम्पूर्ण पार्ट पूर्जाहरु पाइने यो टिभिएस ड्युराम्याक्स थ्री व्हिलर्सको हालको बजारमुल्य रु.५८९९००।०० कायम गरिएको छ तथा नेपालको सम्पूर्ण डिलरहरु मार्फत बुकिङ्ग खुला गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?