
२८ साउन, सप्तरी । पोखरीमा नुहाउन गएका सप्तरीका एक युवकको बिहीबार साँझ डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा बोदेबर्साइन नगरपालिका-२ जोगिया बस्ने १८ बर्षीय इन्द्रनारायण चौधरी रहेको प्रहरीले जनाएको छ ।
स्थानीय तेजनारायण चौधरीको पोखरीमा बिहीबार साँझ नुहाउन गएका उनको डुबेर मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4