Comments Add Comment

टाइटानिक म्युजियममा हिउँको थुप्रो भत्कियो, ३ जना घाइते

सन् १९१२ मा आन्ध्र महासागरमा हिउँको भीमकाय थुप्रोमा ठोक्किएर टाइटानिक जहाज दुर्घटना हुँदा सयौं मानिसले ज्यान गुमाएका थिए । अमेरिकाको टेनिसीमा रहेको टाइटानिक संग्रहालयमा पनि हिउँकै कारण अर्को दुर्घटना भएको छ । संग्रहालयमा रहेको हिउँको थुप्रो भत्किँदा ३ जना आगन्तुकहरु घाइते भएका छन् ।

टाइटानिक आकारकै उक्त संग्रहालयमा राखिएको हिउँको थुप्रो भत्किएर घाइते भएकालाई अस्पताल लगिएको र उनीहरुलाई सामान्य चोटपटक मात्रै लागेको संग्रहालयले आफ्नो फेसबुक पेजमा जनाएको छ ।

यो घटना गत मंगलबार भएको हो । संग्रहालयमा हिउँको पर्खाल भत्किएको ठाउँलाई बन्द गरिएको छ र पुनः हिउँको थुप्रो उठाउनका लागि चार हप्तासम्म लाग्ने बताइएको छ ।

सेदार बे इन्टरटेनमेन्टले सन् २०१० मा सो टाइटानिक संग्रहालय खोलेको हो । यस्तै संग्रहालय मिसौरी राज्यको ब्रान्सनमा पनि रहेको छ ।

यो संग्रहालय भ्रमण गर्न जाने पर्यटकलाई गेटमा एउटा बोर्डिङ पास दिइन्छ । जसमा सन् १९१२ मा दुर्घटना भएको टाइटानिकमा चढेका कुनै एक वास्तविक यात्रुको नाम लेखिएको हुन्छ ।

संग्रहालयमा टाइटानिकसँग सम्बन्धित चार सयभन्दा बढी कलाकृतिहरु देख्न सकिन्छ । त्यसमा बेल्चाले कोइला हालेर पानी तताएकोदेखि समुद्रको चिसो पानीसम्मको अनुभव गर्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment