+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

शेखर गोल्छाको विश्लेषण : मौद्रिक नीति सकारात्मक आयो, अब तरलता बढ्छ

रोयल आचार्य रोयल आचार्य
२०७८ साउन २९ गते १८:४०

२९ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मौद्रिक नीति सकारात्मक भएको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले निजी क्षेत्रलाई खुशी बनाएको उनले प्रतिक्रिया दिए ।

महासंघले माग गर्दै आएका धेरै कुरा मौद्रिक नीतिले सम्बाेधन समेत गरेकाे उनले बताए । १ करोड वा सोभन्दा कम ऋण उपयोग गर्ने ऋणीको हकमा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुले मात्र प्रिमियम थप गर्न सक्ने व्यवस्था गरेको भन्दै यो एकदमै सकारात्मक भएको उनको भनाइ छ ।

पुनर्कर्जामा साना मझौला उद्यमीलाई प्राथमिकता दिई निरन्तरता दिइने पुनर्तालिकीकरणमा कोभिड प्रभावित उद्यमीलाई प्राथमिकता दिइएको छ भने बेस रेट गणना परिमार्जन गर्ने मौद्रिक नीतिमा भनिएको छ ।

त्यो उद्यमी मैत्री हुनुपर्छ रेमिट्यान्स रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था मिलाइने उल्लेख छ । यसले तरलता बढाउन मद्दत गर्ने उनले बताए ।

‘महिला उद्यमीलाई दिइने कर्जा सीमा बढाएर २० लाख पुर्‍याउनु सकारात्मक छ । व्यवसाय निरन्तरता कर्जा सहजीकरण गरिने भनिएको छ, जुन राम्रो छ सूक्ष्म निगरानीको व्यवस्थालाई ३ वर्ष बनाइएको छ, यसले व्यवसायीलाई राहत दिनेछ,’ अध्यक्ष गोल्छाले भने, ‘कालोसूचीको व्यवस्थालाई पुनरावलोकन गर्ने भनिएको छ जुन व्यवसायी मैत्री हुनुपर्छ, सीसीडी अनुपात हटाएर कर्जा निक्षेप अनुपात ९० प्रतिशत बनाउनु सकारात्मक भएकाले यसले बजारमा तरलता बढाउनेछ ।’

सबै सरकारी भुक्तानी डिजिटल माध्यमबाट गरिने भनिएको छ । यो सुशासनका लागि पनि महत्वपूर्ण भएको उनले बताए । ईकेवाइसीको व्यवस्था, विदेशबाट लिने सेवा आयात बापतको भुक्तानीका लागि वाणिज्य बैंकहरुले प्रदान गर्न सक्ने सटही सुविधामा आवश्यक पुनरावलोकन गरिने लगायतका व्यवस्था मौद्रिक नीतिका सकारात्मक पक्ष भएको अध्यक्ष गोल्छाले बताए ।

तर केही चुनौतीपूर्ण पक्ष समेत मौद्रिक नीतिमा रहेको उनले बताए । बैंक वित्तीय संस्थाबाट लिने कर्जा सीमा तोकिएका कारण शेयर बजारमा असर गर्न सक्ने उनले बताए । साना तथा मझौलालाई परियोजना धितो कर्जा दिनुपर्ने हाम्रो माग थियो सो माग प्रत्यक्ष रुपमा समावेश नभएको उनले बताए ।

‘बजेटमा स्टार्टअपलाई २५ लाख रुपैयाँसम्मको कर्जा दिइने भनिएको थियो, तर त्यो विषय कार्यान्वयनमा प्रष्ट कुरा आएन,’ गोल्छाले भने, ‘सात महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम हुने गरी मौद्रिक तथा बाह्य क्षेत्र व्यवस्थापन गरिनेछ भन्नुको अर्थ बाह्य क्षेत्रमा चाप पर्ने देखिएको छ ।’ समग्रमा मौद्रिक नीति धेरै सकारात्मक रहेको उनले बताए ।

लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?