Comments Add Comment

फिचर

List Grid
प्रिय साथी इरफान, बिदा !

चार दिनअघि आफ्नी आमा गुमाएका इरफान खान आफैँ बुधबार संसारबाट बिदा भएको खवरले अभिनयका पारखीलाई स्तब्ध बनाएको छ । बलिउडका फिल्म र नाटकबाट अभिनयमा उचो कद बनाएका इरफानको डेगलाई दुर्लभ क्यान्सरले ५३ वर्षकै उमेरमा पूर्णविराम लगाइदियो । यो खबरसँगै दुई कारणले नेपाली नाट्य क्षेत्रका सुनील पोखरेललाई पनि निकै मर्माहित पारेको छ । एउटा– राम्रो अभिनय […]

संसदीय दलमा रस्साकसी, ओलीलाई १० सांसद नपुग्ने

१५ वैशाख, काठमाडौं । नेकपाभित्रको रस्साकसी सघन छलफलसँगै संसदीय दलको जोड-घटाऊसम्म आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेताहरुले दुईवटा रणनीति अख्तियार गरेका छन् : एक- माधव नेपाल पक्षलाई फकाउने, दुई- संसदीय दलमा एक्लै बहुमत पुर्‍याउन जोड गर्ने । यसका लागि ओलीलाई करिब १० सांसदको कमी छ । केपी ओलीसँग बिष्णु पौडेल रहँदासम्म उनको […]

भारतका प्लाज्मा दाताको कहानी

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्व आक्रान्त छ । अहिलेसम्म यसको उपचार पनि पत्ता लागेको छैन । त्यसैले प्लाज्मा थेरापीबाट उपचार परीक्षण सुरु गरिएको छ । यसले धेरै मानिसहरूलाई ठिक पार्न सकिने अपेक्षा छ । अहिलेसम्मको नतिजा पनि सकारात्मक छ । भारत सरकारले पनि निको भएर घर फर्किएका कोभिड–१९ का बिरामीलाई प्लाज्मा दान […]

भारतमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार प्रयास

काठमाडौं । भारतमा प्लाज्मा थेरापीे माध्यमबाट कोरोना भाइरस (कोभिड–१९) को उपचारको परीक्षण सुरु भएको छ । नयाँ दिल्लीस्थित म्याक्स अस्पतालको भेन्टिलेटरमा रहेका गम्भीर बिरामीमाथि यो परीक्षण सुरु गरिएको हो । उनमा थेरापीको प्रभाव सकारात्मक देखिएको र उनको स्वास्थ्यमा सुधार आइरहेको इन्डिया टुडेले जनाएको छ । अस्पतालका डाक्टरहरू सुरुमा प्लाज्मा थेरापीको परीक्षण गर्ने पक्षमा थिएनन् । […]

पूर्वकमाण्डरविरुद्ध अपहरणको जाहेरी आउँदा प्रहरी रनभुल्ल

१४ वैशाख, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरले आइतबार फरक परिस्थितिको सामना गर्नुपर्‍यो । प्रहरीका निवर्तमान सर्वोच्च कमाण्डर सर्वेन्द्र खनालविरुद्ध अपहरण तथा शरीरबन्धकसम्बन्धी कसुरको किटानी जाहेरी उनको टेबुलमा आइपुगेको थियो । जाहेरी लिएर आउनेमा पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीदेखि बहालवाला सांसदहरूसमेत थिए । आइतबारबाटै काठमाडौं प्रहरीको नेतृत्व सम्हालेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल […]

अर्बपति ज्याक मा : कोरोना रोकथामसँगै चीनको छवि सुधार्ने प्रयास !

काठमाडौं । चिनियाँ अर्बपति ज्याक माले जतिबेला सामाजिक सञ्जाल ट्विटरमा आफ्नो अकाउन्ट खोले, त्यतिबेला विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी चलिरहेको थियो । ट्विटरमा जोडिए यता उनले गर्दै आएका पोस्टहरू आफूले विश्वभर पठाएको स्वास्थ्य सामग्रीसँग सम्बन्धित छन् । ‘एक विश्व, एक युद्ध’, ज्याक माले सुरुवाती ट्विटमध्ये एकमा लेखेका थिए । अर्को ट्विटमा भनेका थिए, ‘हामीहरू […]

तीन साताकी शिशुले जितिन् कोरोनाविरुद्धको लडाइँ

काठमाडौं । स्कटल्याण्डकी ट्रेसी मेग्वायर त्यो पल याद गर्छिन्, जहाँ डाक्टरले आफ्नो तीन साताकी छोरीको नाकमा कोरोना भाइरस परीक्षणका लागि स्वाब हाल्दै गरेको देखेकी थिइन् । यो उनका लागि निकै कठिन दृश्य थियो । उनी भन्छिन्, ‘यो पहिलो पटक थियो कि मैले मेरो बच्चाको आँखामा आँसु देखेकी थिए । म पनि रोइरहेको थिएँ । सायद […]

भियतनाममा कोरोनाबाट किन कसैको मृत्यु भएको छैन ?

१३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी अहिले विश्वभर फैलिएको छ । यस्तोमा धेरै मुलुकहरू प्रभावित बनेका छन् । विश्वमा यस्तो पनि मुलुक छ, जहाँ कोरोना भाइरसको संक्रमितको संख्या तीन सयको हाराहारीमा पुगे पनि अहिलेसम्म कसैको पनि मृत्यु भने भएको छैन । त्यो देशको नाम हो– भियतनाम । भियतनाममा अहिलेसम्म दुई सय ७० […]

…अब त के बाँचुला र ?

११ वैशाख, काठमाडौं । ‘यो त पढ्नुपर्ने, फुल्नुपर्ने, रमाउनुपर्ने समय हो । मेरो जीवन त फुल्नै नपाउँदै झर्न थालिसक्यो, झरेको फूलजस्तै भयो’ यति भन्दै कल्पना तामाङ भक्कानिन थालिन् । फेरि, गहभरि आँसु पार्दै सम्हालिन खोजिन् । ‘रोग त सबैलाई लाग्छ, तर…।’ त्यसपछि भने उनको बोली फुटेन । हिक्का मात्र छुट्यो । मनमा अटेसमटेस ज्वारभाटाहरू उनको […]

‘सुनको चुरा लगाउनेले राहत नलिनुस् भन्दा रिसाए’

१२ वैशाख, काठमाडौं । डेढ लाखभन्दा बढीको ज्यान लिइसकेको कोेभिड–१९ (कोरोना भाइरस) महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल पनि लकडाउन भएको एक महिना कटेको छ । साँझ–बिहान खान नपाउनेहरूलाई विभिन्न स्थानीय सरकारले राहत वितरण पनि गरेको छ । राहत वितरणमा खटेका जनप्रतिनिधिहरू आवश्यक नै नपर्ने व्यक्तिहरू समेत राहत लिन आएर हैरान पारेको बताउँछन् । आफ्नै […]

भारतमा कोरोनाको पहिलो मृत्युबारे विवाद

काठमाडौं । मोहम्मद हुसेन सिद्धिकी एक महिनाभन्दा लामो साउदी बसाइँपछि फेब्रुअरीको अन्तिममा भारत फर्किए । उनी साउदी अरेबियामा रहेका डेन्टिस छोरालाई भेट्न गएका थिए । भारत आइपुग्दा ७६ वर्षीय इस्लाम धर्मगुरु तथा न्यायाधीश सिद्धिकी केही थकित देखिन्थे । उनलाई हैदराबादको विमानस्थलमा लिन उनको परिवारका चालक पुगेका थिए । त्यहाँबाट उनीहरू चार घण्टाको यात्रापछि गुल्बर्गा पुगे […]

स्पेनिस फ्लुको महामारीबाट सिक्नुपर्ने पाठहरू

काठमाडौं । सन् १९१८ मा एक महामारीले विश्व प्रभावित बनेको थियो । स्पेनबाट सुरु भएको यो महामारीले विश्वभर आतंक फैलाएको थियो । त्यसैले भाइरसलाई स्पेनिस-फ्लु नाम दिइयो । यो महामारीको कारण विश्वभर पाँच करोडभन्दा बढी मानिसको मृत्यु भएको थियो । अमेरिकामा मात्र यो महामारीको कारण करिब छ लाख ७५ हजारभन्दा धेरै मानिसको मृत्यु भएको थियो […]

कोरोनाबारे भारतमा फैलिएका अफवाहहरू

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी भारतमा बढ्दो क्रममा छ । निरन्तर फैलिएको भाइरसका संक्रमित बढेसँगै यसको उपचारबार अफवाह पनि उत्तिकै फैलिरहेका छन् । सामाजिक सञ्जालमा मात्र होइन, यस किसिमको हल्लाहरू राष्ट्रियस्तरका भारतीय सञ्चारमाध्यममा पनि फैलिरहेका छन् । यसले धेरै मानिस भ्रममा पनि पर्ने गरेका छन् । यहाँ भारतमा फैलिएका अफवाहहरू उल्लेख गरिएको छ […]

भावविभोर बनाउने भारतीय प्रहरी अधिकारीको त्यो अन्त्येष्टि

९ वैशाख, मध्यप्रदेश । यो फोटो कथा हो । यस्तो कथा निकै भावुक छ । यति भावुक बनिन्छ कि यसलाई शव्दमा व्यक्त गर्न सकिँदैन । १९ अप्रिल आइतबारको दिन । स्थान भारतको मध्यप्रदेशस्थित इन्दौरको एक अन्त्येष्टि स्थल । प्रहरी अधिकारी देवेन्द्र चन्द्रवंशीको अन्तिम संस्कार हुँदै थियो । ट्राफिक प्रहरी इन्सपेक्टर चन्द्रवंशीको कोरोनाविरुद्ध लड्दालड्दै देहान्त भयो […]

कोभिड-१९ परीक्षण गर्न मानिसहरूले पैसा तिर्छन् ?

९ वैशाख, काठमाडौं । भारतको निजी डायग्नोस्टिक प्रयोगशाला थाइरोकेयरले भर्खरै कोभिड-१९ को परीक्षण सुरु गरेको थियो, त्यही बेला सर्वोच्च अदालतले सबै परीक्षण निःशुल्क गर्नुपर्ने फैसला सुनायो । थाइरोकेयरका संस्थापक अरोकियास्वामी भुलुमणिलाई लागेको थियो कि धनी मानिसले परीक्षणको पैसा आफैँ तिर्छन् र गरिबको पैसा सरकारले तिरिदिन्छ । ४५ सय रुपैयाँको परीक्षण सस्तो पनि होइन । तर, […]

कोरोना भाइरस : भाइरसलाई हराउन तपाईले के खानुपर्छ ?

८ वैशाख, काठमाडौं । कोरोना भाइरसका कारण उत्पन्न महामारी कुन औषधिले ठीक पार्न सक्छ ? यस प्रश्नको जवाफ खोज्नका लागि विश्वभरका अनुसन्धानकर्ताहरुले कडा परिश्रम गरिरहेका छन् । हालसम्म केवल एउटा मात्र कुरा स्पष्ट भएको छ, जुन मानिसको रोग प्रतिरोधात्मक क्षमता बलियो छ उनीहरुका लागि कोभिड १९ को आक्रमण घातक हुँदैन । यही कुराले गर्दा अहिले […]

कोरोना महामारीले अमेरिकी राष्ट्रपतिको चुनाव टर्ला ?

८ वैशाख, काठमाडौं । एकातिर कोरोना भाइरसको महामारीले अमेरिकी अर्थव्यस्थाको धार भुत्ते बनाइदिएको छ। अर्कोतिर चुनावको वर्ष लोकतान्त्रिक प्रक्रिया के होला भन्ने डरले अमेरिकी जनतालाई सताउन थालेको छ । अमेरिकी प्राइमरी चुनाव ढिलो भइरहेको छ या रोकिएको छ। पोलिङ स्टेसन बन्द छन् र कसैको अनुपस्थितिमा हुने मतदान प्रक्रियामा सन्देह उत्पन्न भएको छ । राजनेता, विधायिका […]

कोरोना महामारीपछि मान्छेको ठाउँ रोबोटले लिन सक्छ ?

७ वैशाख, काठमाडौं । महामारीको शिकार भएपछि विश्वका मानिसहरूले अर्को खतरा बिर्सिरहेका छन् र त्यो खतरा भनेको कोरोना भाइरसको संकटपछि विश्वमा तीब्र रुपमा उदय भइरहेको रोबोटको प्रयोग हो । विश्लेषकहरू भन्छन् कि ‘यो राम्रो भइरहेको छ या नराम्रो । तर यो सत्य हो, धेरै प्रकारका रोजगारमा रोबोटले मानिसको ठाउँ लिइरहेका छन् । कोरोना भाइरसका कारण […]

अहिले स्वास्थ्य मन्त्रीलाई चिनौं, बहस पछि गरौंला !

७ वैशाख, काठमाडौं । देश कोरोना भाइरसको उच्च जोखिममा पर्न थालेको छ । यस्तो चुनौतीपूर्ण घडीमा अग्रमोर्चाको लडाइँ लड्नुपर्ने स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी नेकपाका केन्द्रीय सदस्य भानुभक्त ढकालको काँधमा छ । उनको काँधमा जिम्मेवारी मात्र छैन, आफ्नै राजनीतिक भविश्यको ‘टेस्ट किट’ को पोकोसमेत झुण्डिएको छ । स्वास्थ्यमन्त्री ढकालले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका […]

‘मैले भेन्टिलेटरको स्वीच बन्द गरिदिएँ, ताकि ऊ शान्तिले मर्न सकोस्…’

६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का गम्भीर बिरामीहरुलाई भेन्टिलेटरमा राखेर उपचार गर्न सके उनीहरुलाई बचाउने सम्भावना रहन्छ भेन्टिलेटरको सहायताले उनीहरुलाई मृत्युको मुखबाट जोगाउन सकिन्छ । जब बिरामी आफैंमा अक्सिजन लिन असमर्थ हुन्छन्, भेन्टिलेटरको सहयोगमा बिरामीको फोक्सोमा अक्सिजन पुर्‍याउन र कार्बन डाइअक्साइड बाहिर फाल्न सम्भव हुन्छ । तर भेन्टिलेटरको सहयोगमा मात्रै कोरोनाका बिरामीलाई बचाउन […]

फिलिपिन्स : लकडाउन उल्लङ्घन गर्नेलाई कुकुरको खोरमा थुनियो

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले अत्यावश्यक कामबाहेक घरबाट ननिस्किन आग्रह गर्दै आएको छ । सुरक्षाकर्मीहरु पनि लकडाउनको पालना गराउन ठाउँठाउँमा परिचालित छन् । तर, मानिसहरुबाट लकडाउन उल्लङ्घन गर्ने क्रम रोकिएको छैन । नेपालमा लकडाउन उल्लङ्घन गर्नेहरुलाई सडकमा मुर्गा बनाएको, कान समातेर उठबस गराएको, पुसअप गराएको फोटो–भिडियो सार्वजनिक भएका छन् । तर, लकडाउनको […]