Comments Add Comment

फिचर

List Grid
कोरोना खोप : किन पछि परे एसियाली मुलुक ?

२ चैत, काठमाडौं । विश्वभर करिब १६ करोड मानिसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइसकेको आकलन छ । खोप लगाउनेमध्ये अधिकांश मानिसहरु युरोप र अमेरिकाका छन् । भारतमा पनि २ करोड ४५ लाखभन्दा बढी कोरोना खोप लगाइसकिएको छ । तर एसियाका धेरै मुलुकमा भने खोप कार्यक्रम सुस्त गति छ । खोप कार्यक्रम निकै सुस्त हुनुको […]

पशुपतिमा बिन्दास बाबा (फोटो फिचर)

२६ फागुन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा जोगी र साधुसन्तहरुको चहलपहल बढेको छ । महाशिवरात्रि पर्वका लागि विभिन्न स्थानबाट साधुसन्त पशुपतिनाथ मन्दिर परिसरमा आउने क्रम जारी छ । मंगलबार बेलुकासम्म तीन हजार बढी साधुसन्त पशुपति क्षेत्रमा आइसकेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । स्थलमार्गबाट आउने सीमानाकामा कडाइ जारी रहेकाले साधुसन्तको संख्या यस वर्ष कम हुने […]

सीआईबीलाई अन्तर्राष्ट्रिय अवार्ड दिलाउने त्यो अनुसन्धान

१८ फागुन, काठमाडौं । प्रहरी निरीक्षक सुदर्शन पन्थीले जागिर सुरु गरेको पाँच वर्षमै अन्तर्राष्ट्रिय समुदायले पत्याउने अनुसन्धान अधिकृत बन्छु भन्ने सायदै सोचेका थिए । नेपाल प्रहरीमा आधा दशकको सेवा अवधि खासै धेरै होइन । अधिकृतहरुका अनुसार यो अवधि सिनियरको मातहतमा बसेर काम सिक्ने समय हो । तर, अर्घाखाँची घर भएका इन्स्पेक्टर पन्थीले यही अवधिमा अन्तर्राष्ट्रिय […]

बलात्कारको आरोपले अष्ट्रेलियाको राजनीतिमा ल्याएको हलचल

१८ फागुन, काठमाडौं । एक पूर्व राजनीतिक सल्लाहकारले संसद् भवनमै आफ्नो बलात्कार भएको दाबी गरेपछि अष्ट्रेलियाको राजनीतिमा हलचल मच्चिएको छ । ब्रिटानी हिगिन्सले आफूमाथि एक पुरुष सहकर्मीले बलात्कार गरेको दाबी गरेकी हुन् । उनका अनुसार सन् २०१९ मा यो घटना हुँदा बलात्कार गर्ने व्यक्ति सत्तारुढ लिबरल पार्टीको सरकारमा एक मन्त्रीको कार्यालयमा सल्लाहकार थिए । हिगिन्सको […]

बाबुको बिँडो थाम्दै आन्दोलनमा

१७ फागुन, काठमाडौं । १४ फागुन यता बालाजुकी शोभा शाही दिनहुँ जसो सडकमा चर्को नारा लगाइरहेकी छिन् । शुक्रबार वृहत् नागरिक आन्दोलनद्वारा माइतीघर मण्डलामा आयोजित ‘विकासको नाममा जारी प्रतिगमन विरुद्ध प्रतिरोध’ कार्यक्रममा सहभागी उनी आइतबार काठमाडौं महानगरपालिका घेर्न गर्न पुगिन् । सोमबार फेरि माइतीघर मण्डलामा आएर प्रश्न गरिन्, ‘नागरिकलाई सडकछाप बनाउने कस्तो नीति ? कस्तो […]

‘इको भिलेज’ : मित्रसेन दाहालको अधुरो सपना

१३ फागुन, काठमाडौं । सात वर्षअघि त्रिभुवन विश्वविद्यालयको प्राध्यापकबाट सेवानिवृत्त भएपछि राधा शर्माको सामु दुई वटा बाटा थिए-हिँड्डुल गर्न सकेसम्म राजनीतिमा सक्रिय हुने या शान्त वातावरणमा बाँकी जीवन बिताउने । त्यही बेला मित्रसेन दाहालको मैत्री सेवा आश्रमको अवधारणा सुनेपछि उनी दोस्रो विकल्पमा गइन् । शंखरापुर नगरपालिकाको झुले गाउँमा अवस्थित ज्येष्ठ नागरिक मैत्री सेवा आश्रम चल्तिको […]

डेढ वर्षअघि बौद्धमा भएको त्यो लुटपाट

११ फागुन, काठमाडौं । बौद्ध–६, तिनचुलीस्थित घरमा सुतिरहेका जापानी नागरिक तेञ्जिङ सिमिजु राति २ बजे भाडाकुँडा बजेको सुनेर ब्युँझिए । दर्के पानी परिरहेका वेला रातमा अस्वभाविक आवाज सुनेर उठेका उनी अज्ञात समूहको आक्रमणमा परिहाले । कसैले पछाडिबाट टाउकोमा हाने, उनी अर्धबेहोसी अवस्थामा पुगे । एक वर्षअघिको घटना अहिले अहिले सम्झँदा उनलाई जिरिंग हुन्छ । भन्छन्, […]

‘बलात्कारी होस् तँ’ भन्न किन डराउने !

१० फागुन, काठमाडौं । गत असोजको एक शनिबार माइतीघर मण्डलामा कालो कपडा र कालो पट्टी बाँधेका युवतीहरू ‘बलात्कारी होस् तँ !’ भन्ने नारा जोडजोडले लगाउँदै कवाज खेल्दै थिए । फरक शैलीको यस्तो विरोध प्रदर्शनले धेरैको ध्यान तान्यो । केही सातामै प्रदर्शन विस्तार भयो । बलात्कारविरुद्ध दाङ, धनगढी, हेटौंडा लगायत सहरमा यही शैलीमा प्रदर्शन भयो । […]

मुक्तिनाथमा मन बहलाउँदा (फोटो फिचर)

परिवारसँग घुम्नुको एउटा आनन्द छ, सबैजना साथमा हुँदा मन ढुक्क हुन्छ । तर, यसका केही सीमा र सर्तहरु हुन्छन् । एक्लै घुमफिर गर्नुजस्तो स्वतन्त्रता हुँदैन । एक्लो यात्री बनेर घर छाड्दाको रमाइलो अर्कै हुन्छ । यस वर्ष कोरोना र त्यसपछि लगाइएको लकडाउनले कम्ता उकुस-मुकुस भएन । घरभित्रै बस्नुपर्ने कस्तो बाध्यता ? आर्थिक वा सामाजिकभन्दा पनि […]

महजोडीसँगको त्यो रात

म फुच्चे हुँदाको कुरा । ठूलोबुवाले क्यामेरा किनेका थिए । उनी क्यामेराको औधी सौखिन । त्योबेला क्यामेरा हुनु भनेको ठूलै कुरा नि । ठूलोबुवा याशिका म्याट क्यामेरा झुन्ड्याएर ठाँटसँग हिँडडुल गर्थे । जब-जब उनी क्यामेरा बोकेर निस्कन्थे, म उनको पछाडि लुखुर-लुखुर दौडन्थें । एउटा क्यामेरा हेर्न र छुने त्यो बाल-उत्सुकताले डोहोर्‍याउँदै यो बिन्दुसम्म ल्याइपुर्‍यायो । […]

भागरथीको हत्या आरोपीसम्म कसरी पुग्यो प्रहरी ?

५ फागुन, काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको खबर आएपछि धेरैले निर्मला प्रकरण सम्झिए । स्थानीय, नागरिक समाज, राजनीतिक दल सबैले राज्य संयन्त्र र खासगरी प्रहरीलाई खबरदारी गरे, ‘निर्मला पन्त प्रकरणको नियति नहोदोहोरियोस् ।’ प्रहरीले पनि घटना भएको १४औं दिनमा अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । भागरथी […]

दोस्रो निर्मला प्रकरण हुन पाएन भागरथी हत्या !

५ फागुन, काठमाडौं । खोचलेक प्रहरी चौकी, बैतडीमा सामान्य अवस्थामा प्रहरी नायब निरीक्षक (सई) को कमाण्डमा १० जनाको टोली बस्थ्यो । अझ दरबन्दी त प्रहरी सहायक निरीक्षक (असई) को मात्रै हो, सुरक्षा संवेदनशीलताका कारण पछिल्लो समय सई खटाउन थालिएको थियो । तर पछिल्लो दुई साता ७५ जना प्रहरी अधिकारीहरुले यही चौकीमा अड्डा जमाए, सिंगो मुलुकलाई […]

भारतमा सकिएकै हो त कोरोना महामारी ?

काठमाडौं । भारतमा पछिल्लो समय उल्लेख्य रुपमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण घटेको छ । र, यो तथ्यांकलाई केहीले नाटकीय र चाखलाग्दो भनेका छन् । लाखौं मानिसको मृत्यु हुनसक्ने आशंका गरिएको भारतमा के महामारी सकिएको हो त ? अहिलेसम्म भारतमा कोरोनाका एक करोडभन्दा धेरै संक्रमित भइसके, जसमध्ये एक लाख ५० हजारभन्दा धेरैको मृत्यु भएको छ […]

प्रधानमन्त्रीलाई स्वागत गर्न तयार भयो पुनर्निर्मित सिंहदरबार

३० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गत साल चैत २ गतेपछि बालुवाटारबाट सिंहदरबारस्थित आफ्नो कार्यालयमा कामका  लागि पुगेका छैनन् । ११ महिनापछि आगामी सोमबार उनी सिंहदरबारको आफ्नो कार्यकक्षमा भित्रिने साइत जुरेको छ । तर, कामचलाउ प्रधानमन्त्री ओली यसअघि कार्यालय रहेको भवनमा हैन, सिंहदरबारको मूल भवनस्थित हालसालै तयार भएको भव्य कार्यालयमा रिवन काटेर प्रवेश […]

बलात्कारको विरोधमा जिउँदै शव बनेकी अन्शु

३० माघ, काठमाडौं । शुक्रबार दिउँसो २ बजे बसन्तपुरबाट सेतो कपडा र बाँसको खटमा एउटी महिलाको शव अगाडि बढ्यो । शवको अघिअघि जौ-तिल छर्ने र शंख बजाउनेहरू थिए भने पछाडि थियो महिलाहरूको ठूलो जुलुस । बसन्तपुर-न्युरोड हुँदै शव रत्नपार्क आइपुग्दासम्म हेर्नेहरूको ठूलो भिड लागिसकेको थियो । पैदलयात्रीहरू पनि आन्दोलनमा ‘कोही शहीद भएछ कि’ भन्दै शव […]

प्रहरीले रामकुमारीलाई किन पक्राउ गर्‍यो ? किन छाड्यो ?

२९ माघ, काठमाडौं । झण्डै दुई साता बालुवाटारको दबाव थेगेको प्रहरीले बिहीबार विहान नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्‍यो । राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै पक्राउ गरेको प्रहरीले अदालतमा समेत लैजान आँट गरेन । केही घण्टा प्रहरी हाकिमको कोठामा राखेर छाड्यो । दिउँसो १ बजे शंखमुलस्थित निवासबाट पक्राउ परेकी उनी करिब ५ घण्टा […]

रामकुमारी पक्रेर सरकारले देखाएको जंगी तागत

२९ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले घोषणा गरेको आन्दोलनको दौडधुपका बीच बैवाहिक जीवन सुरु गरेको ११औं वर्ष पुगेको दिन बिहीबार नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री घरमा आराम गर्ने योजनामा थिइन् । श्रीमान् कार्यालय गएपछि झाँक्री छोरासँग घरमै थिइन् । महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) दीपक थापाको फोन आयो– ‘तपाईँ हाम्रोमा आउनुपर्‍यो, सोधपुछ गर्नुछ […]

अमेरिका छाडेर स्वदेशमा स्ट्रबेरीको उत्पादन र अनुसन्धान

२६ माघ, चितवन । राम्रो काम र आकर्षक सुविधा लिएर अमेरिकाको फ्लोरिडास्थित स्ट्रबेरी इन्टोमोलोजी ल्यावमा काम गर्दथे, सप्तरी राजविराजका ससन देवकोटा । त्यहाँ झण्डै तीन वर्ष काम गरेपछि उनलाई स्वदेश फर्किने र आफूले जानेको सीप र दक्षता देशकै माटोमा पोख्ने हुटहुटी चल्न थाल्यो । चितवनको रामपुरबाट बिएससी एजी सकाएर इन्टोमोलोजीमा स्नातकोत्तर गर्न यूनिभर्सिटी अफ् फ्लोरिडा […]

चिनियाँ डाक्टर वेनलियाङलाई बेवास्ता गर्नु कसरी बन्यो महँगो ?

२५ माघ, काठमाडौं । विश्वमा सबैभन्दा पहिला कोरोना भाइरस (कोभिड–१९) को विषयमा चेतावनी दिने चिनियाँ डाक्टर ली वेनलियाङको मृत्यु भएको एक वर्ष भइसकेको छ । विश्वभर वेनलियाङको एक हिरोको रुपमा चर्चा भएको थियो । तर, कोरोना भाइरसकै कारण उनको मृत्यु भएको थियो । उनको स्वास्थ्यावस्थाको विषयलाई चिनियाँ सञ्चारमाध्यमहरुमा विरोधाभाषपूर्ण समाचारहरु आइरहेका थिए । तर, गत […]

बडीमालिकाको बखान : जहाँ मन नै हराभरा हुन्छ (फोटो फिचर)

२४ माघ, काठमाडौं । आँखाले भ्याउनेसम्मको फराकिलो लेकाली फाँट । सतहमा रंग-विरंगी जंगली फूलहरु । मध्यभागमा कलकल बग्ने खोला । खोला किनारमा मन्दिर । कुनै सिपालु चित्रकारले कुशलतापूर्वक खिपेको ल्याडस्केप जस्तो । आहा ! कति मोहक बडीमालिका । प्रकृतिको यो कस्तो मनोहर उपहार ? जब-जब खप्तड र बडीमालिकाकको प्रसंग आउँछ, मेरो हृदय यसै-यसै रोमाञ्चित हुन पुग्छ […]

कसरी वितरण हुन्छ कोभ्याक्सको खोप ?

२३ माघ, काठमाडौं । विश्वका धेरै मुलुकले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सञ्चालन गरिसकेका छन् । तर, विकासोन्मुख र अल्पविकसित मुलुकमा भने निकै कम मात्र कोरोना खोप पुगेको छ । त्यसैले यी मुलुकले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को कोभ्याक्स कार्यक्रमलाई भरोसा गरिरहेका छन् । कोभ्याक्स कार्यक्रम अन्तर्गत पहिलो चरणमा ६ महिनासम्ममा सबै मुलुकका तीन प्रतिशतभन्दा […]