Comments Add Comment

फिचर

List Grid
डा. सञ्जय कार्की : विरामीको हवाई उद्धारका पायोनियर

३१ असार, काठमाडौं । न्यूरो चिकित्सक डा. उपेन्द्र देवकोटा जीवन मरणको दोसाधमा थिए । मृत्युसँग संघर्ष गरिरहेका उनलाई भेण्टिलेटरमा राखिएको थियो । पित्त थैलीको क्यान्सरसँग संघर्ष गरिरहेका देवकोटाको अन्तिम इच्छा थियो-गोरखास्थित आफ्नो घर जाने । कतिपयले गोरखा पुर्‍याउन जोखिमपूर्ण हुने तर्क गरिरहेका थिए, तर भेण्टिलेटरमा रहेका देवकोटालाई अकस्मात जन्मथलो पुर्‍याएर काठमाडौं ल्याइयो । त्यसको एकसातापछि […]

तात्दैछ काठमाडौं !

३० असार, काठमाडौं । काठमाडौँमा उपत्यकामा बस्ने धेरै मान्छेलाई हरेक वर्ष मध्य जेठतिर आफूले आफ्नो जीवनकालकै सबभन्दा चर्को गर्मी भोगेको महसुस हुन्छ । कहिले मनसुस भित्रिएला र अलिकति राहतको सास फेर्न पाइएला भन्ने चिन्ता गर्दै उनीहरू दिन र रात काट्छन् । काठमाडौँबासीले हरेक वर्ष गर्मी बढ्दै गएको महसुस गर्न थालेका छन् । तथापि उनीहरु यसबारे […]

‘डोज’ले दिएको डरलाग्दो दुःख !

२९ असार, काठमाडौं । ‘म जे छु, जस्तो छु, त्यस्तै देखिने गरी लेख्ने भए ठिकै छ…’, कुराकानी सुरु हुन नपाउँदै उनले सर्त राखे, ’ …नत्र, जंकीलाई बाल ।’ त्यसपछि हातमा रहेको चुरोटको धुलो ‘स्ट्रे’मा झारे । अनि एक सर्को तानेर धुवाँ फाल्दै बोले, ‘सिंगारपटार गरेर ‘हिरो’ बनाएर लेखेको मलाई मन पर्दैन । म मेरो जिन्दगीको […]

प्राकृतिक आत्मीयतासँगै क्यानोनिङ साहस (फोटो फिचर)

२९ असार, काठमाडौं । एक त शाहसिक खेल अर्कोतिर प्रकृतिसँगको तालमेल, यसैले पनि पछिल्लो समय क्यानोनिङ (छाँगावरोहण) खेलले युवाहरुको साथ पाइरहेको छ । अग्ला पहाडी झरनाहरुमा डोरीको सहायताले चट्टान टेक्दै झरिरहेको हेर्दा हेर्नेको पनि मन लोभिन्छ । सुन्दरीजलको स्यालमति खोला झरनामा पनि शनिबार यस्तै शाहसिक युवाहरु क्यानोनिङमा रमाइरहेका थिए । पाँचौँ राष्ट्रिय क्यानोनिङ महोत्सव नामबाट […]

‘भेज’ चुम भ्याली

काठमाडौं । वरिपरि हिमाल आफूचाहिँ वीचमा ! हेर्दा लाग्छ, धर्तिको स्वर्ग भनेकै यही हो । बाहिरका आगन्तुक मात्रै होयन, उत्तरी गोर्खामै जन्मे हुर्केको मानिसलाई पनि जति पटक चुम भ्याली पुग्यो, त्यति नै आनन्द महसुस हुन्छ । चुम भ्याली प्राकृतिकरुपले मात्र नभएर सांस्कृतिक रुपले पनी धनी क्षेत्र हो । चुम भ्यालीको सांस्कृतिक विशेषता भनेको चुम उपत्यकाभरि […]

‘कोइला’ एक नलेखिएको कला !

२८ असार, पोखरा । आगो बलिसकेपछि अन्तिममा बच्छ कोइला । मान्छे सोच्छन्, ‘आगो त बलिसक्यो । काम त टरिसक्यो । यो कोइलाको के काम ? बल्यो, सिद्धियो !’ तर, त्यही ‘कामविहीन’ कोइला कलाकार सुनिल सिग्देलको हकमा भने ठूलो अर्थ राख्छ । बलिसकेको कोइला उनलाई अत्यन्तै दार्शनिक लाग्छ । उनी त्यसैमा कथा भेटाउँछन्, कविता भेटाउँछन् । […]

जब काठमाडौंका अपार्टमेन्टहरु डुबानमा परे…

२७ असार, काठमाडौं । बिहीबार रातिदेखि परेका अविरल वर्षका कारण मुलुकभरका अधिकांश क्षेत्र जलमग्न बने । राजधानी काठमाडौंमै सबैभन्दा बढी मानवीय क्षति भयो । मुलपानीमा ३ जनाले पहिरोका कारण ज्यान गुमाए । वर्षाका कारण राजधानीका आपर्टमेन्टहरु पनि जलमग्न बने । कुलेश्वरको ओरियन्टर र कुलेश्वर कोलोनीमा मान्छे नै डुबाउने पानी जमेपछि सशस्त्र प्रहरीको टोली डुंगा नै […]

बलात्कृत आमाको पेटको ढुंगा !

२५ असार, काठमाडौं । अनलाइनखबरले यसअघि मानसिक सन्तुलन गुमेर सडकमा लावारिस बनेकी शान्ति सेनको जीवनकथा उतारेको थियो । मानसिक समस्यामा परेको मानिसलाई उचित स्याहारले ठीकठाक पार्न सक्छ भन्ने बलियो उदाहरण हुन्- शान्ति । यहाँ हामीले मानव सेवा आश्रममा शान्ति सेनले नै स्याहार गरिरहेकी अप्सरा (नाम परिवर्तन) कामीको व्यथा प्रस्तुत गरेका छौं । अप्सरालाई बुझन् काठमाडौं […]

कलिलैमा ‘पोर्न’को लत

२२ असार, काठमाडौं । ललितपुरका सबिन (नाम परिवर्तन) ले ११ वर्षको हुँदादेखि अश्लील चलचित्र हेर्न थाले । उनी हिन्दी चलचित्रका ‘लभ स्टोरी’ हुँदै पोर्न साइटहरुमा पुगेका थिए । बुबाआमाले ट्याब ल्याइदिएपछि पोर्न साइटको संसार उनको हातमा आइपुगेको थियो । खातापिता परिवारमा हुर्किँदै गरेका उनी आफ्नो कोठामा चुकुल लगाएर घन्टौं यौन फिल्म हेर्थे । छोराले ट्याबबाट […]

नार–फूको यात्रा

२१ असार, काठमाडौं । सदाझैँ बेसीशहरका लागि छुट्ने माइक्रोबस पृथ्वीचोकमा मेरै लागि कुरेर बसे जस्तो देखिन्थ्यो । करिब १५–२० मिनेटको पर्खाईपछि गाडी गुड्यो । तनहुँको कुनै ठाउँमा हामीले खाजा खायौं । चिल्लो बाटोमा गाडी बेस्सरी हुँइकियो । भुसुक्क निदाइएछ, उठ्दा घडीमा १ बजिसकेको थियो । स्टाफभाइले ल झर्नुस् भन्दै झोला छतबाट झारिदिए । दिनेश र […]

यात्रुलाई सभ्य बनाउने एउटा बस

२१ असार, काठमाडौं । बा ४ ख २७२४ । कमलविनायक–कोटेश्वर–बागबजार रुटमा चल्ने यो बस यो बस गंगाराम खाइजु (४२) ले चलाउँछन् । बसमा चढ्नासाथ यात्रुको आँखा ‘सिस्टमबद्ध, झै–झगडामुक्त ख्वपः यातायातमा तपाईंलाई स्वागत छ’ लेखिएको कागजमा ठोकिन्छ । बसमा लेमिनेसन गरेर टाँसिएका यस्ता थुप्रै सन्देश छन् । तर सन्देशका कारण होइन, सामूहिक सुविधाका लागि चालकले बनाएको […]

मेलिना राई : कठोर साधना, कोमल स्वर

२० असार, काठमाडौं । मोवाइल पसलमा घन्किरहेको थियो, ‘कम्मरमाथि पटुकी, पटुकीमाथि घैला ।’ पसलको अघिल्तिर हिँड्दै थिइन्, मेलिना राई । साथमा थिइन् बहिनी । यो कुरा ०७२ साल वैशाखको हो । भूकम्पपछिको पराकम्प आउने क्रम रोकिएको थिएन । सबै मानिस घर छाडेर बाहिरै सुत्थे । खुला ठाउँमा पाल टाँगिएको थियो । मान्छेहरु सडकभरि थिए । […]

स्मार्ट पार्किङ : चारचक्के सन्तुष्ट, दुईचक्के रुष्ट !

‘ए दाई, त्यहाँ पार्किङ नगर्नुस् ।’ मोटरसाइकलको स्ट्यान्ड लगाउँदै गरेका युवा अलि परबाट आएको यस्तो आवाज सुनेनन् । आवाजले रोकिए । हातमा एउटा ‘पस’ मेसिन समेत बोकेका व्यक्ति दौडिदै मोटरसाइकलवालाको नजिक आएर भने, ‘दाइ, त्यहाँ पार्किङ नगर्नु भनेको सुन्नु भएन ? यहाँ त गाडी पार्किङ गर्ने हो ।’ ‘मलाई २ मिनेट पनि लाग्दैन, एटिएमबाट पैसा […]

८ बज्यो, विद्यार्थी छुट बन्द !

१७ असार,काठमाडौं । सोमबार साँझ ७ः३० बजे, काठमाडौं मल बाहिरको सडकमा बसहरुको भीडभाड थियो । त्यही भीडमा रत्नपार्कबाट स्वयम्भू जाने अन्नपूर्ण सार्वजनिक यातायातको एउटा बस पनि यात्रु पर्खिँदै थियो । लैनचौर, ठमेल, सोह्रखुट्टे, बालाजु, वनस्थली, स्वयम्भू भन्दै बसका सहचालक यात्रु डाकिरहेका थिए । बस आफ्नो स्टेशनमा आइपुगेको केही समयमै सिट भरियो । तर बस गन्तव्यका […]

कोरियाको कहर : कोमामा ओम, बेदनामा उमा

वीर अस्पतालको आईसीयू-२ को बेड नम्बर ३ मा मुडासरी लडिरहेका छन् ओमनाथ ढकाल (४१) । कोरियामा सात महिना अगाडि अचानक ढलेर कोमामा पुगेका उनलाई शुक्रबार काठमाडौं ल्याएर वीरमा भर्ना गरिएको हो । शरीर जीर्ण छ, सुकेको रुखजस्तै । अनुहारमा कुनै भाव छैन । बोल्न सक्दैनन् । आँखाले हल्का इशारासम्म गर्न सक्छन्, जसको भाव उनकी पत्नी […]

महिलालाई काँटी घोप्नेको प्रश्नः मोटरसाइकल जलाएको भए बच्थेँ कि ?

१६ असार, काठमाडौं । सन्तोष कार्कीले गत चैतबाट युवतीहरुमाथि कहिले टुथपिक त कहिले काँटीले आक्रमण गर्न थालेका थिए । तर, पीडितहरु बाहिर नआएका कारण गुपचुप रह्यो । महिलाहरूमाथि श्रृखलाबद्ध रुपमै आक्रमण भएपछि ‘सिरिन्ज आक्रमण’ हुनसक्ने आशंकाका खबरहरू आए । हेपटाइटीस ‘बी’, एचआईभी जस्ता रोग सार्ने नियत आक्रमण गरेको शंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग […]

छोरालाई सोध्न मन छ- मलाई पाल्छौ ?

१५ असार, काठमाडौं । दाङ तुलसीपुरकी ४९ वर्षीया शान्ति सेन सामाखुशीस्थित मानव सेवा आश्रमको गेट खोल्न आइपुगिन् । गेटभित्र छिर्दै गर्दा उनका हात जोडिए, ‘नमस्ते सर !’ फेरि गेटको ताल्चामा उनैले चाबी घुमाइन् । गेटबाटै देखिन्छ, फलामले बेरेको कम्पाउण्डभित्रको भीड । कोही बच्चा समाएर बसेका छन्, कोही टेवलमा झोक्राएका । कोही घोप्टो परेर टाउको ठोकेका […]

टोखा सडकमा टेक्नै मुस्किल !

१४ असार, काठमाडौं । उपत्यकामा पछिल्लो समय नयाँ बस्तीका रुपमा विकास भएको छ, टोखा क्षेत्र । विद्यालयदेखि ठूलो अस्पताल पनि खुलेका छन् । ग्राण्डी अन्तराष्ट्रिय अस्पताल त्यही छ । तर त्यही टोखा जाने सडकको हालत भने हेरिनसक्नु भएको छ । दैनिक ठूला तथा साना गाडीहरु हिलोमा गाडिएर फस्छन् र विरामी लिएर अस्पताल जाँदै गरेको एम्बेलुेन्स […]

पीडित परिवारले भेट्टाएको थियो आक्रमणकारीको मोटरसाइकल

१३ असार, काठमाडौं । जेनिसामाथि शंकास्पद सिरिन्ज आक्रमण भएको महिना दिन नाघिसकेको थियो । तर, आक्रमणकारी पक्राउ परेन । बरू अरू महिलामाथि पनि त्यस्तै प्रकृतिका आक्रमण भएको खबर आउन थाल्यो । यसले जेनिसा मात्र होइन, उनलाई सान्त्वना दिइरहेका परिवारका सदस्यहरू पनि तनावमा परे । प्रहरी कहाँ गएर सीसीटीभी फुटेज हेरे, प्रहरीसँग समन्वय गरेर उनीहरु आफैं […]

बालबालिकाको सुसाइड नोट : विद्यालय र आफन्तसँग गुनासो

१३ असार, काठमाडौं । ललितपुरको बागमती–२, माल्टाका ११ वर्षीय समिर लुङ्वाको शवमुनि ढुंगाले थिचेर राखिएको कागजमा लेखिएको थियो–‘आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुःखमा छु, मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाइ भाउजूले हेला गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दैछु […]

कसका लागि लडे नेपालीले विश्वयुद्ध ?

१२ असार, काठमाडौं । विसं १९९० को भूकम्पको दुई महिनापछि प्रधानमन्त्री जुद्धसमशेरले कमान्डिङ इन चिफ रुद्र समशेरका खलकलाई सर्वस्वहरण गरेर पाल्पा धपाए । रुद्रका नाति पुरुषोत्तम समशेर राणाका अनुसार रुद्र खलकका सदस्य, सहयोगी, सुरक्षा गारतसमेत गरी दुई सयजना चारबुर्जा दरबार (हालको निर्वाचन आयोग भवन) छाडेर पाल्पा गएका थिए । रुद्र समशेरका चारबुर्जा दरबारमै जन्मिएका एकजना […]