राशिफल
ज्योतिष:
ज्याे. प. नारायणप्रसाद दुलाल
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
शुभ रङ : मित्र राशि : भाग्यशाली दिन र नंबर :
आजको राशिफल
मासिक राशिफल
बार्षिक राशिफल
३० असोज २०८३, शुक्रबार
आज घरपरिवारको साथ र समर्थनले नयाँ ऊर्जा तथा आत्मविश्वास प्रदान गर्नेछ । काम गर्ने जोश, जाँगर र उत्साह बढ्ने भएकाले व्यावसायिक क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सकिनेछ । लामो समयदेखि प्रयास गरिरहेको काममा राम्रो फड्को मार्ने अवसर प्राप्त हुन सक्छ । वैदेशिक क्षेत्रमा गरिएको लगानी लाभदायक बन्ने सम्भावना छ । परिवारको खुसीलाई प्राथमिकतामा राखेर अघि बढ्दा प्राप्त सफलताको आनन्द अझ गहिरो हुनेछ ।