Comments Add Comment

कुशल भुर्तेल

List Grid
शतकबाट चुके पनि टिमको जितबाट खुशी छु : कुशल भुर्तेल

२९ भदौ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गर्दा ओपनर कुशल भुर्तेलले सर्वाधिक ८४ रन बनाए । कुशल र रोहित पौडेलको अर्धशतक सहयोगमा नेपालले अमेरिकाले दिएको २३१ रनको लक्ष्य एक ओभर अगावै ५ विकेट गुमाएर पूरा गरेको थियो । ओडीआई करियरमा पहिलो अर्धशतक बनाएका कुशल शतकको […]

टी-२० वरीयतामा कुशल भुर्तेल वेष्ट इण्डिजका पोलार्डभन्दा अगाडि

३० असार, काठमाडौं । आईसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपालका कुशल भुर्तेल वेष्ट इन्डिजका कप्तान काएरन पोलार्डभन्दा अगाडि रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार अपडेट गरेको वरीयता अनुसार टी–२० को ब्याट्सम्यानतर्फ नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल एक स्थान सुधार गर्दै ५९औं स्थानमा उक्लेका छन् । पोलार्ड भने ६०औं स्थानमा झरेका छन् । गत […]

कुशल भुर्तेल आइसीसीको प्लेअर अफ दि मन्थ अवार्डका लागि मनोनित

२२ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को प्लेअर अफ दि मन्थ अवार्डको लागि मनोनयनमा परेका छन् । आइसीसीले अप्रिल महिनाको लागि प्लेअर अफ दि मन्थको नोमिनेसनमा पुरुषतर्फ पाकिस्तानका दुई खेलाडी बाबर आजम र फखर जमानसँगै कुशललाई पनि मनोनयनमा राखेको हो । यही वैशाख ४ देखि ११ […]

दृढ अठोटले बनेका स्टार

१६ वैशाख काठमाडौं । सन् २०१९ मा बंगलादेशमा भएको इमर्जिङ टिम्स कपमा नेपाली टोली तीन चरणमा ढाका पुग्यो । नोभेम्बर १४ मा नेपालको पहिलो खेल भारत इमर्जिङ टिमसँग थियो । कुशल भुर्तेल लगायत सात जनाको टोली त्यसको अघिल्लो दिन मात्र बंगलादेश पुग्यो । पहिलो पटक भुर्तेल सिनियर टिममा परेका थिए । उनी खेल्ने कि नखेल्ने […]

टी-२० वरीयतामा कुशल भुर्तेल ६१ औं स्थानमा

१५ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आईसीसी टी-२० वरीयतामा ३२ स्थान सुधार गर्दै ६१ औं स्थानमा आइपुगेका छन् । आईसीसीले बुधबार अपडेट गरेको नयाँ वरीयता अनुसार ब्याट्सम्यानतर्फ भुर्तेल ६१ औं स्थानमा आइपुगेका हुन् । यसअघि उनी पहिलो पटक शीर्ष सयमा समावेश हुँदा ९३ औं स्थानमा थिए । नेपालमै भएको त्रिकोणात्मक […]

घरेलु मैदानमा उपाधि जित्दा खुसी लागेको छ : कुशल भुर्तेल

१२ वैशाख, काठमाडौं । त्रिकोणात्मक सिरिज शुरु हुनु दुई दिन अघि नेपालले अन्तिम प्रशिक्षण सकाएपछि कुशल भुर्तेलले राष्ट्रिय टिममा खेल्ने इच्छा व्यक्त गरेका थिए । सन् २०१९ मै नेपालबाट एसीसी इमर्जिङ टिम्स कप खेल्दै लिस्ट ए मा डेब्यू गरेका उनी टी–२० अन्तर्राष्ट्रियमा भने डेब्यूको पर्खाइमा थिए । २०१९ डिसेम्बरमा नेपालमै भएको १३औं सागमा टिममा रहेपनि […]

कुशल भुर्तेल बने प्लेयर अफ दी सिरिज

११ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा कुशल भुर्तेल प्लेयर अफ दी सिरिज बनेका छन् । टी–२० अन्तर्राष्ट्रियको डेब्यू सिरिजमै भुर्तेल उत्कृष्ट खेलाडी बनेका हुन् । उनले मोटरसाइकल पुरस्कार पाएका छन् । डेब्यूसहित तीन खेलमा लगातार तीन अर्धशतकको विश्व कीर्तिमान बनाएका भुर्तेलले फाइनलमा नेपाललाई जिताउने क्रममा ७७ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । टी-२० अन्तर्राष्ट्रियमा […]

कुशल भुर्तेल टी–२० वरियताको शीर्ष सयमा 

८ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को विश्व टी–२० वरियतामा पहिलो पटक समावेश भएका छन् । । आईसीसीले मंगलबार जारी गरेको नयाँ वरियतामा कुशल ब्याटिङतर्फ ९३औं स्थानमा रहेका छन् । अहिले नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजमार्फत टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका कुशलले शुरुवाती तीन खेलमै लगातार अर्धशतक बनाएका थिए […]

कुशलको लगातार तेस्रो अर्धशतकको कीर्तिमान

७ वैशाख काठमाडौं । नेपाली क्रिकेटर कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतकको कीर्तिमान बनाएका छन् । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालको तेस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका हुन् । यद्यपि नेपाल ३ विकेटले पराजित भयो । उनले टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका थिए । दोस्रो खेलमा मलेसियाविरुद्ध अविजित ६१ […]

६२ रन जोडेर कुशल भुर्तेल आउट

७ वैशाख, काठमाडौं । त्रिकोणात्मक सिरिजमा मंगलबार नेदरल्याण्डसविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो  विकेटको रुपमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका हुन् । डेब्युदेखि लगातार ३ खेलमा अर्धशतक प्रहार गरेका उनी मंगलबार ६२ रन बनाएर आउट भएका हुन् । ४६ बल खेलेका उनले ८ चौका र एक छक्का हानेका थिए । नेपालले […]

कुशल भुर्तेलले बनाए लगातार तीन खेलमा अर्धशतक

७ वैशाख, काठमाडौं । नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गरेका छन् । काठमाडौंमा भइरहेको त्रिकोणात्मक टी-२० सिरिजमा कुशलले लगातार तीन खेलमा ओपनिङ गर्दै अर्धशतक प्रहार गरेका हुन् । उनले नेदरल्याण्ड्स विरुद्ध १३ औं ओभरमा अर्धशतक पूरा गरे । उनले ४१ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५२ […]

कुशल-आसिफ : पहिले प्रतिस्पर्धी, अहिले शानदार ओपनिङ जोडी

६ वैशाख, काठमाडौं । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दुई खेल जित्दै फाइनल दाबेदारी बलियो बनाएको छ । नेदरल्याण्ड्स र मलेसियालाई समान ९ विकेटले पराजित गर्दा नेपालका कुशल भुर्तेल र आसिफ शेखले शानदार ब्याटिङ गरे । पहिलो विकेटका लागि दुवै खेलमा शतकीय साझेदारी, डेब्यु खेलमा दुवैको अर्धशतक, अनि टी–२० अन्तर्राष्ट्रियमा कुशलको […]

कुशलको लगातार दोस्रो अर्धशतक

६ वैशाख, काठमाडौं । नेपालका कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियमा लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन् । त्रिकोणात्मक टी–२० सिरिजको तेस्रो खेलमा उनले मलेसियाविरुद्ध अर्धशतक बनाएका हुन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा मलेसियाले दिएको ११० रनको लक्ष्य पछ्याउने क्रममा कुशलले सातौं ओभरमै अर्धशतक पूरा गरे । उनले २६ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार […]

कुशल र आसिफको कीर्तिमानी साझेदारी

त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपाली ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले शतकीय साझेदारी गरेका छन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा कुशल र आसिफले शानदार ब्याटिङ गर्दै ११औं ओभरमा शतकीय साझेदारी गरेका हुन् । दुवैले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गर्दै ओपनिङ गरेका हुन् । कुशल र आसिफले टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी समेत […]

डेब्यूमै कुशल भुर्तेलको अर्धशतक

४ वैशाख, काठमाडौं । नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियको डेब्यु खेलमै अर्धशतक प्रहार गरेका छन् । त्रिकोणात्मक टी–२० सिरिजको उद्घाटन खेलमा नेदरल्याण्ड्सविरुद्ध डेब्यू गरेका उनले अर्धशतक प्रहार गरेका हुन् । डेब्यु खेलमा ओपनिङको जिम्मेवारी पाएका उनले आक्रमक ब्याटिङ गरेका थिए । अर्का डेब्युटान्ट आसिफ शेखसँगै ओपनिङ गरेका कुशलले ३० बलमा ५ चौका र ४ […]

टी-२० अन्तर्राष्ट्रिय डेब्युको पर्खाइमा कुशल भुर्तेल

३ वैशाख काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा यही शनिबारदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा नेपाल नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज आयोजना हुदैछ । त्यसका लागि नेपाली टोलीले बिहीबार टीयू मैदानमा अन्तिम प्रशिक्षण सकाएको छ । अहिले उक्त सिरिजका लागि सबै खाले तयारी अन्तिम चरणमा पुगेको छ । नयाँ मुख्य प्रशिक्षक डेभ वाटमोरको […]