News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गर्यो।
- उनीहरूले गत सिजनका कप्तान कुशल भुर्तेल र अन्य ६ खेलाडी रिटेन गरे।
- जुलाईमा एनपीएलको दोस्रो सिजनका लागि मिनी अक्सन आयोजना हुनेछ।
१५ असार, काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । पोखराले आइतबार सामाजिक सञ्जालमार्फत रिटेन्सन लिस्ट सार्वजनिक गरेको हो ।
यसअघि पोखराले गत सिजनका मार्की तथा कप्तान कुशल भुर्तेललाई रिटेन गर्ने संकेत गरिसकेको थियो । उनीसहित दिनेश खरेल, बिपिन खत्री, सागर ढकाल, किरण ठगुन्ना, आकाश चन्द र तृतराज दासलाई रिटेन गरेको हो ।
एनपीएल दोस्रो सिजनका लागि फ्रेन्चाइजले मार्की बाहेक ६ खेलाडी रिटेन गर्न पाउनेछन् । यसअघि तीन टिमले मार्कीसहित ६-६ खेलाडी मात्र रिटेन गरेका थिए । तर पोखराले मार्की कुशल भुर्तेल बाहेक नै ६ खेलाडीलाई रिटेन गर्दै आफ्नो कोर खेलाडीलाई टिममै राखेको छ ।
पोखराले दिलिप नाथ, आकाश चन्द, नारायण जोशी, अमृत गुरुङ, सुनाम गौतमलाई रिलिज गरेको छ । सुनामले चोटका कारण पहिलो सिजन पनि खेलेनन् ।
यसअघि नै सुदूरपश्चिम रोएल्स, चितवन राइनोज, लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजले रिटेन गरेका ६-६ खेलाडीको नाम सार्वजनिक गरिसकेका छन् ।
एनपीएलको दोस्रो सिजनका लागि आउने जुलाईमा मिनी अक्सन गर्ने तयारी छ ।
प्रतिक्रिया 4