+

भुर्तेलले पोखरा एभेन्जर्सबाटै एनपीएल खेल्ने

२०८२ असार  १४ गते १९:५१ २०८२ असार १४ गते १९:५१
भुर्तेलले पोखरा एभेन्जर्सबाटै एनपीएल खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टिमका ब्याटर कुशल भुर्तेलले एनपीएलको दोस्रो सिजनमा पनि पोखरा एभेन्जर्सबाटै खेल्ने छन्।
  • टिमले सामाजिक सञ्जालमा पोस्ट गरी बाँकी खेलाडीहरूलाई एसेम्बल गर्ने जानकारी दिएको छ।
  • एनपीएलको दोस्रो सिजनका लागि जुलाईमा मिनी अक्सन आयोजना हुनेछ।

१४ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेल नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा पनि पोखरा एभेन्जर्सबाटै खेल्ने भएका छन् ।

पोखराले रिटेन गरेका खेलाडीहरुको सूची सार्वजनिक गर्नुअघि कुशलले टिमबाटै खेल्ने पुष्टि गरेको हो । टिमले सामाजिक सञ्जालमा राखेको एक पोस्टमा भुर्तेलले भोलि बाँकी ५ खेलाडीहरूलाई एसेम्बल गर्ने कुरा उल्लेख गरिएको छ जसको अर्थ भुर्तेल टिममै रहने भन्ने बुझिन्छ ।

पहिलो सिजनमा भुर्तेल पोखराका मार्की प्लेअर तथा कप्तान थिए । टिममा दिनेश खरेल, दिलिप नाथ, सागर ढकाल, बिपिन खत्री, नारायण जोशी, आकाश चन्द, किरण ठगुन्ना लगायत खेलाडीले खेलेका थिए । यिनै खेलाडीबाट भुर्तेल र अन्य ५ जना रिटेन हुनेछन् ।

एनपीएलका लागि हरेक टिमले ६ खेलाडी रिटेन गर्न पाउनेछन् । यसअघि नै सुदूरपश्चिम रोएल्स, चितवन राइनोज, लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजले रिटेन गरेका ६-६ खेलाडीको नाम सार्वजनिक गरिसकेको छ ।

एनपीएलको दोस्रो सिजनका लागि आउने जुलाईमा मिनी अक्सन गर्ने तयारी छ ।

कुशल भुर्तेल पोखरा एभेन्जर्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय