News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोलीका कुशल भुर्तेल यूएईमा सम्पन्न युनिटी कप टी-२०आई शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
- भुर्तेलले शृंखलाको अन्तिम खेलमा उत्कृष्ट ब्याटिङ, बलिङ र फिल्डिङ प्रदर्शन गर्दै 'प्लेयर अफ द सिरिज' अवार्ड पाएका छन्।
- नेपालले पहिलो र दोस्रो खेलमा लगातार जित निकालेर ऐतिहासिक शृंखला जित हात पारेको थियो।
१५ असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीका ओपनिङ ब्याटर तथा पछिल्लो समयका अलराउन्डर कुशल भुर्तेल यूएईमा सम्पन्न युनिटी कप टी-२०आई शृंखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
शृंखलाको अन्तिम खेलमा राम्रो ब्याटिङ तथा बाँकी खेलमा उत्कृष्ट बलिङ र फिल्डिङ गरेका भुर्तेलले ‘प्लेयर अफ द सिरिज’ अवार्ड पाएका हुन् ।
भुर्तेलले पहिलो खेलमा ६ रन, दोस्रो खेलमा २ रन बनाउँदा तेस्रो खेलमा ३९ रन बनाए । त्यस्तै पहिलो खेलमा २ विकेट लिए भने दोस्रो खेलमा ३ विकेट लिए ।
यसका अलावा भुर्तेल फिल्डिङमा पनि उत्कृष्ट देखिएका थिए । पहिलो खेल र दोस्रो खेलमा उनले उत्कृष्ट क्याचहरू लिएका थिए ।
नेपालले पहिलो र दोस्रो खेलमा लगातार जित निकालेर ऐतिहासिक शृंखला जित हात पारेको थियो । तेस्रो खेलमा भने वेस्ट इन्डिज पूर्णरूपमा हावी बन्यो ।
प्रतिक्रिया 4