Comments Add Comment

टिकटक

List Grid
१२ वर्षे बालिकाले किन हालिन् टिकटकविरुद्ध मुद्दा

बेलायतमा एक १२ वर्षीया बालिकाले भिडियो शेयरिङ एप टिकटकविरुद्ध मुद्दा हालेकी छन् । नाम गोप्य राखिएकी ती बालिकाले टिकटकमाथि बालबालिकाका डाटाहरु अवैधानिकरुपमा प्रयोग गरिरहेको जिकिर गरेकी छिन् । ती बालिकालाई कानुनी लडाइँका लागि बेलायतको बालबालिका आयोगकी आयुक्त आन्ने लंगफिल्डले सहयोग गरिरहेको बताइएको छ । टिकटकले बेलायत तथा युरोपेली युनियनको डाटा सुरक्षण कानुनको उल्लंघन गरिरहेको दाबी […]

टिकटकबाट चिनेको युवकसँग बिहे गर्न भारत पुगेकी नेपाली किशोरीको उद्धार

१ पुस, काठमाडौं । एक भारतीय युवकसँग बिहे गर्न भनी भारतको मध्यप्रदेश पुगेकी नेपाली किशोरीलाई १८ दिनपछि उद्धार गरेर उनको आमालाई जिम्मा लगाइएको छ । १६ बर्षीया ती युवती १,३०० किलोमिटर यात्रा गरेर २१ बर्षीय युवकसँग बिहे गर्न भन्दै काठमाडौंबाट मध्यप्रदेशको सिहोर पुगेकी थिइन् । काठमाडौंस्थित भारतीय दूतावास र नयाँ दिल्लीस्थित नेपाली दूतावासले ती युवतीको […]

फेसबुकलाई पछि पार्दै टिकटक बन्यो सर्वाधिक लोकप्रिय एप

सन् २०२० मा विश्वभर सर्वाधिक डाउनलोड हुने मोबाइल एप्लिकेसनहरुको सूची सार्वजनिक भएको छ । एप विश्लेषण गर्ने कम्पनी App Annie ले सार्वजनिक गरेको obile App Trend २०२० को रिपोर्टअनुसार यस वर्ष विश्वमा सर्वाधिक डाउनलोड हुने एपको सूचीमा पहिलो स्थान टिकटकले कब्जा गरेको छ । अघिल्ला वर्षहरुमा पहिलो स्थानमा रहने गरेको फेसबुकलाई यो वर्ष टिकटकले पछि […]

प्रधानमन्त्री ओली पनि टिकटकमा

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक एकाउन्ट सञ्‍चालनमा आएको छ । युवापुस्तामा लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले आइतबार एकाउन्ट खोलेका हुन् । यो एकाउन्ट भेरिफाइडसमेत भइसकेको छ । प्रोफाइलमा प्रधानमन्त्रीको फोटो भने राखिएको छैन । अहिलेसम्म एउटा मात्र भिडियो पोष्ट भएको अकाउन्टलाई २६ सय जनाले फलो गरेका छन् । […]

अमेरिकामा टिकटक बिक्रीको समयसीमा डिसेम्बरसम्म लम्बियो

काठमाडौं । चिनियाँ भिडियो शेयरिङ एप टिकटकको अमेरिकास्थित व्यवसाय बिक्रीका लागि पूर्वनिर्धारित समयसीमा फेरि थप भएको छ । यसअघि अमेरिका सरकारले टिकटकलाई नोभेम्बर २७ सम्मको समयसीमा दिएकोमा त्यसमा १ हप्ता थप गरेको हो । टिकटकको मातृ कम्पनी बाइटडान्सले उक्त समयमा पनि अमेरिकास्थित टिकटकको शाखा बिक्री गर्न नसकेमा लोकप्रिय एप टिकटकले अमेरिकामा प्रतिबन्ध व्यहोर्नुपर्नेछ । टिकटकको […]

छोराछोरीले टिकटकमा के हेर्छन् ? अब बाबुआमाले थाहा पाउने !

करोडौँ किशोर किशोरी प्रयोगकर्ताहरुलाई मध्यनजर राख्दै टिकटकले थप अभिभावकीय नियन्त्रण प्रदान गरेको छ । यो सँगै अब टिकटकका किशोरावस्थाका प्रयोगकर्ताहरुले टिकटकमा के कुरा हेर्न वा शेयर गर्न सक्दछन् भन्ने कुरामाथि उनीहरुका अभिभावकले नियन्त्रण गर्न सक्नेछन् । मंगलबार एपमा थप गरिएका विभिन्न अभिभावकीय नियन्त्रणका टूल्सको घोषणा गर्दै टिकटकले उक्त नयाँ फिचरहरुको सहयोगमा अभिभावकहरुले आफ्ना किशोरावस्थाका छोराछोरीहरुलाई […]

अमेरिकामा सम्झौता गर्न टिकटकले पायो दुई हप्ता

ट्रम्प प्रशासनले यसअघि तय गरेको समयसीमाभित्र आफ्नो अमेरिकास्थित व्यवसाय बिक्रि गर्न नसकेको टिकटकले व्यवसाय बिक्रि सम्बन्धी सम्झौता गर्न थप दुई हप्ताकेा समय पाएको छ । अमेरिकी सरकारले दिएको नयाँ समयावधि अनुसार अब टिकटकले आगमी नोभेम्बर २७ सम्ममा अमेरिकी कम्पनी ओरेकल र वालमार्टलाई आफ्नो अमेरिकास्थित व्यवसाय बिक्रि गर्ने प्रस्तावित सम्झौतालाई पूर्णता दिनुपर्नेछ । शुक्रबार बिहान अमेरिकाको […]

अमेरिकी प्रतिबन्ध विरुद्ध टिकटकले सुरु गर्यो कानूनी लडाइँ

काठमाडौं । चिनियाँ भिडियो शेयरिङ एप टिकटकले अमेरिकी सरकारविरुद्ध कानूनी लडाइँ सुरु गरेको छ । आज अर्थात् नोभेम्बर १२ देखि टिकटकमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको निर्णयविरुद्ध टिकटकले कानूनी संघर्ष सुरु गरेको हो । अमेरिकामा आफ्नो व्यवसायिक अधिकारका साथै १५ सयभन्दा धेरै कर्मचारीहरुको रोजगारीको सुरुक्षाको माग गर्दै टिकटकले अमेरिकी पुनरावेदन अदालतमा मुद्दा दायर गरेको छ । […]

पाकिस्तानले हटायो टिकटकमाथिको प्रतिबन्ध, कारण यस्तो

काठमाडौं । पाकिस्तानले लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । अश्लीलता फैलाएको आरोपमा टिकटकमाथि केही हप्ताअघि मात्र प्रतिबन्ध लगाएको पाकिस्तान सरकारले त्यस्तो प्रतिबन्ध फुकुवा गरेको हो । आफ्ना अकाउन्टमा अश्लील भिडियो राख्ने वा अनैतिक चीजहरुको प्रसार गर्ने सबै प्रयोगकर्ताको अकाउन्ट टिकटकले ब्लक गरिदिएसँगै पाकिस्तानले यस्तो कदम चालेको बताइएको छ । टिकटकले पाकिस्तान सरकारका […]

‘टिकटक र विच्याटमाथिको अमेरिकी प्रतिबन्ध डब्लुटीओको नियम विपरीत’

चिनियाँ मोबाइल एपहरु टिकटक तथा विच्याटमाथि अमेरिकाले लगायको बन्देज विश्व व्यापार संगठनको नियम विपरीत रहेको चीनले दाबी गरेको छ । विश्व व्यापार संगठनको एक बैठकमा बोल्दै चिनियाँ प्रतिनिधिले टिकटक तथा विच्याट माथि अमेरिकाले बन्देज लगाएर डब्लुटीओको नियम उल्लंघन गरेको बताएका हुन् । अमेरिकी सरकारले यी दुई एप अमेरिकामा डाउनलोड गर्न बन्देज लगाउने आदेश जारी गरिसकेको […]

टिकटकमा प्रतिबन्ध लगाउने ट्रम्पको आदेशमा अमेरिकी अदालतको रोक

१२ असोज, काठमाडौं । अमेरिकाका एक न्यायाधीशले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको आदेशमा रोक लगाइदिएका छन् । प्रतिबन्ध कार्यान्वयनमा आउनुभन्दा केही समयअघि मात्र वासिङटनको एक जिल्ला अदालतका न्यायाधीशले ट्रम्पको आदेशमा रोक लगाएका हुन् । टिकटकमाथिको  प्रतिबन्धमा रोक लगाउने आदेश जारी गर्नुको कुनै कारण भने उल्लेख गरिएको छैन । […]

बन्द हुनुअघि अमेरिकामा टिकटक र विच्याटको कीर्तिमानी डाउनलोड

काठमाडौं । अमेरिकी सरकारले आज आइतबारदेखि अमेरिकामा चिनियाँ एपहरु टिकटक र विच्याट डाउनलोड गर्नमा बन्देज लगाउँदैछ । अमेरिकामा लोकप्रिय रहेका विच्याट र टिकटक एप आइतबारबाट गुगल प्ले स्टोर तथा एपस्टोरमा उपलब्ध नहुने भएसँगै अमेरिकी प्रयोगकर्ताहरु त्यस अगाडि नै यी एपहरु डाउनलोड गर्न हतारिएका छन् । शुक्रबार अमेरिकामा एकैदिन टिकटक एप २ लाख ४७ हजार पटक […]

अमेरिकामा आइतबारदेखि टिकटक र विच्याटमाथि प्रतिबन्ध

काठमाडौं । आगामी आइतबारदेखि अमेरिकामा विच्याट र टिकटक एप डाउनलोडमा प्रतिबन्ध लाग्ने भएको छ । राष्ट्रिय सुरक्षा तथा डाटा प्राइभेसीको चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गरेको अमेरिकाले विच्याटमाथि भने सम्पूर्ण रुपमा बन्देज लगाएको छ । टिकटक माथिको पूर्ण बन्देज चाहिँ आगामी नोभेम्बर १२ देखि लागू हुने बताइएको छ । वाणिज्य मन्त्री विल्बर रोसका अनुसार निश्चित सुरक्षाजन्य […]

भारतमा टिकटकजस्तै फिचर भएको भिडियो एप ल्याउँदै युट्युब

युट्युबले भारतमा लोकप्रिय भिडियो एप टिकटकजस्तै फिचर भएको एप ल्याउने भएको छ । युट्युब सर्ट्समा १५ सेकेण्डको भिडियो बनाउन मिल्नेछ र यसमा टिकटकमा भएकाजस्ता अन्य फिचर पनि हुनेछन् । गत जुन महिनामा चीनसँगको सम्बन्ध तनावपूर्ण बनेसँगै भारतले टिकटकलगायतका ५८ चिनियाँ एपमाथि प्रतिबन्धको निर्णय गरेको थियो । त्यतिबेला भारतमा टिकटकका १२ करोड प्रयोगकर्ता थिए । यो […]

टिकटकद्वारा माइक्रोसफ्टको प्रस्ताव अस्वीकार

टिकटकले माइक्रोसफ्टले गरेको अमेरिकी सेवा खरिदको प्रस्ताव अस्वीकार गरेको छ । माइक्रोसफ्टले लोकपि्रय भिडियो शेयरिङ्ग एप खरिदको लागि गरेको प्रस्ताव चिनियाँ कम्पनीले अस्वीकार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई आफ्नो अमेरिकाको सेवा अमेरिकी कम्पनीलाई नै बिक्री गर्न दिएको अल्टिमेटम मंगलबार सकिँदैछ । यस्तो अवस्थामा माइक्रोसफ्टले आफ्नो प्रस्ताव अस्वीकृत भएको बताएको हो । ट्रम्पको […]

आत्महत्याको भिडियो हटाउने टिकटकको प्रयास

लोकप्रिय भिडियो शेयरिङ प्लाटर्फम टिकटक अहिले एकजना पुरुषले आत्महत्या गरिरहेको भिडियो क्लिप भाइरल भएसँगै चिन्तामा छ । सुरुमा फेसबुकमा शेयर भएको उक्त भिडियो ट्विटर र इन्स्टाग्राम हुँदै टिकटकसम्म आइपुगेको मात्र छैन केही दिनयता तीव्र ढंगले टिकटकमा फैलिरहेको छ । युवापुस्तामाझ अत्यधिक लोकप्रिय एप टिकटकमा उक्त भिडियो अत्यधिक शेयर भएसँगै लाखौँ प्रयोगकर्ताहरुले आफूलाई त्यसबाट आघात पुगेको […]

आईएसपीहरुको टाउको दुखाइ बन्यो टिकटक, ब्यान्डविथ खपत आकाशियो

१५ भदौ, काठमाडौं । नेपालमा अत्यधिक लोकप्रिय बनिरहेको म्युजिकल एप टिकटक इन्टरनेट सेवाप्रदायकहरुका लागि भने टाउकोदुखाईको विषय बनेको छ । टिकटकले हालै गरेको प्राविधिक परिवर्तनका कारण ब्यान्डविथमा अत्यधिक चाप परेपछि उनीहरुलाई इन्टरनेटको माग धान्न मुस्किल परिरहेको छ । चैत ११ को लकडाउनअघि टिकटकको अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत ७ जीबीपीएस थियो । लकडाउनपछि यो बढेर १३ जीबीपीएस […]

क्लासिक टेकमा टिकटक सँधैभरी ठिकठाक, ढुक्कले इन्टरनेट सेवा प्रयोग गर्न कम्पनीको अनुरोध

टिकटक पछिल्लो दिनमा सबैभन्दा धेरै प्रयोग हुने मोबाइल एप्लिकेसनमा रहेको छ । नेपालीहरुले पनि अत्यधिक मात्रामा टिकटकको प्रयोग गरिरहेका छन् जहाँ भिडियो कन्टेन्टहरु बनाउन र सामाजिक संजालहरुमा शेयर गर्न सकिन्छ । हालै नेपालमा इन्टरनेट प्रयोगकर्ताहरुले टिकटकको प्रयोग २५ प्रतिशत भन्दा धेरै बढेसँगै जुलाईको अन्त्यदेखि समस्याहरु भोगिरहेको भन्दै जानकारीहरु बाहिर आएका छन् । अन्य इन्टरनेट सेवा […]

टिकटक खरिद गर्ने वालमार्टको इच्छा

काठमाडौं । लोकप्रिय सोसल मिडिया एप टिकटक खरिद गर्न चाहने अमेरिकी कम्पनीहरुको सूचिमा दिग्गज खुद्रा व्यापार कम्पनी वालमार्टसमेत थपिएको छ । टिकटकको अमेरिकी व्यवसाय खरिद गर्नका लागि यसअघि माइक्रोसफ्टले छलफल अगाडि बढाइसकेको छ । त्यस्तै ट्वीटरले समेत टिकटक खरिद गर्ने मनसाय बनाएको खबर आएको थियो । बीबीसीसँगको कुराकानीमा वालमार्टका अधिकारीले अमेरिकास्थित चिनियाँ भिडियो शेयरिङ एप […]

टिकटकका सीईओले दिए राजीनामा

११ भदौ, काठमाडौं । सर्ट भिडियो एप टिकटकका सीईओ केभिन मेयरले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय अमेरिकामा टिकटकबारे देखिएको विवाद चलिरहेको समयमा बिहीबार टिकटकका सीईओको राजीनामा आएको हो । पछिल्लो केही समययता टिकटकबारे अमेरिकामा चर्चा तथा चासो चलिरहेको छ । अमेरिकाले टिकटकमा राष्ट्रिय सुरक्षा जोखिम रहेको भन्दै अमेरिकामा यसको प्रयोगमा रोक लगाउने घोषणा […]

अमेरिकी सरकारको आदेशविरुद्ध अदालत जाँदै टिकटक

काठमाडौं । छोटो भिडियो शेयर गरिने लोकप्रिय एप टिकटक तथा उसको मातृ कम्पनी बाइट डान्ससँग कारोबारमा रोक लगाउने अमेरिकी सरकारको कार्यकारी आदेशविरुद्ध टिकटकले अदालतको ढोका ढक्ढकाउने भएको छ । यही सोमबार टिकटकले ट्रम्प प्रशासनको आदेशविरुद्ध अदालतमा अपिल गर्ने तयारी गरिरहेको रोयटर्सले उल्लेख गरेको छ । गत अगष्ट ११ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी […]