Comments Add Comment

निश्चल बस्नेत

List Grid
तिहारको बिदा छाड्दा ‘घामड शेरे’लाई फाइदा कि घाटा ?

यो बर्षको तिहारमा बिदामा हलमा रहेका ३ चलचित्र नै चले । नेपाली चलचित्र ‘छ माया छपक्कै, पोई पर्यो काले’ र हिन्दी चलचित्र ‘हाउसफुल ४’ले दर्शकको साथ पाए । अझ, मंगलबार र बुधबार दर्शकको उपस्थिती बाक्लो देखियो । काठमाण्डौमा बुकिङ खुल्दा ५ शोज मात्र पाएको ‘पोई पर्यो काले’ले क्यूएफएक्स चेनमा आफ्नो शोज बढायो । क्यूएफएक्सको काठमाण्डौ […]

के फेरि चलचित्रको शैली परिवर्तन गर्न सक्लान् त निश्चलले ?

फर्मुला चलचित्रहरु निर्माण भइरहेको समयमा निश्चल बस्नेतले नयाँ शैलीको चलचित्र ‘लुट’ निर्देशन गरे । यो चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्यो । यो चलचित्रले कथा भन्ने शैलीलाई नै परिवर्तन गरेको थियो । यो चलचित्रबाट निर्देशक निश्चल बस्नेत सेलिब्रिटी निर्देशक बने । दोस्रो चलचित्र ‘टलकजंग भर्सेस टुल्के’बाट पनि निश्चललाई राम्रो प्रतिक्रिया मिलेको थियो । तर, ‘लुट […]

निश्चल र स्वस्तिमाको ‘दिमाग खराब’

केही दिन अगाडि मात्र निर्देशक सिमोस सुनुवारले ‘छक्का पन्जा’ टिमसँग सहकार्य गरेर ‘छन् गेडी सबै मेरी’ निर्देशन गर्ने समाचार बाहिरिएको थियो । चलचित्रको स्क्रिप्ट पनि दीपकराज गिरीसम्म पुगिसकेको थियो । तर, नाम र स्क्रिप्टमा दीपक–दीपाको मन बलियो तरिकाले नसबेको वुझिएको छ । निश्चल र स्वस्तिमासँग गरिएको ‘ओके मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः दीपकराज गिरी र […]

निश्चलको गुनासो–‘पैसा कमाउने फिल्म मात्र बनायौं, आफ्नो शैली विर्सियौं’

चलचित्र ‘लुट २’ निर्देशन गरिसकेपछि निर्देशक निश्चल बस्नेतले चलचित्र निर्देशन गरेका छैनन् । बरु, उनी चलचित्रमा आइटम नृत्य गर्नमा बढी व्यस्त भए । अहिले त उनले चलचित्रमा मुख्य कलाकारको रुपमा अभिनय पनि गरिरहेका छन् । उनै, निश्चल अभिनिति चलचित्र ‘घामड शेरे’ कात्तिक ८ गतेबाट रिलिज हुँदैछ । चलचित्र निर्देशन नगरेपनि निश्चल चलचित्र क्षेत्रको हरेक पाटोको […]

‘घामड शेरे’को फस्टलुकमा निश्चलको यस्तो रुप

चलचित्र ‘घामड शेरे’को फस्टलुक सार्वजनिक गरिएको छ । चलचित्रको बिषयमा लामो समयदेखि विभिन्न खालको चर्चा चलिरहेपनि यसको निर्माणपक्षले कुनै पनि सामाग्री सार्वजनिक गरेको थिएन । अन्ततः चलचित्रको फस्टुलक र प्रदर्शन मिति सार्वजनिक गर्दै यसको निर्माणपक्ष प्रचारमा उत्रिएको छ । चलचित्रको फस्टलुकमा मुख्य कलाकार निश्चल बस्नेतलाई मात्र प्रस्तुत गरिएको छ । नायिका स्वस्तिमा खड्कालाई भने फस्टलुकमा […]

स्वस्तिमा–निश्चलको पहिलो भेटः ‘एउटा स्टाटसले जोडिदिएको सम्बन्ध’

निर्देशक तथा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का बैबाहिक जीवनमा बाँधिएको केही बर्ष भयो । उनीहरुले २०७२ सालको फागुनमा बिबाह गरेका थिए । उनीहरुले प्रेम पछिको मागी बिबाह गरेका थिए । स्वस्तिमा र निश्चलको भेट बिबाह हुनुभन्दा ५ महिना अगाडि मात्र भएको थियो । त्यो भन्दा पहिला उनीहरु फेसबुकमा साथी थिए । हाई, हल्लो, […]

स्क्रिप्ट कोठामा थुनिएर लेख्ने कुरा होइनः निश्चल बस्नेत

निश्चल बस्नेतलाई धार परिवर्तन गर्ने निर्देशकका रुपमा लिइन्छ । एक स्वरुपमा चलिरहेको चलचित्र क्षेत्रमा ‘लुट’ जस्तो फरक कथाको चलचित्र निर्देशन गरेर उनले चलचित्रको स्वरुप परिवर्तन गरिदिएका थिए । त्यस चलचित्रपश्चात उनी सेलिब्रिटी निर्देशक बने । धेरैको नजर उनीमा परेको थियो । तर, ‘लुट २’ बाट भने उनी नराम्रोसँग चिप्लिए । व्यापारिक रुपमा चलचित्र सफल भएपनि […]

‘घामट शेरे’मा निश्चल र स्वस्तिमाको यस्तो गेटअप

कलाकार तथा निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘घामट शेरे’को धमधम छायांकन भइरहेको छ । १ महिनाको सेड्युलसहित ‘घामट शेरे’ टिम सुर्खेत पुगेको थियो । अब भने चलचित्रको सुर्खेत सेड्युल आधा भइसकेको छ । हेमराज बीसीको निर्देशनमा तयार भएको यो चलचित्रमा स्वस्तिमा र निश्चल पहिलो पटक पूरा चलचित्रमा जोडी भएर […]

निश्चल भन्छन्–‘फिल्म प्रचारमा नयाँ शैली अपनाउन जरुरी छ’

अहिले चलचित्रको बजार निकै सुस्ताएको छ । रिलिज भएका चलचित्रको व्यापार हेर्ने हो भने कुनै पनि निर्माताले दोहोर्याएर चलचित्र निर्माण गर्ने आट गर्ने अवस्था छैन् । घर–जग्गा बेचेर चलचित्र निर्माण गरेका निर्माताहरु त अहिले टाउकोमा हात राखेर ‘खुई’ काडिरहेका छन् । निरन्तर चलचित्रहरु असफल भइरहदा निर्देशक निश्चल बस्नेतले चलचित्र प्रचारको लागि नयाँ उपाय खोज्ने समय […]

आइटम नृत्य गरेर मेरो करिअरलाई घाटा परेको छैनः निश्चल बस्नेत

केही बर्ष अगाडि संकटकाल लाग्न ठिक्क परेको चलचित्र क्षेत्रको तलाउबाट विचमै अल्झिएको डुंगालाई उतार्ने निर्देशक थिए, निश्चल बस्नेत । संकटकाल लाग्न ठिक्क परेको चलचित्र क्षेत्रले निश्चलको ‘लुट’ पायो र आफ्नो गतीलाई फेरि चलायमान बनायो । ‘लुट, टलकजंग भर्सेस टुल्के हुँदै लुट २’ सम्म आइपुग्दा निश्चल बस्नेतमाथि चलचित्र क्षेत्रको आड र भरोसा टिकिरह्यो । तर, निश्चलको […]

प्रिमियरमा ‘प्रसाद’लाई उत्कृष्ट प्रतिक्रिया, विपिनको अभिनय तारिफयोग्य

भोली शुक्रबार अर्थात मंसिर २१ गतेबाट रिलिज हुने चलचित्र ‘प्रसाद’को वुधबार काठमाण्डौको बीग मुभिजमा भव्य प्रिमियर आयोजना गरिएको छ । चलचित्रकर्मी र पत्रकारको उपस्थितीमा आयोजित प्रिमियरमा यो चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ । दिनेश राउतको निर्देशनमा तयार भएको चलचित्र हेरेपछि अधिकांशले यसको कथावस्तु, प्रस्तुतिलाई रुचाए । नायक भूवन केसीले चलचित्रलाई उत्कृष्ट भने । यस्तै, चलचित्र […]

‘गरुड पुराण’मा निश्चल र कर्मासँगै प्रियंका र अन्जलीको हट आइटम

चलचित्र ‘गरुड पुराण’को आइटम गीत सार्वजनिक गरिएको छ । ‘म त पिरिममा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । यो गीतको भिडियोमा निर्देशक निश्चल बस्नेतको साथमा चलचित्रका मुख्य कलाकारद्धय कर्मा र प्रियंका सिंह ठकुरीलाई फिचरिङ गरिएको छ । गीतमा निश्चलको जोडीको रुपमा अन्जली योञ्जन देखिएकी छिन् । कोशिष क्षेत्रीको संगीत, दिनेश राउतको शब्द रहेको गीतमा […]

आइटम गीतमा निश्चलको व्यस्तता, फिल्म निर्देशन कहाँ पुग्यो ?

निर्देशक निश्चल बस्नेतले बनाएको ‘लुट’ चलचित्रको चर्चा नेपाली चलचित्र बजारमा लामो समयसम्म चल्नेछ । किनकी, यो चलचित्रले नेपाली चलचित्र मेकिङको शैली फेरेको थियो । तर, ‘लुट’को सिक्वेल बनाएपछि भने निर्देशक बस्नेतले आफ्नो शैली नै बदलेका छन् । उनी अहिले निर्देशक भन्दा पनि आइटम ब्याइ बनेका छन् । निश्चलले चलचित्र निर्देशन गर्न हतार नगर्ने बताएका छन् […]

निश्चल बस्नेत स्टार निर्देशक कि स्टार कलाकार ?

केही वर्षअघि चलचित्र निर्माता संघ नेपाली चलचित्र क्षेत्रमा संकटकाल घोषणा गर्ने तयारीमा थियो । भकाभक चलचित्र असफल भएर निर्माताको करोडौ रकम डुबेपछि संकटकाल लगाउने तयारी गरिएको थियो । तर, निर्देशक निश्चल बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘लुट’ संजिवनी बुटी बनेर निस्कियो । यसको अभूतपूर्व सफलताले संकटकाल टर्‍यो । निश्चलले चलचित्र क्षेत्रको संकट त टारिदिएसँगै आफूमाथि ठूलो […]

विपिन र नम्रताको ‘प्रसाद’को छायांकन सुरु, निश्चलको भूमिका के ?

आज बिहान भक्तपुरको काँडाघारीमा रहेको गान्धी महिला आश्रममा शुभसाइत गर्दै चलचित्र ‘प्रसाद’को छायांकन सुरु गरिएको छ । दिनेश राउतले निर्देशन गर्न लागेको यो चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेतको मुख्य भूमिका छ । शुभसाइत समारोहमा चलचित्रका मुख्य ३ कलाकारले संवाद बोलेर मुहुर्त सट दिएका थिए । चलचित्रमा विपिन र नम्रतालाई श्रीमान्-श्रीमतिको भूमिकामा देखाउने तयारी […]

३५ लाख सकियो, निश्चलसंग होला त फनफनी ?

भोलिबाट छायांकनमा जान लागेको चलचित्र ‘प्रसाद’मा विपिनसहित निश्चल बस्नेत पनि नायक छन् । यसअर्थमा अबको ४५ दिन उनको व्यस्तता ‘प्रसाद’ का लागि रहनेछ । त्यसको एक महिना पछि गत बर्षको सुपरहिट चलचित्र ‘दुई रुपैयाँ’को टिमले घोषणा गरिसकेको चलचित्र ‘डामाडोल’को छायाँकनमा उनी व्यस्त हुनेछन् । गत बर्षको कात्तिकमा निश्चल बस्नेतले निर्देशन गर्ने भनेर चलचित्र ‘फनफनी’को घोषणा […]

निश्चल, माल्भिका र शोभितले ‘सिनेस्टार’ छान्ने

ओ मेगा इन्टरटेनमेन्टले प्रतिभाशाली कलाकारको छनोट गर्न ‘नेपाल्स मेघा सिनेस्टार’ आयोजना गर्ने भएको छ । आउँदो २८ चैतदेखि यसको अडिसन सुरु हुनेछ । नेपालमा धेरै प्रतिभावान कलाकार भए पनि उनीहरुले चलचित्रमा आउन अवसर नपाएकाले उनीहरुलाई मञ्च दिलाउन यो प्रतियोगिता आयोजना गर्न लागिएको निर्देशक प्रवेश सम्राट बरालले बताए । बरालका अनुसार काठमाण्डौ, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, […]

३ करोड पटक हेरिने पहिलो नेपाली गीत बन्यो ‘कुटुमा कुटु’

संभवत, अब केही समय चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीतले युटुबमा राखेको रेकर्ड अर्को नेपाली गीतले तोड्न सक्नेछैन । कारण, यो चलचित्रले युटुबमा सर्वाधिक धेरै पटक हेरिने नेपाली गीतको रेकर्ड मात्र राखेको छैन, ३ करोड पटक हेरिने पहिलो गीतको रेकर्ड पनि बनाएको छ । अहिले कुनै पनि प्रकारका गीतसंगीतको सफलताको मापन युटुबले गर्ने […]

स्वस्तिमा र निश्चललार्इ सफलताको खुसी

हुनत, नायिका स्वस्तिमा खड्का र कलाकार तथा निर्देशक निश्चल बस्नेत एउटै चलचित्रमा जोडीको रुपमा प्रस्तुत भएका छैनन् । चलचित्र ‘२ रुपैयाँ’मा समावेश ‘कुटुमा कुटु’ बोलको गीत हिट भएपछि यी दुबै चम्किए । स्वस्तिमाले एउटै गीतबाट राम्रो चर्चा कमाइन् । यता, निश्चल पनि निर्देशकपछि कलाकारको रुपमा ‘२ रुपैयाँ’बाट हिट भए । यो चलचित्रले राम्रो व्यापार गर्‍यो […]

२ रुपैयाँमा नै ‘२ रुपैयाँ’ हेरे दर्शकले

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘२ रुपैयाँ’ले आज दर्शकलाइ हलसम्म तान्न एउटा नयाँ शैली अपनायो । यो चलचित्रको निर्माण कम्पनी जी टू वान पिक्चर्सले दर्शकलाइ २ रुपैयाँमा नै चलचित्र देखाएको छ । बिहिबार काठमाण्डौ कुमारी हलमा २ रुपैयाँमा नै टिकट खरिद गर्ने प्रावधान पहिलो १०० जना दर्शकका लागि व्यवस्था गरिएको थियो । मध्यान्न १२ः३० को शोमा […]

‘घरमा मलाई स्वस्तिमाले नचाउँछिन्’

‘खैनी चुरोट खान्छौ कि दाँतै कालो छ ?’ ‘दुई रुपियाँ’को गीतमै सही, पत्नी/अभिनेत्री स्वस्तीमा खड्काको शंका ठिकै रहेछ । हामीले भेट्दा उनी चुरोटको सर्को तानिरहेका थिए । तर, दाँतचाहीँ कालो थिएन । ‘मलाई भिडमा घुलमिल हुन मन लाग्छ’, उनले चुरोटको सर्को तान्दै भने, ‘भिडमा मलाई निश्चल बस्नेत भनेर कतिले पत्याउँदैनन् । कोही त सौगात मल्ल […]