+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सजिल बस्नेतको छोटो फिल्म ‘बबल’ले जित्यो एक लाख नगद पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ६ गते १८:३०

काठमाडौं । सजिल बस्नेतको छोटो फिल्म ‘बबल’ले एक लाख नगद पुरस्कार जितेको छ । अस्कर कलेजले आयोजना गरेको युवा सर्ट फिल्म प्रतियोगितामा बस्नेतले प्रथम पुरस्कार स्वरुप सो रकम जितेका हुन् ।

क्षितिज जैसवालको ‘वैराग्य’ले दोस्रो र देव तामाङको ’खोक्रो’ तेस्रो हुँदै क्रमशः ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । दुई दशकदेखि सिनेमाको प्राज्ञिक अध्यापन गर्दै आएको अस्कर कलेजले आयोजना गरेको ‘पहिलो सर्ट फिल्म प्रतियोगिता’मा १९ वर्ष मुनिका उमेर समूहका युवा फिल्मकर्मीबीच प्रतिस्पर्धा गराइएको थियो ।

गत भदौमा आह्वान गरिएको प्रतियोगितामा २५ फिल्म मध्येबाट माथिका तीन फिल्म प्रथम, द्वितीय र तृतीय हुन सफल भएका हुन् ।

२५ मध्ये सात फिल्म सर्ट लिस्टमा परेका थिए भने जसमध्ये निराकारभक्त राईको ‘द पोयट’लाई स्पेसल मेन्सन अवार्ड प्रदान गरियो । सात फिल्म प्रदर्शन गरेपछि निर्देशक तथा अभिनेता निश्चल बस्नेतले ती फिल्मका निर्देशकहरुलाई सर्टिफिकेट प्रदान गरे ।

प्रतिस्पर्धामा समावेश फिल्म मनोजबाबु पन्त, फिल्म निर्देशक नीरन्जनराज भेटवाल र छायांकार उज्वल बस्ताकोटीको जुरी समूहले छनोट गरेको हो । कलेजका एकेडेमिक डाइरेक्टरसमेत रहेका जुरीमध्येका एक पन्तले भने, ‘विषयवस्तुको छनोट, कथा भन्ने शिल्प, प्राविधिक पक्ष, दृश्य भाषालाई छनोटजस्ता पक्षलाई मुख्य आधार बनाएर हामीले उत्कृष्ट फिल्म चयन गरेका हौं ।’

प्रतियोगितामा नयाँ पुस्ताको सपना, आशा र निराशाका विषयका फिल्म बढी आएको जानकारी पन्तले दिए । ‘अहिलेको नयाँ पुस्ता विश्व सिनेमा र सर्ट फिल्मबारे अपडेटेड छ । प्रतियोगिता जितेका फिल्ममा परम्परागत शैली नपछ्याई कथा र प्रविधि दुवैमा नयाँ प्रयोग गरिएका छन्, उनले भने ।

प्रतिस्पर्धामा पुरस्कृत चार फिल्मका निर्देशकलाई कलेजमा अध्ययन गर्न चाहेमा ५० प्रतिशत छात्रवृत्ति समेत दिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?