Comments Add Comment

नीता ढुंगाना

List Grid
नीताको बेहुली बन्ने रहर

मंसिर महिनामा नायिका ऋचा शर्माले बिहे गरिन् । नेपाली चलचित्रका नायिकाहरुको बिहेको महिनामा चर्चा अझै बढ्छ । अविवाहित नायिकाको बिहे कहिले जस्ता शिर्षक मिडियामा छाउँछन् । यो बर्ष नायिका ऋचा शर्मापछि अर्की नायिका आँचल शर्माले बिहे गर्ने चर्चा पनि चलेको छ । यता, नायिका नीता ढुंगानालाई भने बिहे गर्ने चाहना बढेको छ । नायिकाले फेसबुकमा […]

नीताको एक पल कसलाई ?

नायिका नीता ढुंगाना हिजोआज सामाजिक संजालमा रोमान्टिक देखिन थालेकी छिन् । उनको तस्वीर र शब्दले पनि यही कुरा बताउँछ । यसले, कतै नीता प्रेममा त परेकी छैनन् भन्ने अड्कल लगाउन पनि उनका फ्यानहरुलाई ठाउँ दिएको छ । नीताले फेसबुकमा रोमान्टिक मुडका तस्वीर राख्दै लेखेकी छिन्–‘जिन्दगीको २ पल, एक पल तिमीलाई आधा आधा’ । आखिर, नीताको […]

‘दि कर्मा’मा एक्सन अवतारमा करण र नीता, बोल्ड परमिता

चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक भएको छ । माघको १७ गतेलाई प्रदर्शन मिति तय गरिएको यो चलचित्रको टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ । चलचित्रको टिजरमा नायक करण वर्मा र नायिका नीता ढुंगानालाई एक्सन अवतारमा देखाइएको छ । यस्तै, नायिका परमिता आरएल राणालाई बोल्ड अवतारमा देखाइएको छ । कलाकार वुद्दि तामाङको भूमिका पनि दर्शकका लागि कौतुहलता […]

नीताको मुस्कान

बाल–कलाकार हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका नीता ढुंगाना राम्रो अभिनय र नृत्य गर्छिन् । केही दिन अगाडि मात्र आयोजना भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा नीताको धमकेदार प्रस्तुतीले विरगञ्ज तताएको थियो । उनै, नीता नयाँ चलचित्र ‘माया’को तयारीमा छिन् । निरन्तर असफल चलचित्रको असर उनको करिअरमा पनि परेको छ । यसैले, आफ्नै निर्माणमा बन्ने चलचित्रबाट […]

अब नीतालाई आफ्नै ब्यानरको भर

चलचित्रमा काम पाउनु र दर्शकले पत्याउनु फरक हो । कलाकारको नाममै चलचित्र निकै कम विक्ने नेपालमा असफल चलचित्र दिएर पनि कलाकारले काम पाइरहेका छन् । नायिका नीता ढुंगाना अहिले नयाँ चलचित्र ‘माया’को तयारीमा छिन् । यो चलचित्रलाई उनी आफैले नै निर्माण गर्न लागेकी हुन् । चलचित्रमा उनको जोडीको रुपमा कोशिष क्षेत्रीले काम गर्दैछन् । नीताले […]

नीता भन्छिन्–‘सिंगल लाइफ बिन्दास’

आफ्नो जन्मदिन मनाउने क्रममा नायिका नीता ढुंगानाले सिंगल लाइफ बिन्दास हुने बताएकी छिन् । आइतबार बेलुकी जन्मदिन सेलिव्रेशन गर्दै नीताले भनिन्–‘अहिले म सिंगल छु र आफ्नो करिअरमा नै फोकस छु । मलाई त सिंगल लाइफ बिन्दास लागिरहेको छ ।’ केही बर्ष अगाडिसम्म प्रेममा रहेकी नीताले भनिन्–‘कसैको प्रेममा रहँदा पनि जिन्दगीमा रमाइलो नै हुन्छ । तर, […]

‘सोच’मा नीताका लागि प्रज्ज्वल र पुजनको द्धन्द्ध

प्रेम र एक्सनको मिश्रणमा तयार भएको चलचित्र ‘सोच’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र भदौको २० गतेबाट रिलिज हुँदैछ । चलचित्रको ट्रेलरमा नायिका नीता ढुंगानाको साथमा कलाकारद्धय प्रज्ज्वल गिरी र पुजन सिंहलाई देखाइएको छ । नीताका लागि प्रज्ज्वल र पुजनको द्धन्द्धलाई ट्रेलरमा देखाइएको छ । यो चलचित्रलाई पुजन सिंहले नै निर्देशन गरेका हुन् । […]

‘सोच’मा नीता र प्रज्ज्वलको रोमान्स

चलचित्र ‘सोच’ भदौ २० गतेबाट रिलिज हुँदैछ । यो चलचित्र समावेश ‘तिमीले मलाई सहारा’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रको यो गीतमा नायिका नीता ढुंगाना र कलाकार प्रज्ज्वल गिरीलाई फिचरिङ गरिएको छ । शंकर अधिकारी ‘घायल’ले लेखेको सार्वजनिकक गीतमा योगेश काजी, जुनु गौतम र सुनिता थेगिङको स्वर र डिजे एलएक्सको संगीत छ । पुजन […]

मिरुना र नीताको दाबी–‘हामीविच डाहा छैन’

साउनको २४ गते नायिका मिरुना मगर र नीता ढुंगानाको मुख्य भूमिका रहेको चलचित्र ‘साइनो’ रिलिज हुँदैछ । यो चलचित्रमा मिरुना आधुनिक यूवतीको भूमिकामा छिन् भने नीतालाई गाउँकी यूवतीको भूमिकामा देखाइएको छ । दुबै नायिकाले यो चलचित्रका लागि निकै नै मिहिनेत गरेको बताए । नीताको प्रशंसा गर्दै मिरुनाले भनिन्–‘उहाँले त कालिञ्चोकको चिसोमा लड्दै उठेर काम गर्नुभएको […]

नीता र कोशिसको ‘माया’

नायिका नीता ढुंगानाले बनाउन लागेको पहिलो चलचित्रको नाम ‘माया’ राखिएको छ । नीताका अनुसार यो उनको वर्किङ टाइटल हो । नीताले बनाउन लागेको चलचित्रलाई समुन्द्र भट्टले निर्देशन गर्नेछिन् । चलचित्रको शिर्ष भूमिकामा नायिका नीता ढुंगाना आफै हुनेछिन् । उनको साथमा नायक कोशिस क्षेत्रीले यो चलचित्रमा अभिनय गर्दैछन् । कोशिसको चलचित्रमा आफ्नै कथा छ । अहिले […]

‘साइनो’को ‘क्या बात’मा नीताको आइटम

चलचित्र ‘साइनो’को आइटम गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘क्या बात छ’ बोलको गीतमा मिना निरौलाको शब्द, यमन सुवेदीको शब्द, किरण भुषालको संगीत छ । यो गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका नीता ढुंगानाको आकर्षक नृत्य देख्न सकिन्छ । भिडियोमा नायक राजकुमार र कलाकार राजा राजेन्द्रलाई पनि फिचरिङ गरिएको छ । चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा […]

साउनमा नीताको फेरिएको गेटअप

नायिका नीता ढुंगाना आफै निर्माता बन्ने क्रममा छिन् । उनले, निर्माण गर्न लागेको लभ स्टोरी चलचित्रको छायांकन चाडै नै सुरु हुँदैछ । नीता चलचित्र ‘साइनो’को प्रचारमा पनि दौडधुप गरिरहेकी छिन् । उनी, अभिनित चलचित्र ‘साइनो’ साउनको २४ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा उनी बोल्ड अवतारमा छिन् । तर, उनी चलचित्र प्रचारका क्रममा भने फरक […]

लभ स्टोरी फिल्म बनाउँदै नीता (भिडियो)

नायिका नीता ढुंगानाले आफ्नै निर्माणमा चलचित्र ‘मःम हन्टिङ बनाउने चर्चा केही दिनयता चलिरहेको छ । तर, नीताले तत्काल यो चलचित्र नबनाउने भएकी छिन् । कलाकारको समय नमिल्दा यो चलचित्रको समय एक बर्ष पछि धकेलिएको छ । तर, यो कथामा उनले चलचित्र बनाउने भने बताइन् । तर, यो बिचमा नीताले नयाँ चलचित्र बनाउने तयारी गरेकी छिन् […]

नीताको योजना–‘२–३ बर्षमा बिहे गर्छु, नत्र ढिला हुन्छ’

अविवाहित नायिका नीता ढुंगानाले राम्रो श्रीमान् पाउँ भनेर ब्रत बसेको लामो समय भैसक्यो । उनी, तीजमा पानी पनि नखाई ब्रत बस्ने गर्छिन् । ललितपुरको एक पार्टी प्यालेसमा तीजको गीतमा नृत्य गर्दै गर्दा भेटिएकी नायिका ढुंगानाले आफ्नो बिहे योजनाको बिषयमा अनलाइनखबरसँग कुराकानी गरिन् । नीतालाई बिहे धुमधामले गर्न मन लाग्छ । तर, अहिले आफूले कामलाई प्राथमिकता […]

सहिमाको तीज गीतमा नीताको छमछमी(फोटो फिचरसहित)

गायिका सहिमा श्रेष्ठ नेपाली सांगीतिक क्षेत्रका लागि नयाँ नाम होइन । चलचित्र र आधुनिक गीतमा उनी चर्चित छिन् । उनै, सहिमाले यो बर्ष पनि तीजको गीत सार्वजनिक गर्ने तयारी गरेकी छिन् । ‘यसपालिको तीजमा केही त होला की’ बोलको गीतको ललितपुरमा छायांकन गरिएको छ । गीतमा अमर राइको शब्द छ भने सन्तोष श्रेष्ठले संगीत भरेका […]

नीता र आमेष भन्छन्–‘हामी एक अर्काका लागि सधै विशेष छौ’

नायिका नीता ढुंगाना र नायक आमेष भण्डारीको प्रेम अहिले टुटेको छ । उनीहरु, केही बर्ष अगाडि नै अलग हुने निर्णयमा पुगेका थिए । फक्रिएको प्रेम ‘फूलै फूलको मौसम तिमीलाई’ ओइलाएपछि ओइलाउन थालेको थियो । पछि, उनीहरुको प्रेमको मुना सुक्यो । तर, अहिले पनि नीता र आमेष एक अर्काको मिल्ने साथी छन् । एक म्यूजिक भिडियोको […]

बोल्ड नीता

नायिका नीता ढुंगाना चलचित्र र म्यूजिक भिडियोमा व्यस्त छिन् । नीताको क्रेज चलचित्र क्षेत्रमा उचाइका पनि पुग्न सकेको छैन भने उनी हराएकी पनि छैनन् । नायिका ढुंगाना मिहिनेत गर्दै जाँदा कुनै न कुनै दिन प्रतिफल मिल्ने बताउँछिन् । उनै, नीता अशोक शर्माको निर्देशनमा बन्न लागेको चलचित्र ‘रातो टिका निधारमा’मा देखिदैछिन् । यो चलचित्रमा उनी कलाकार […]

रातो पहिरनमा खुलेकी नीता

नायिका नीता ढुंगाना बिहिबार बेलुकी चलचित्र ‘ए मेरो हजुर ३’को प्रिमियरमा पुगेकी थिइन् । नायिका ढुंगाना र चलचित्रकी निर्देशक झरना थापाविच गहिरो मित्रता भएकाले पनि उनी प्रिमियमार पुगेकी हुन् । अभिनेत्री नीता ढुंगानो रातो वन पिसले उनलाई आकर्षक देखायो । नीताले पनि खुलेको पहिरनमा आफूलाई निर्धक्क उभ्याएकी थिइन् । चलचित्र हेरिसकेपछि उनले नायक अनमोल केसी […]

भोजपुरी फिल्मको गीतमा नीता ढुंगानाको धमाका

नेपाली फिल्ममा अभिनेत्री नीता ढुंगानाको उपस्थिती पातलिदै गएको अवस्था छ । एकाध फिल्ममा देखिएकी यी ‘सिम्पल कान्छी’ अहिले के गर्दैछिन् ? उनको प्रशंसकले सोधीखोजी गरिरहेकै होलान् । अतः नीता यतिबेला भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव ‘निरहुआ’सँग रोमान्स गरिरहेका छिन् । यो अफस्किन रोमान्स भने होइन । भनिहालौं, भोजपुरी फिल्म बिहार क्षेत्रमा बढी लोकप्रिय छ । […]

नीता, साम्राज्ञीपछि अशोकको फिल्ममा खुश्बु

निर्देशक अशोक शर्माले आफ्नो नयाँ चलचित्र ‘रातो टिका निधारमा’का लागि ३ नायिकालाई फाइनल गरेका छन् । उनले सबैभन्दा पहिले नायिका नीता ढुंगानालाई चलचित्रमा अनुवन्धित गरेका थिए । यसपछि, अशोकले सोमबार मात्रै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फाइनल गरेका थिए । चलचित्रका लागि साम्राज्ञीले १६ लख पारिश्रमिक लिएको चर्चा चलचित्र वृत्तमा चलेको छ । अशोकले चलचित्रका लागि […]

‘रातो टिका निधारमा’मा नीता फाइनल

चलचित्र ‘जय भोले’पछि निर्देशक तथा निर्माता अशोक शर्मा नयाँ चलचित्रको निर्माणको तयारीमा छन् । उनले बनाउन लागेको नयाँ चलचित्रको नाम ‘रातो टिका निधारमा’ राखिएको छ । नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले अभिनय गरेको सफल चलचित्र ‘अल्लारे’को हिट गीतबाट यसपटक अशोकले चलचित्रको नाम सापटी लिएका छन् । यो चलचित्रको लिड भूमिकाका लागि नायक र […]