+
+
Shares

एकैदिन १२ फिल्मले लिए निर्माण इजाजत (सूचीसहित)

केकी र नीताले लिए २/२ फिल्मको अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १८:२४
केकी अधिकारी र नीता ढुंगानाले आफ्नो ब्यानरमा दुई दुईवटा फिल्मको निर्माण इजाजत लिएका छन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्माण इजाजत लिने फिल्महरूको संख्या इतिहासमै पहिलो पटक १२ पुगेको छ।
  • नीता ढुंगानाले ‘एक दुई तीन’ र ‘सुख दुःख’ नामक दुई फिल्मको अनुमति प्राप्त गरेकी छन्।
  • सामूहिक रूपमा विभिन्न निर्देशक र कलाकारले नयाँ फिल्महरूको निर्माण अनुमति प्राप्त गरेका छन्।

काठमाडौं । घरेलु फिल्मको इतिहासमा एकैदिनमा अहिलेसम्मकै धेरै फिल्म निर्माताले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका छन् । सोमबार मात्रै १२ फिल्मले निर्माण इजाजत लिएको बोर्डले जनाएको छ ।

निर्मात्री नीता ढुंगानाले आफ्नो ब्यानर निता फिल्म्स प्रोडक्सन प्रालिको ब्यानरमा दुई फिल्मको लागि निर्माण इजाजत लिएकी छन् । उनले ‘एक दुई तीन’ र ‘सुख दुःख’ शीर्षकमा दुई फिल्मको निर्माण इजाजत लिएकी छन् । कलाकारमा उनको आफ्नै नाम छ ।

गणेशदेव पाण्डेको निर्देशनमा बन्ने ‘पारी बुटोल’ले पनि अनुमति लिएको छ ।

चेतन आङथुपोले आफ्नो निर्माण र निर्देशनमा बन्ने फिल्म ‘दारासिङ’को लागि निर्माण इजाजत लिएका छन् ।

प्रचण्डमान श्रेष्ठले आफ्नो निर्माण र निर्देशन रहने दुई फिल्म ‘पथलैया’ र ‘जयन्ती’को लागि इजाजत लिएका छन् । ‘जयन्ती’मा अरुण क्षेत्रीलाई कलाकारको रुपमा चिनाइएको छ ।

सविन श्रेष्ठले आफ्नो ब्यानर सविन फिल्म्स प्रालिबाट बनाउन ‘कश्यप’ फिल्मलाई निर्माण इजाजत लिएका छन् ।

वल्र्डवाइड फिल्म्स प्रालिले ‘स्वर्गीय सिंगे’ बनाउन इजाजत लिएको छ ।

केकी अधिकारीले आफ्नो निर्माण हुने उल्लेख गर्दै ‘भद्रकाली’ र ‘राधा पियारी’ शीर्षकमा २ फिल्मको निर्माण इजाजत लिएकी छन् । जसअनुुसार ‘भद्रकाली’लाई उनका भाई विम्वले निर्देशन गर्ने उल्लेख छ ।

‘राधा पियारी’लाई संजय चौलागाईंले निर्देशन गर्ने र केकी र विम्व कलाकार हुने उल्लेख छ ।

रोशन दासले आफ्नो निर्माण र निर्देशनमा फिल्म ‘प्रतिवैरम’ बनाउन निर्माण इजाजत लिएका छन् ।

गौरव पहारी र पवित्रा साँखी (मिस पवि)को अभिनय रहने फिल्म ‘परिवेश’ले निर्माण इजाजत लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?