
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले निर्देशन गर्न लागेको फिल्म 'सुख दुःख'मा विपना थापा अनुबन्धित भएकी छन्।
- फिल्म 'सुख दुःख'मा मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ पनि अनुबन्धित भइसकेका छन्।
- यो फिल्मलाई भारतीय छायाँकार कवीर लाल र शाहिद लालले छायांकन गर्दैछन् र २०८३ सालको दशैंको फूलपातिमा प्रदर्शन हुने अपेक्षा गरिएको छ।
काठमाडौं । अभिनेत्री तथा निर्मात्री समेत रहेकी नीता ढुंगानाले निर्देशन गर्न लागेको फिल्म ‘सुख दुःख’मा विपना थापा अनुबन्धित भएकी छन् ।
थापाले निर्मात्री ढुंगानाको अघिल्लो फिल्म ‘ह्रस्वदीर्घ’बाट लामो समयपछि घरेलु फिल्ममा पुनरागमन गरेकी थिइन् । दुई अभिनेत्रीले दोस्रोपटक फिल्ममा लगातार सहकार्य गर्न लागेका हुन् ।
‘सुख दुःख’मा आफू जोडिन पाउँदा खुसी लागेको थापाले बताइन् । कथाले आफ्नो मन छोएको बताउँदै उनले फिल्मलाई लिएर उत्साहित रहेको प्रतिक्रिया दिइन् ।
निर्देशक ढुंगानाका अनुसार यो फिल्ममा विपनाको महत्वपूर्ण भूमिका हुनेछ । यो फिल्ममा यसअघि मिथिला शर्मा, मदनकृष्ण श्रेष्ठ अनुबन्धित भैसकेका छन् ।
यो फिल्मलाई भारतीय छायाँकारद्वय कवीर लाल र शाहिद लालले छायांकन गर्दैछन् । ‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म २०८३ सालको दशैंको फूलपातिमा प्रदर्शन हुने अपेक्षा गरिएको छ ।
वितरण अधिकार काठमाडौं उपत्यकाबाहिर एफडी कम्पनी र काठमाडौं उपत्यकाभित्र रीच इन्टरटेनमेन्टले लिएका छन् ।
प्रतिक्रिया 4