+
+
Shares

मिथिला शर्मा फिल्म ‘सुख दुःख’मा अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते ११:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री नीता ढुंगानाले डेब्यू निर्देशन गर्न लागेको फिल्म 'सुख दुःख'को शीर्ष भूमिकामा वरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्धित भएकी छन्।
  • नीताले भनिन्, ‘यस फिल्ममा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौ । सायद हजुरबिना यो चलचित्र अपुरो हुन्थ्यो ।’
  • यो फिल्म 'नीता फिल्म्स'को ब्यानरमा बन्नेछ र २०८३ सालको दशैंको फूलपातिमा रिलिज हुने जनाइएको छ।

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले डेब्यू निर्देशन गर्न लागेको फिल्म ‘सुख दुःख’को शीर्ष भूमिकामा वरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्धित भएकी छन् ।

यसबारे नीताले भनिन्, ‘यस फिल्ममा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौ । सायद हजुरबिना यो चलचित्र अपुरो हुन्थ्यो ।’

मिथिलाको संलग्नताले फिल्मले पूर्णता पाउने नीताले जनाएकी छन् ।

यसअघि यो फिल्मको छायाँकारमा भारतीय प्राविधिकहरू कवीर लाल र शाहिद लाल अनुबन्धित भैसकेका छन् । निर्माण नियन्त्रकमा शंकर पाण्डे छन् ।

‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म २०८३ सालको दशैंको फूलपातिमा रिलिज हुने जनाइएको छ ।

मिथिलाको कुरा गर्दा, उनी अभिनित पछिल्लो फिल्म ‘खेल’ अप्रिलमा रिलिज भएको थियो । उनी अभिनित फिल्म ‘मोहर’ प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?