- Home
- नेपाल प्रहरी
नेपाल प्रहरी
१६ चैत, काठमाडौं । प्युठान, गुल्मी र बाग्लुङको संगमस्थलमा पर्ने दर्लिङमा हरेक वर्ष होलीको समयमा युवाहरुको जमघट हुन्छ । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाका अनुसार कसैले औपचारिक कार्यक्रम नराखे पनि वर्षेनि युवाहरु वनभोज खाँदै रमाइलो गर्न त्यहाँ पुग्छन् । आइतबार पनि बडिगार्ड गाउँपालिका–१०, दर्लिङमा तीनै वटा जिल्लाका युवाको बाक्लो उपस्थिति थियो । अपरान्ह ३ बजेपछि […]
१५ चैत, जनकपुरधाम । वेपत्ता भएको एक महिनापछि गाडिएको अवस्थामा शव फेला परेका महोत्तरीका झा दम्पतीको हत्यामा संलग्नताको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने झा दम्पतीका छिमेकी र आफन्त नै हुन् । पिपरा गाउँपालिका– ५ सहोडबाका ६६ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीता देवी झा गत फागुन […]
१५ चैत, सप्तरी । सप्तरीमा व्यक्ति हत्या गरी फरार अभियुक्त २० बर्षपछि पक्राउ परेका छन् । जिल्लाको बलान बिहुल गाउँपालिका–३ का लक्ष्मण भनिने धनीलाल साह पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । २०५७ साउन ३ गते छिमेकी दशरथ साहको हत्या गरेका धनीलालविरुद्ध सप्तरी जिल्ला अदालतले २०६५ साल चैत ११ गते २० बर्ष कैद सजाय सुनाएको […]
१५ चैत, कैलाली । मोहन्याल गाउँपालिका-७ स्थित पितमारी बजारबाट बाघको छाला १ थान, खप्पर १ थान, बंगरा १ थान र जुंगासहित दैलेख आठबिस नगरपालिका-३ बस्ने ४९ वर्षीय बिनी प्रसाद जैशीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले उनलाई शंकास्पद अवस्थामा फेला पारी उनको झोला […]
१५ चैत, काठमाडौं । होली खेलेर सवारीसाधन चलाउँदा हुन सक्ने दुर्घटना रोक्न भन्दै ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । आइतबार अपरान्ह ४ बजेसम्ममा एक हजार १ सय ७३ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईका अनुसार ४ सय ५८ वटा सवारीसाधनलाई अझै होल्डमै राखिएको छ । ‘उनीहरुलाई पनि भरेसम्ममा […]
१३ चैत, काठमाडौं । रंग पत्रकार दयाराम पाण्डेलाई बुधबार दिउँसो फेसबुकमा गीतकार दीपकराज पाठकको नामबाट एउटा म्यासेज आयो, ‘हेल्लो, हेल्लो… ।’ दयारामले आफू व्यस्त रहेको जनाउँदै ‘केही काम भए फोन गर्न’ भन्दै मोबाइल नम्बर पठाइदिए । फेरि उनलाई अर्को म्यासेज आयो, जसमा भनिएको थियो, ‘सर, तपाईंको मोबाइलमा एउटा कोड आएको छ, त्यो मलाई पठाइदिनुहोस् न […]
१३ चैत, सप्तरी । नेपालबाट भारततर्फ लैजादै गरेका अवस्थमा सप्तरीबाट १८ किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ । जिल्लाको बलान बिहुल गाउँपालिका वडा नम्बर २ स्थित बलान खोलाबाट गाँजा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीका प्रहरी निरीक्षक लालबहादुर खड्का नेतृत्वको गस्ती टोलीलाई […]
१३ चैत, कास्की ।गोरु काटेको अभियोगमा माछापुच्छ्रे गाउँपालिका-६ हेम्जाकोट बस्ने ४९ वर्षीय चन्द्र नेपाली र सोही ठाउँ बस्ने ४९ वर्षीय कृष्ण नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रले आफ्नै घरमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धम्पुसबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
१२ चैत, सुर्खेत । दैलेखको डुंगेश्वर गाउँपालिका-३ मा ३ वर्षका बालकको हत्या भएको छ, उनकी आमा २९ वर्षकी हिरा थापाले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार हिराले छोरा उमेशको घाँटी थिचेर हत्या गरेकी हुन् र आफूले लेक्चा खोलाको भीरबाट हामफालेर आत्महत्या प्रयास गरेकी […]
१२ चैत, काठमाडौं । काठमाडौंको काँडाघारीमा प्रेमिकालाई मट्टितेल छर्केर जलाउने प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २१ वर्षीय सुरज श्रेष्ठ छन् । काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार घटना ८ चैतको हो । ‘दिदीको कोठामा भेटेको बेला सुरजले प्रेमिकालाई मट्टितेल हालेर जलाउने प्रयास गरेको पीडितको बयान […]
१२ चैत, काठमाडौं । भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको पाइएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका अनुसार जिल्ला अस्पताल, बैतडीमा गरिएको पोष्टमार्टमका क्रममा डीएनए परीक्षणका लागि भजाइनल स्वाब निकालिएको थियो । स्वाबबाट […]
१२ चैत, काठमाडौं । प्रहरीले ८० हजार ७ सय रुपैयाँ बराबरको नेपाली नक्कली नोट बरामद गरेको छ । कीर्तिपुरबाट एक हजार दरको ५१ र ५ सय दरको ५७ वटा नोट बरामद भएको हो । यसअघि कलंकीबाट ५ सय दरका ९ वटा नोटसहित बाफल बस्ने ३९ वर्षीया माया तामाङ पक्राउ परेकी थिइन् । उनले जाली नोट […]
११ चैत, जनकपुरधाम । चैत ८ गते मृत अवस्थामा भेटिएका सिराहाको मिर्चैया नगरपालिका–७ का शिवकुमार यादवको हत्या आरोपमा उनकै काकाका छोरा पक्राउ परेका छन् । २८ वर्षका शिवकुमारको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले उनकै काकाका छोरा विष्णु यादवलाई पक्राउ गरेको हो । शिवकुमारको शव चैत ८ गते राति हत्या भएको अवस्थामा मिर्चैया नगरपालिका–१ स्थित […]
११ चैत, सुर्खेत । लागु औषधसहित रूकुम पश्चिममा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौरजहारी नगरपालिका-३ का २१ वर्षीय एङ्गेश बस्नेत र २२ वर्षीय सञ्चित राना रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटले विशेष सूचनाका आधारमा मंगलबार राति पक्राउ गरेको हो । लु ६२ प ०६८५ नम्बरको मोटरसाइकलमा नेपालगञ्जदेखि जाजरकोट आउँदै गरेका उनीहरूलाई […]
११ चैत, झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट चैत्र १० गते एपीएफ टोलीले करीव १ ग्राम ९२ मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको अर्जुनधारा नगरपालिका ४ बस्ने १९ वर्षीय विवेक नेम्वाङ्ग छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा पोष्ट मेचीपुलबाट खटिएको एपीएफ टोलीले […]
१० चैत, जनकपुरधाम । सशस्त्र प्रहरीले सप्तरीबाट बिभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतबाट लागूऔषध लिएर पैदल आउँदै गरेका जिल्लाको कंचनरुप नगरपालिका वडा नम्बर ११ निवासी २२ वर्षीय राजु सरदारलाई पक्राउ गरिएको हो । तिलाठी कोइलाडी गाउँपालिका १ स्थित तिलाठीबाट मंगलबार दिउँसो पक्राउ परेका सरदारको साथबाट फेनारगन २ एमएमलको ३५ थान, डाइजेपाम […]
९ चैत,काठमाडौँ । जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्ला सर्केगाढ गाउपालिका ९ का २६ वर्षीय मिम बहादुर बुढा रहेका छन् । लुकुछिपी बसिरहेको उनलाई काठमाडौंको हाडीगाउँबाट प्रहरीले पक्राउ गरेको हो । बुढाले बाँकेको वैलनाथ गाउँपालिका वडा-१ स्थित कर्णराज रोकायले सञ्चालन गरेको होमस्टेमा कक्षा ११ की छात्रालाई नसालु पदार्थ […]
९ चैत, काठमाडौँ। बैंकिङ कसूरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगर ३० घर भइ ललितपुरको नखीपोटमा बस्दै आएका ४१ वर्षीय पूर्ण लामा रहेका छन् । उनलाई प्रहरीको टोलीले जावलाखेलबाट पक्राउ परेको हो । दुर्गामान मोक्तानले सञ्चालन गरेको लेजर इन्फोटेक प्रालिलाई आफ्नो खातामा पर्याप्त रकम नभएतापनि २० लाख बराबरको बाउन्स चेक लामाले […]
८ चैत, जनकपुरधाम । एक महिनाअघि आफ्नै घरबाट बेपत्ता भएका महोत्तरीका वृद्ध दम्पतीको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्लाको पिपरा गाउँपालिका–५, सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा फागुन १० गते राति बेपत्ता भएका थिए । उनीहरुको अवस्था अझै अज्ञात छ । तर उनीहरुलाई अपहरण गरेको आरोपमा प्रहरीले […]
६ चैत, काठमाडौँ । मोटोपन घटाउँछ भन्दै ग्रीन कफी बेच्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नयाँबजार, खुशीवु बस्ने टिम वान सप्लायर्स प्रालिका सञ्चालक ४२ वर्षीय आशीष आचार्य रहेका छन्। उनले ग्रीन कफीको नियमित सेवन गरेमा बिना कुनै साइड ईफेक्ट साताको तेह्र किलो वजन घटाउने अचम्मको विधि पत्ता लगाएको भन्दै विज्ञापन, बिभिन्न लेख, ब्लग, […]
६ चैत, वीरगञ्ज । लागुऔषध खैरो हिरोइन ओसार प्रसारमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्जबाट १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं १४ पावर हाउसचोकबाट उनी पक्राउ परेका हुन् । बिहीबार साँझ साढे ६ बजे लागु औषध नियन्त्रण ब्युरो बीरगञ्जको टोलीले लागु औषधसहित ती किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको […]