Comments Add Comment

नेपाल प्रहरी

List Grid
प्रहरी भन्छ– मृत भेटिएका पुडासैनीको अनुसन्धानलाई प्रभावित नपारौं

२२ साउन, काठमाडौं । सोमबार राति भरतपुरको एक होटलमा झुण्डिएको अवस्थामा मृत भेटिएका शालिकराम पुडासैनीको अनुसन्धानलाई प्रभावित नबनाउन चितवन जिल्ला प्रहरी कार्यालयले विज्ञप्तिमार्फत आग्रह गरेको छ । घटनाको अनुसन्धानलाई नै प्रभावित पार्ने गरी सामाजिक सञ्जालमा अफवाह फैैलिएको गुनासो जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एकनारायण कोइरालाले गरेका छन् । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान सुरु […]

अमृृताको हत्या कि आत्महत्या ?

२१ साउन, काठमाडौं । ‘न भगवानको साथ छ, न आफ्नैको । साथ छ त सिर्फ आत्मविश्वासको । म एक्लै लड्न सक्छु । म निरन्तर लड्छु । म तेरो हत्या गर्ने मान्छेको बाप हुँ ।’ ‘तिमीहरुलाई २५ वर्षसम्म जेल हाल्छु, विश्वास छैन ? तपाईंहरुले आफ्नो फेसबुक डिएक्टिभ किन गर्नु भो ? लाज लागेको होला नि । […]

झापाबाट बेपत्ता दुई किशोरीको भारतबाट उद्दार

२० साउन, झापा । यही साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा फेला परेका हुन् । स्थानीय ग्लोरी अङ्ग्रेजी बोर्डिङ स्कूलमा अध्ययनरत उनीहरु […]

त्रिभुवन विमानस्थलबाट ४ किलो सुन बरामद

२० साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो अवैध सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको हो । हङकङ हुँदै काठमाडौं आएका उनको लगेजमा सुन भेटिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीले अनलाइनखबरलाई बताए । हेर्नुस् विज्ञप्ति

भारत बसेर नेपाली व्यवसायीलाई धम्की, ७५ लाख माग्ने समातिए

१९ साउन, काठमाडौं । भारतको विभिन्न शहरमा बसेर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरका ३० वर्षीय उदय गिरी छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसपी केदार ढकालका अनुसार गिरीले विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरको प्रयोग गरेर व्यवसायीलाई धम्क्याएका थिए । ‘उनले ७५ लाख रुपैयाँ माग […]

प्रहरीकै संलग्नतामा मिर्गौला तस्करी भएको खुलासा

१७ साउन, काठमाडौं । प्रहरीकै सहयोगमा काठमाडौंबाट मिर्गौला तस्करी भएको खुलासा भएको छ । भारतमा लगेर मिर्गौला निकाल्न लागिएको वेला प्रहरीले काभ्रेको बाङ्थलीका विष्णु खड्कालाई ११ साउनमा उद्दार गरेसँगै घटनामा प्रहरी संलग्नताबारे रहस्योद्घाटन भएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले सशस्त्र प्रहरी गण नं. १ मा कार्यरत् प्रहरी नायब निरीक्षक (सई) योगेन्द्रराज थपलिया, पूर्वहवल्दार […]

पोलिग्राफ जाँचः ५० प्रतिशत अभियुक्तको बयान झुठो

१७ साउन, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेपछि तत्कालीन अनुसन्धान अधिकृतको पोलिग्राफ परीक्षण गरिएको थियो । हालका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको नेतृत्वमा प्रहरी प्रधान कार्यालयले बनाएको समितिले अनुसन्धानमा संलग्न अधिकृतले दिएको बयानको सत्यता जाँच्न पोलिग्राफ परीक्षण गरेको हो । निर्मलाको सुरुवाल धोएको भिडियो […]

नख्खु कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

१७ साउन, काठमाडौं । ललितपुरको नख्खु कारागारमा दुई जना कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्तव्य ज्यान मुद्दाका पूर्णबहादुर राजी छन् । उनी मानसिक रोगी समेत भएको जनाइएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले राजीको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे । कारागार प्रशासनका अनुसार राजीलाई केहीवेरअघि कर्तव्य […]

नख्खु कारागारमा कैदीबन्दीबीच कुटाकुट, एक गम्भीर

१७ साउन, काठमाडौं । ललितपुरको नख्खु कारागारमा दुई जना कैदीबन्दीबीच कुटाकुट भएको छ । घटनामा पूर्णबहादुर राजी घाइते भएका छन् । कारागार प्रशासनका अनुसार राजीलाई केहीवेरअघि कर्तव्य ज्यान मुद्दाका पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लकले प्रहार गरेका थिए । घटनालगत्तै, राजीलाई वीर हस्पिटल भर्ना गरिएको छ भने महतोलाई ललितपुर प्रहरी परिसर, जावलाखेलले नियन्त्रणमा लिएको छ । […]

मेलम्चीको पाइप सफा गर्ने क्रममा २ मजदुरको मृत्यु

१७ साउन, काठमाडौं । काठमाडौं-१६, बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ । घाइते अवस्थामा उद्दार गरिएका सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साहको उपचारका क्रममा मृत्यु भएको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्यामलाल ज्ञवालीले उनीहरूको मृत्यु भएको पुष्टि गरे । काठमाडौं […]

आकस्मिक रुपमा प्रहरी परिचालन कसले गर्ने ? गृहसचिव र आईजीपीको मत बाझियो

१६ साउन, काठमाडौं । आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकारको विषयलाई लिएर गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको मत बाझिएको छ । प्रहरी महानिरीक्षक खनालले आकस्मिक रुपमा प्रदेशमा पनि प्रहरी परिचालन गर्नुपरे त्यसको अधिकार प्रहरी महानिरीक्षक वा प्रहरी प्रधान कार्यालयलाई दिनुपर्ने कानुनी व्यवस्था गर्न माग गरेपछि गृहसचिव राईले त्यसमा असहमति जनाएका हुन् । […]

फरेन्सिक रिपोर्टले कलंकी गोलीकाण्डमा ट्वीस्ट !

१६ साउन, काठमाडौं । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको कलंकीस्थित घरमा गोली चलेको घटनामा ट्वीस्ट आएको छ । प्रहरीले नियन्त्रणमा लिएको छिमेकी एवं पूर्वइञ्जिनियर शुभांकर खनालबाट बरामद गरिएको लाइसेन्स प्राप्त हतियारबाट गोली नचलेको फरेन्सक जाँचबाट खुलेको हो । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सवेदीले सामाखुशीस्थित केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा गरिएको ब्यालेस्टिक जाँचको नतिजा ‘नेगेटिभ’ आएको पुष्टि […]

नेपाल प्रहरी र सशस्त्रको क्षेत्राधिकार विवाद बल्झियो

१४ साउन, काठमाडौं । दुवै सुरक्षा निकायमा एउटै ब्याचका महानिरीक्षक भएपछि साम्य भएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको विवाद पुनः बल्झिएको छ । कार्यक्षेत्रको विषयबाट सुरु भएर पानी बाराबारको स्थितिमा पुगेर मथ्थर भएको मनमुटाव तीन वर्षपछि फेरि देखा पर्न थालेको हो । कोषराज वन्त सशस्त्र प्रहरी महानिरीक्षक भएका बेला नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालसँग […]

कलंकी गोलीकाण्डः हतियारको ‘ब्यालेस्टिक’ रिपोर्ट पर्खिँदै प्रहरी

५ साउन, काठमाडौं । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको कलंकीस्थित घरमा गोली चलेको घटनाको अनुसन्धानमा छिमेकीको संलग्नता देखिन सक्ने बलियो आधार फेला नपरेको प्रहरीले जनाएको छ । सोमबार साँझ शर्माको घरको सिसा एक्कासी फुटेको थियो । लगत्तै, गएर हेर्दा २.२२ एमएमको हतियारको गोली भेटिएको थियो । अनुसन्धानको सिलसिलामा प्रहरीले छिमेकी एवं पूर्वइञ्जिनियर शुभांकर खनाललाई सोधपुछका लागि नियन्त्रणमा […]

नेपाल प्रहरी र सशस्त्रको क्षेत्राधिकार विवाद बल्झियो

१४ साउन, काठमाडौं । दुवै सुरक्षा निकायमा एउटै ब्याचका महानिरीक्षक भएपछि साम्य भएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको विवाद पुनः बल्झिएको छ । कार्यक्षेत्रको विषयबाट सुरु भएर पानी बाराबारको स्थितिमा पुगेर मथ्थर भएको मनमुटाव तीन वर्षपछि फेरि देखा पर्न थालेको हो । कोषराज वन्त सशस्त्र प्रहरी महानिरीक्षक भएका बेला नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालसँग […]

कलंकी प्रकरणः छिमेकीको लाइसेन्स प्राप्त हतियारबाटै गोली प्रहार ?

१४ साउन, काठमाडौं । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली चलेको प्रकरणमा प्रहरीले छिमकीलाई अनुसन्धानको दायरामा ल्याएको छ । पूर्वइञ्जिनियर शुभांकर खनाललाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु ल्याइएको हो । महाशाखाका एसपी केदार ढकालले एक जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘पक्राउ गरेको होइन । हामीले केही सोध्नुपर्ने भएकाले ल्याएका हौं’, ढकालले अनलाइनखबरसँग भने । प्रहरीका […]

विप्लव समूहकी काठमाडौं जिल्ला सेक्रेटरी भृकुटी पक्राउ

१४ साउन, काठमाडौं । नेपाल प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको काठमाडौं जिल्ला सेक्रेटरी धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई पक्राउ गरेको छ । मंगलबार दिउँसो राजधानीबाट उपाध्यायलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले अनलाइनखबरलाई बताए । प्रहरीको विशेष ब्युरोले उनलाई पक्राउ गरेको हो । भृकुटी विप्लव समूहको अखिल नेपाल महिला संघकी केन्द्रीय महासचिव समेत हुन् […]

विप्लव समूहकी काठमाडौं सेक्रेटरी पूर्वसभासद पक्राउ

१४ साउन, काठमाडौं । नेपाल प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको काठमाडौं जिल्ला सेक्रेटरी धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई पक्राउ गरेको छ । मंगलबार दिउँसो राजधानीबाट उपाध्यायलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले अनलाइनखबरलाई बताए । कालीकाेट निवासी उपाध्याय पहिलो संविधानसभाकी सभासद समेत हुन् । प्रहरीको विशेष ब्युरोले उनलाई पक्राउ गरेको हो । भृकुटी विप्लव समूहको […]

कलंकी प्रकरणः छिमेकीको लाइसेन्स प्राप्त हतियारबाटै गोली प्रहार ?

१४ साउन, काठमाडौं । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा गोली चलेको प्रकरणमा प्रहरीले छिमकीलाई अनुसन्धानको दायरामा ल्याएको छ । पूर्वइञ्जिनियर शुभांकर खनाललाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु ल्याइएको हो । महाशाखाका एसपी केदार ढकालले एक जनालाई सोधपुछका लागि ल्याइएको पुष्टि गरे । ‘पक्राउ गरेको होइन । हामीले केही सोध्नुपर्ने भएकाले ल्याएका हौं’, ढकालले अनलाइनखबरसँग भने । प्रहरीका […]

विमानस्थलबाट क्लब डेजाभूका सञ्चालक श्रेष्ठ पक्राउ

१४ साउन, काठमाडौं । दरबारमार्गको क्लब डेजाभूका सञ्चालक मनोज श्रेष्ठ पक्राउ परेका छन् । हङकङबाट काठमाडौं आएका श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्टरपोलको माइन्ड उपकरणको सहयोगमा पक्राउ गरिएको हो । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार श्रेष्ठविरुद्ध काठमाडौं प्रहरी परिसर, टेकुको अनुरोधमा १५ माघ २०७५ मा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले डिफ्यूजन नोटिस जारी […]

पूर्वउपसचिवको घरमा कसले हान्यो गोली ?

१४ साउन, काठमाडौं । सोमबार राति करिब ९ बजे कलंकीमाई मन्दिरछेऊ रहेको पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरमा एक्कासि सिसा फुटेको आवाज आयो । शर्माकी १९ वर्षीया छोरी पढिरहेको कोठामा सिसा फुटेपछि घरका सदस्य त्यसतर्फ दौडिएर पुगे । त्यहाँ पुग्दा कोठाभित्र गोली जस्तो देखिने वस्तु देखियो । लगत्तै उनीहरुले प्रहरीलाई खबर गरे । ‘हामी गएर हेर्दा पेस्तोल […]