News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेको बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
- दुर्घटनामा घाइते भएका १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको डीएसपी रवीन बिष्टले जानकारी दिए ।
- बनेपाबाट सुँगुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस दुर्घटना भएको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२९ जेठ, काठमाडौं । बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।
दुर्घटनामा परी सात जनाको मृत्यु भएको काभ्रेका डीएसपी रविन बिष्टले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको पनि उनले बताए ।
बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4