+
+
Shares

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १६:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको विष्णुपुर गाउँपालिका–५ कट्टीमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा राजविराजका २३ वर्षीय छोटेलाल यादवको मृत्यु भएको छ ।
  • दुर्घटनामा गम्भीर घाइते भएका यादवको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • दुर्घटनामा घाइते भएका अर्का मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

२२ जेठ, काठमाडौं । सप्तरीमा मोटरसाइलक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिष्णुपुर गाउँपालिका–५ कट्टीस्थित सडकमा बीआर ५०–०६२८८ नम्बरको मोटरसाइकल र ना. २२ प ३२८५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा ना. २२ प ३२८५ नम्बरको मोटरसाइकल चालक राजबिराज नगरपालिका–१२ सिंगियौन बस्ने २३ वर्षीय छोटेलाल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजविबराजमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका बीआर ५०–०६२८८ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?