News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको रेसुङ्गा नगरपालिका–४ रैदीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सागर ढकाल र सुशान्त वैदिक सवार कार दुर्घटनामा परेको छ ।
- दुर्घटनामा परेका सांसदहरू ढकाल, वैदिक र आरपी महतो सुरक्षित रहेको र गाडीमा सामान्य क्षति भएको सांसद ढकालले बताएका छन् ।
२२ जेठ, गुल्मी । रास्वपाका सांसदहरू सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका–४ रैदीस्थित तम्घास–बुर्तिबाङ सडकखण्डमा शुक्रबार साँझ सांसदहरू सागर ढकाल, सुशान्त वैदिक सवार गाडी दुर्घटनामा परेको सांसद ढकालले जानकारी दिएका छन् ।
उनले आफू, वैदिक र आरपी महतो तीनै जना ठीक रहेको र गाडीमा सामान्य क्षति भएको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बाग्लुङबाट तम्घासतर्फ आउँदै गरेको बा.प्र.-०१-०२९ च ७३४३ नम्बरको कार साँझ करिब ५ः४० बजे दुर्घटनामा परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4