+
+
Shares

बेहोस बनाउने औषधि प्रयोग गरी लुटपाट, तीन आरोपित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १८:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रे प्रहरीले बेहोस बनाउने औषधि प्रयोग गरी लुटपाट गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ।
  • पक्राउ परेका बुद्धकुमार श्रेष्ठ र केदार श्रेष्ठले बैंकमा पैसा साट्ने बहानामा नसालु पेय पदार्थ खुवाई सर्वसाधारणलाई लुट्ने गरेको पाइएको छ।
  • चोरीको सुन खरिद गर्ने जय शिव शक्ति ज्वेलर्सका सञ्चालक नवराज घिमिरेलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

१५ असार, काभ्रेपलाञ्चोक । बेहोस बनाउने औषधि प्रयोग गरी सर्वसाधारणको सुन, नगद र मोबाइल लुट्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुद्धकुमार श्रेष्ठ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ का ५३ वर्षीय केदार श्रेष्ठ र दोलखा बिगु गाउँपालिका–४ का ४६ वर्षीय नवराज घिमिरे (विक) रहेका छन् ।

प्रहरी अनुसन्धानअनुसार उनीहरूले नसालु पदार्थ सेवन गराई बेहोस बनाएपछि सर्वसाधारणबाट सुनका गरगहनादेखि लिएर नगद लुटपाट गर्ने गरेको पाइएको काभ्रेका प्रहरी प्रमुख रविन कार्कीले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेकामध्ये दुई जना लुटपाटमा प्रत्यक्ष संलग्न रहेको तथा एक जना चोरीको सुन खरिद गर्ने सुन पसल सञ्चालक छन् ।

विष्टका अनुसार १ असार २०८३ मा बनेपा नगरपालिका–५ रविओपी बसपार्क अगाडि धुलिखेल–१ की ५२ वर्षीया निरकुमारी घोरासाइने बेहोस अवस्थामा फेला परेपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा बेहोस बनाएर निरकुमारीले लगाएको सुनका गरगहना, नगद तथा मोबाइल लुटेर लगेको खुलेको प्रहरीले जनाएको छ ।

घटनास्थल वरपर जडान गरिएका सीसीटीभी क्यामेराको फुटेज विश्लेषण गर्दा दुई जना पुरुषले महिलालाई नसालु पदार्थ सेवन गराई बेहोस बनाएपछि लुटपाट गरेको र बा९१ प ६७५३ नं. को रातो–कालो रंगको पल्सर मोटरसाइकल प्रयोग भएको देखिएको थियो ।

सोही आधारमा प्रहरीले ७ असारमा बुद्धकुमारलाई मोटरसाइकलसहित पक्राउ गरेको थियो । पीडित महिलाले पक्राउ परेका व्यक्तिलाई सनाखत गरेपछि अनुसन्धान थप अघि बढाइएको थियो । प्रहरीका अनुसार आरोपितहरूले बैंकमा पैसा साटिदिने बहाना बनाई पीडितलाई ‘फ्रुटी’ पिउन दिएका थिए । उक्त पेय पदार्थमा नसालु पदार्थ मिसाइएकाले महिला बेहोस भएकी थिइन् । त्यसपछि उनको सुनका गरगहना र मोबाइल लुटिएको थियो ।

बुद्धकुमारको बयानका आधारमा केदारको पनि संलग्नता खुलेपछि उनलाई ११ असारमा भक्तपुरको मध्यपुरथिमिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा लुटिएको सुन भक्तपुरस्थित जय शिव शक्ति ज्वेलर्समा बिक्री गरिएको खुलेपछि प्रहरीले पसलमा खानतलासी गरेको थियो । सो क्रममा चोरीको सुन सहित पसल सञ्चालक नवराजलाई समेत पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

तीनै जनाविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउपरेकाहरूले निरकुमारीलाई मात्र हैन अन्य व्यक्तिहरूलाई पनि बेहोस बनाएर लुटपाट गरेको पाइएको ५ ।

उनीहरूले काभ्रेपलाञ्चोकको बनेपा-७ धनेश्वरस्थित पुल नजिकै ७ वैशाख २०८३ मा मण्डनदेउपुर नगरपालिका-४ तिमल्सिना गाँउ बस्ने ६९ वर्षीय उदयनारायण तिमल्सिनाको साथमा रहेको ७० हजार नगद र सुनको औंठी लुटपाट गरेको पाइएको छ ।्ला

उनीहरूले उदयनारायणलाई पनि नसालु पदार्थ मिसाएको फ्यान्टा खुवाई बेहोस बनाएर लुटपाट गरेका थिए ।

प्रहरी अनुसन्धानले पक्राउ परेका व्यक्तिहरू विगत १८ वर्षदेखि यस्तै प्रकृतिका घटनामा संलग्न रहेको अनुसन्धानमा खुलेको छ ।

बुद्धकुमार र केदारले २०६५ सालमा पाल्पामा एक व्यक्तिलाई नसालु पदार्थ सेवन गराई लुटपाट गरेको मुद्दामा सजाय भोगिसकेको तथ्य खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?