+
+
Shares

रमा तिवारी हत्या प्रकरण : मध्यरातमा हत्या, बिहान मन्दिरमा प्रायश्चित

प्रहरी स्रोतका अनुसार हत्या गरेर शव व्यवस्थापन गरेर फर्किएपछि उनी निदाउन सकेनन् । १४ जेठ बिहान दमकमा रहेको पशुपति मन्दिरमा पुगेर प्रायश्चित गर्दै पूजा गरे ।

हरि अधिकारी हरि अधिकारी
२०८३ जेठ २२ गते २०:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको दमक नगरपालिकामा २१ वर्षीया रमा तिवारीको हत्या आरोपमा प्रहरीले भारतीय नागरिक रमेशकुमार पण्डितलाई पक्राउ गरेको छ ।
  • लेनदेन विवादमा हत्या गरी शव रतुवा खोलाको पुलमुनि फालिएको र सीसी क्यामेरा फुटेजको सहयोगमा आरोपी पक्राउ परेको प्रहरीले जनाएको छ ।
  • पक्राउ परेका पण्डितमाथि जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।

२२ जेठ, विराटनगर । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । १३ जेठ मध्यरातमा भेटघाटपछि लेनदेन विवादमा तिवारीको हत्या गरेको आरोपमा प्रहरीले भारतको अररिया घर भई दमकमा बस्दै आएका ३४ वर्षीय रमेशकुमार पण्डितलाई पक्राउ गरेको हो ।

प्रहरीले पण्डितलाई बिहीबार दमक नगरपालिका-५ स्थित डेराबाट पक्राउ गरेको थियो । उनले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेपछि प्रहरीले शुक्रबार घटनाको विवरण सार्वजनिक गरेको हो । पक्राउ परेका पण्डितमाथि जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको झापा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सुमन बानियाँले जानकारी दिए ।

प्रहरीका अनुसार पण्डितले दमकमा टायल्स र मार्बल जडानको ठेक्कापट्टाको काम गर्दै आइरहेका थिए ।

अनुसन्धानका क्रममा उनी र मृतक तिवारीबीच घटना हुनुअघि भेटघाट थियो । आरोपीको डेरा नजिकै  विवादपछि हत्या भएको प्रहरी स्रोतको दाबी छ ।

मध्यरातमा हत्या, बिहान मन्दिरमा पूजा

प्रहरीका अनुसार घटना राति ११ बजे आसपास भएको थियो । घटनास्थल र आरोपीको कोठा नजिकै छ । युवतीको हत्यापछि पण्डितले कोठाबाट बोरा ल्याएर शवलाई प्याक गरेका थिए ।  राति नै भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लोड गरेर दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रको पुल मुनि फालिदिए । मृतकको चप्पल भने घटनास्थल नजिकै थियो ।

१३ जेठमा शव फालिएको थियो । १६ जेठमा रतुवा खोलाको पुल मुनि स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानकै क्रममा प्रहरीले ती युवकलाई सीसी क्यामेरा फुटेजको आधारमा पक्राउ गरेको हो । पक्राउ परेका पण्डितले चिनजान पुरानै भएको बताएका थिए । घटना भएको दिन भने उनीहरूको राति भेट भएको थियो ।

प्रहरी स्रोतका अनुसार हत्या गरेर शव व्यवस्थापन गरेर फर्किएपछि उनी निदाउन सकेनन् । १४ जेठ बिहान दमकमा रहेको पशुपति मन्दिरमा पुगेर प्रायश्चित गर्दै पूजा गरे । ‘राति हल्ला हुँदा बदमान हुने डरले हत्या गरेको देखिन्छ, शव व्यवस्थापनपछि भोलिपल्ट बिहानै मन्दिर पुगेर गल्ती भयो भन्दै क्षमायाचना गरेका रहेछन्,’ प्रहरी स्रोतले भन्यो, ‘शव व्यवस्थापनमा भारतीय नम्बरको मोटरसाइकल प्रयोग भएको छ ।’

मृतकको पहिचान खुलेपछि आफन्तले प्रेमीले बोलाएपछि १३ जेठ राति भेट्न भन्दै किशोरी हिँडेको बताएका थिए । सुरुमा प्रहरीले उनको प्रेमीमाथि शंका गरेको थियो । तर, उनको संलग्नताको आधार नदेखिएपछि अनुसन्धानको दायरा फराकिलो बनायो । त्यसपछि प्रहरी पण्डितसम्म पुगेको थियो । घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेतको टिमले गरेको थियो ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?