+
+
Shares

कुलोले बगाउँदा वृद्धको मृत्यु

गुल्मीको मुसिकोट नगरपालिका–१ बगाहामा कुलोले बगाउँदा एक वृद्धको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते १८:४८

२१ असार, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ बगाहामा कुलोले बगाउँदा एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ सिरानटोलका ६८ वर्षीय वीरबहादुर सुनार रहेका छन् ।

आइतबार दिउँसो करिब साढे १२ बजे बाटोमा हिँडिरहेका बेला ती वृद्ध अचानक कुलोमा लडेका थिए ।

बडिगाड लघुविद्युत् समुदायको ड्यामबाट बग्ने कुलोमा खसेपछि करिब १०० मिटर तल रहेको ट्यांकीसम्म उनी बगेका थिए ।

स्थानीयले दिउँसो करिब साढे २ बजे ट्यांकीमा उनको शव अड्किएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

स्थानीयका अनुसार ती वृद्धले मदिरा सेवन गरेका कारण कुलोमा लड्न पुगेको हुन सक्ने आशंका गरिएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसी नेतृत्वको टोली घटनास्थल पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?