0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

सीआईबीले समात्यो बैंकिङ कसुरसहित १४ मुद्दाका फरार अभियुक्त

सीआईबीले बैंकिङ कसुरसहित १४ मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुरसहित १४ मुद्दाका फरार अभियुक्त राजु मिजारलाई पक्राउ गरेको छ ।
  • अदालतको फैसला कार्यान्वयनका लागि मिजारलाई काठमाडौं जिल्ला अदालतमार्फत कारागार पठाइएको प्रहरीले जनाएको छ ।

२६ जेठ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुरसहित १४ मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

देवीचन्द्र जोशी समेतको जाहेरीको आधारमा बूढानीलकण्ठ नगरपालिका–५ घर भएका ४७ वर्षीय राजु मिजारलाई सीआईबीले पक्राउ गरेको हो । उनीविरुद्ध बैंकिङ कसुरका १२ र चेक अनादारका २ गरी १४ मुद्दा रहेको सीआईबीले बताएको छ ।

जसको बिगो २ करोड ५८ लाख ६२ हजार ७१६ रहेको छ । जरिवाना ४३ लाख २३ हजार ५४३ तथा क्षतिपूर्ति १ लाख ७२ हजार ९४१ रहेको छन् । यसका साथै ९० दिन कैदको सजाय समेत तोकिएको प्रहरीले बताएको छ ।

फैसला कार्यान्वयनका लागि उनलाई काठमाडौं जिल्ला अदालतमार्फत कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?