+
+
Shares

डोल्पामा जुवा खालबाट ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २९ गते १६:२७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पाको दुनै बजारस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेहरूमा डोल्पाका विभिन्न स्थानीय तहका ३३ देखि ५१ वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन् ।
  • जुवाखालबाट प्रहरीले ४९ हजार ८ सय रुपैयाँ बरामद गरेको प्रहरी निरीक्षक पदम रावलले बताउनुभयो ।

२९ जेठ, काठमाडौं । जुवाखालबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा डोल्पाको ठूलीभेरी नगरपालिका–३ का ५१ वर्षीय पञ्च बुढा, ठूलीभेरी–५ का ३८ वर्षीय ओमबहादुर रोकाया, ठूलीभेरी–३ कै ५० वर्षीय हिराबहादुर रोकाया, ठूलीभेरी–४ का ५३ वर्षीय इन्द्रबहादुर रोकाया, डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिका–७ का ३३ वर्षीय सागर श्रेष्ठ र डोल्पाकै काइके गाउँपालिका–२ का ४० वर्षीय अंगलकुमार रानामगर छन् ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय डोल्पाको टोलीले पक्राउ गरेको हो । बिहीबार दिउँसो ३ बजेतिर दुनै बजार बस्ने पञ्च बुढाको घरमा उनीहरुले जुवा (कौडा) खेलेको प्रहरीले बताएको छ । उनीहरूबाट ४९ हजार ८ सय बरामद भएको प्रहरी निरीक्षक पदम रावलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?