२ असार, सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–५ रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला अदालत सर्लाहीको फैसला कार्यान्वयनका लागि खटिएको कर्मचारी तथा प्रहरी टोलीमाथि आक्रमण भएको घटनामा संलग्न रहेको आरोपमा उनलाई सोमबार बेलुका पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार गत शनिबार साँझ अदालतको डोर चलानका लागि पुगेको कर्मचारी तथा प्रहरी टोलीमाथि दुर्व्यवहार तथा अवरोध भएको थियो । सो घटनासम्बन्धी परेको उजुरीका आधारमा वडाध्यक्ष गुप्तालाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले अदालतको डोर चलानका लागि खटिएका कर्मचारीमाथि दुर्व्यवहार भएको विषयमा अनुसन्धान तथा सामान्य सोधपुछका लागि गुप्तालाई नियन्त्रणमा लिइएको बताए ।
घटनापछि कर्मचारी तथा प्रहरी टोलीमाथि भएको आक्रमण र अवरोधबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4