+
+
Shares

प्रहरी भन्दै हत्कडी लगाएर लुटपाट गर्ने पक्राउ

सोही समयमा करिब ५/६ जनाको समूह आई प्रहरी भन्दै उनको साथमा रहेको १० लाख ९५ हजार नगद र मोबाइल र बैंकका चेकहरू लुटपाट गरी लगेको प्रहरीले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १६ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीको भेषमा हत्कडी लगाएर लुटपाट गरेको आरोपमा काठमाडौं प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
  • पीडितको कोठामा जग्गा खरिदको लागि रकम लिएर पुगेका समयमा लुटेरा समूहले १० लाख ९५ हजार नगदसहित चेक र मोबाइल लुटेका थिए ।
  • पक्राउ परेका चार जना विरुद्ध सात दिनको म्याद थप गरी प्रहरी वृत्त बालाजुले थप अनुसन्धान अघि बढाएको छ ।

१६ असार, काठमाडौं । प्रहरी भन्दै हत्कडी लगाएर लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ का ४३ वर्षीय रामशरण दमाई, काठमाडौं टोखाका ३८ वर्षीय सविन खवास, पर्साकी ४३ वर्षीया लक्ष्मी गोले र सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ४६ वर्षीय शेरबहादुर मोक्तान छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।  शेरबहादुरको वनस्थीस्थित कोठामा उनका साथी जग्गा खरिद गर्न भन्दै पुगेका थिए ।

सोही समयमा करिब ५/६ जनाको समूह आई प्रहरी भन्दै उनको साथमा रहेको १० लाख ९५ हजार नगद र मोबाइल र बैंकका चेकहरू लुटपाट गरी लगेको प्रहरीले बताएको छ ।

उनीहरूविरुद्ध ७ दिनको म्याद लिई प्रहरी वृत्त बालाजुबाट अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?