Comments Add Comment

नेपाल प्रहरी

List Grid
साधारण तारेखमा छुटे विप्लव समूहका नेता अनिल शर्मा

१८ जेठ, चितवन । जिल्ला अदालत चितवनले विप्लव समूहका नेता अनिल शर्मा ‘विरही’लाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । २३ वैशाखमा उपचारका लागि भरतपुर अस्पताल गएका बेला पक्राउ परेका उनलाई प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले अभियोगअनुसार प्रमाण नपुगेको भन्दै रिहा गर्न आदेश दिएको हो । प्रहरीले […]

जब प्रहरीले घाटबाटै शव नियन्त्रणमा लियो…

१३ जेठ, काठमाडौं । झुण्डिएर मृत्यु भएका बालकको शव जानकारी नदिई जलाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । शङ्खरापुर नगरपालिका–२, पटापमा १५ वर्षीय बालक सुनबहादुर तामाङको शव जलाउन लागेको वेला प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएको हो । महानगरीय प्रहरी प्रभाग, शंकरापुरका प्रहरी निरीक्षक गोविन्द पन्थीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको बताए । […]

भक्तपुरमा टिपरको ठक्करबाट सईको मृत्यु

१३ जेठ, भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ नयाँठिमीमा टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक जना सईको मृत्यु भएको छ । सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो । नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब […]

सीमा विवादपछि दुई देशका ह्याकरबीच साइबर आक्रमणको होडबाजी

१२ जेठ, काठमाडौं । कालापानी र लिपुलेक क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेर भारतले सडक बनाएपछि नेपालमा तीब्र आक्रोश छ । ती क्षेत्रलाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय सञ्चार माध्यममा पनि यो विषयले प्राथमिकता पाएको छ । भारतको रिपब्लिक टीभीका अर्नव ग्वोस्वामीले ‘द डिबेट’ कार्यक्रममा नेपाललाई होच्याउने शब्दको प्रयोग गरेर पाठ सिकाउन खोजेको भन्दै […]

बारामा थप एक प्रहरी कर्मचारीमा कोरोना संक्रमण

११ जेठ, काठमाडौं । बारामा थप एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पर्सा घर भएका २५ वर्षीय प्रहरी कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि गरे । योसँगै बारामा मात्रै संक्रमित हुने सुरक्षाकर्मीको संख्या ६ पुगेको छ । यसअघि आइतबार एकैदिन जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही […]

असई कार्कीको शव पोष्टमार्टम गर्न लगियो

११ जेठ, काठमाडौं । सुतेकै ठाउँमा मृत फेला परेका प्रहरी बिट स्वयंभूका असई विष्णु कार्कीको शव पोष्टमार्टमका लागि लगिएको छ । उनको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । कार्कीको कन्चटमा गोली लागेको देखिएको छ । उनको मृत्युबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ । काठमाडौं प्रहरी परिसरका डीएसपी राजकुमार केसीले प्रारम्भिक […]

डोटीमा एउटा वडामा एक जनामात्रै प्रहरी !

११ जेठ, डोटी । भारतबाट नेपाल भित्रिनेको संख्या दिनहुँ थपिदै छ । स्थानीय तहहरुलाई व्यवस्थापन गर्न हम्यहम्ये भएको छ । एउटै वडामा चार/पाँच स्थानमा क्वारेण्टाइन बनाएर राख्नुपर्ने अवस्था आएको स्थानीय तहका जनप्रतिनिधि बताउँछन् । सीमा नाकाबाट यातायातको व्यवस्था गरेर क्वारेन्टाइनसम्म ल्याउने र क्वारेन्टाइनमा खाना, खाजाको व्यवस्था गर्दागर्दै पनि क्वारेण्टाइनमा बस्न नमान्ने, भागेर घर जाने गरेको […]

स्वयम्भूका असई मृत भेटिए

११ जेठ, काठमाडौं । प्रहरी बिट, स्वयम्भूका प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्की मृत फेला परेका छन् । आइतबार बिहान सुतेकै ठाउँमा उनी मृत भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार असई कार्कीको कन्चटमा गोली लागेको छ । प्रारम्भिक अनुसन्धानमा असई कार्कीले आफैंले गोली हानेको हुनसक्ने देखिएको उनले […]

डिल्लीबजार कारागारमा झडप

११ जेठ, काठमाडौं । डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको कारागार स्रोतको भनाइ छ । सामान्यताः कारागारका एक/एक वर्षमा चौकीदार परिवर्तन हुने भए पनि डिल्लीबजारमा डेढ वर्ष हुन लाग्दा फेरिएका छैनन् । यद्यपि, काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले क्यान्टिनमा उधारोमा सामान दिन छाडेपछि समस्या […]

टोखामा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

११ जेठ, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–२, पञ्चेटारमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । आइतबार बिहान साढे ५ बजे भएको दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार सामाखुशीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ को […]

मध्यरातमा आफताब आलमको घरमा छापा, स्थानीयको अवरोधपछि हवाई फायर

९ जेठ, रौतहट । राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलमको घरमा प्रहरीले खानतलासी गरेको छ । सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राति १२ बजे राजपुरमा रहेको आफताब आलमको घरमा पुगेको थियो । महताब अफताब आलमका भाइ हुन् । ‘बमकाण्डका फरार अभियुक्त महताब आलम घरमा रहेको गोप्य सूचना हामीलाई प्राप्त भएको […]

दुई छोरा मिलेर बाबुको हत्या, बुहारीबाट खुल्यो पोल

८ जेठ, विराटनगर । घरायसी विवादमा दुई छोरा मिलेर बाबुको हत्या गरेको खुलेको छ । विराटनगर महानगरपालिका–१४ झटियाहीका ६९ वर्षका सीताराम चौहानलाई उनकै जेठा छोरा रोहित चौहान र माइला नागेन्द्र चौहानले कोदालोले हिर्काएर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । मोरङ जिल्ला प्रहरी प्रमुख एसपी विश्व अधिकारीका अनुसार शनिबार राति साढे ८ बजे मदिरा खाएर […]

प्रहरीचौकी भएकै गाउँमा बीओपी ! स्थानीय भन्छन्– छाङरुमा हाेइन, कौवामा राखौं

८ जेठ, काठमाडौं । नेपाली भूमि अतिक्रमण गरेर भारतले मानसरोवर जाने सडक बनाएको विषयमा विरोध भइरहँदा नेपालले व्याँस–१, छाङरुमा राखेको बोर्डर आउट पोस्ट (बीओपी) को व्यापक चर्चा भयो । जब कि, त्यहाँ पहिल्यैदेखि नेपाल प्रहरीको चौकी छ । पूर्वसचिव डा. द्वारिकानाथ ढुंगेल त्यस क्षेत्रमा २०३० को दशकदेखि नै नेपालको उपस्थिति रहेको बताउँछन् । सीतापुल र […]

नेपालको झण्डा बोकेर लिपुलेक हिँडेका ७ जना पक्राउ

८ जेठ, काठमाडौं । नेपालको राष्ट्रिय झण्डा बोकेर लिपुलेक जान हिँडेका ७ जना पक्राउ परेका छन् । लकडाउन उल्लंघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रमुख डीएसपी पदमबहादुर विष्टका अनुसार ब्यास गाउँपालिकाको तुम्लिङ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको छ । ‘कालापानी जाँदा एसएसबीले नै कुट्छन्, अप्रिय घटना हुनसक्छ’, विष्टले अनलाइनखबरसँग भने, […]

नटवरलाल : जो चार वर्ष जेल बसे, जेलरलाई नै ठगे !

८ जेठ, काठमाडौं । प्रहरीकहाँ आइपुग्ने ठगीसम्बन्धी कसूरका उजुरीका धेरैजसो पीडित आम नागरिक हुन्छन् । तर महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले नयाँ ठगलाई समातेको छ, जसले प्रहरी जिल्ला अधिकारी, जेलर कसैलाई पनि छाडेनन् । उनी हुन् काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ३, बालाजुका ४५ वर्षीय राजकुमार चापागाईं । उनका अनेक परिचय छन् । अवस्थाकाअनुसार भेष […]

नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने व्यक्ति छुटे

८ जेठ, काठमाडौं । नागढुंगामा स्वास्थ्यकर्मीलाई दुर्व्यहार गरेको आरोपमा पक्राउ परेका एक जना व्यक्ति छुटेका छन् । आफूलाई स्वयंसेवी बताउने चन्द्रागिरिका उत्तम कार्की छुटेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई छाडिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘अहिले गम्भीर प्रकृतिको अपराध बाहेकमा मुद्दा नचलाउने भन्ने छ, त्यसैले उहाँलाई छाडिएको हो ।’ […]

कालीमाटीका सबै प्रहरी क्वारेन्टाइनमा, सय जनाको मद्दत टोली पठाइयो

७ जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालीमाटीका दुई जना प्रहरी अधिकृतमा कोरोना संक्रमण देखिएपछि कम्तिमा डेढ सय प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालीमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो । सबै प्रहरी अधिकृत क्वारेन्टाइनमा राखिएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले थप मद्दत टोली […]

कालीमाटीका सुरक्षाकर्मीमा संक्रमण देखिएपछि प्रहरीका ६ इकाइ सिल

७ जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ । कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो । कालीमाटी प्रहरी प्रमुख डीएसपी रुगम कुँवरले अनलाइनखबरलाई बताएअनुसार मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग […]

काठमाडौंमा कार्यरत दुई प्रहरीमा देखियो कोरोना संक्रमण

७ जेठ, काठमाडौं । काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोना पोजेटिभ देखिएको हो । स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले मंगलबार प्रहरीलाई जानकारी गराइसकेको छ । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो । मंगलबार दुवै […]

चितवनमा प्रहरीको सावधानी : परेड बन्द, भौतिक दुरी कायम

६ जेठ, चितवन । कोरोना भाइरसको संक्रमणको दर बढिरहँदा सामूहिक रुपमा बस्ने र हिँड्ने प्रहरीहरु पनि उच्च जोखिममा छन् । केही सुरक्षाकर्मीहरुसमेत कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । चितवनमा प्रहरीले भाइरसको संक्रमण हुन नदिन उच्च सावधानी अपनाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी एकनारायण कोइरालाले प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालय र स्वास्थ्यकर्मीहरुले […]

खुट्टा भाँचिने गरी कुट्ने प्रहरी प्रदेश कार्यालय तानिए

५ जेठ, जनकपुरधाम । वीरगञ्जमा दूध किन्न घरबाहिर निस्केका व्यक्तिको खुट्टा भाँचिने गरी कुटपिट गरेकोको आरोप लागेका प्रहरी कर्मचारी प्रदेश प्रहरी कार्यालयमा तानिएका छन् । लकडाउनको समयमा बाहिर निस्केको भन्दै वीरगञ्ज महानगरपालिका १६ निवासी नागेन्द्र पटेललाई बसपार्कमा ड्यूटिमा खटिएका प्रहरीले लाठीले प्रहार गरेका थिए । लाठी प्रहारबाट ६७ वर्षीय पटेलको खुट्टा नै भाँचिएपछि लाठी प्रहार […]