+
+
Shares

प्रधानाध्यापकलाई कुटपिट गर्ने दुई जना पक्राउ

प्रधानाध्यापकलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते १६:५७

२५ असोज, काठमाडौं । प्रधानाध्यापकलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–७ घर भएका ३६ वर्षीय निशान दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ घर भएका ४४ वर्षीय धु्रव प्रसाद घिमिरे छन् ।

काठमाडौंको कपनमा रहेको बाल उद्धार माध्यामिक विद्यालयको प्रांगणमा प्रधानाध्यापकमाथि कुटपिट भएको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट टोली परिचालन भएको थियो । उक्त टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दाहालले विद्यालयमा कार्यरत महिला शिक्षकलाई अपशब्द बोल्ने, धाकधम्की दिने गरेका थिए । उनै दाहालले घिमिरेको निर्देशनमा कुटपिट गरेको पाइएपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दानबहादुर थापाले बताए ।

उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?